Krantidwar - मामा भान्जी बिच अनैतिक सम्बन्ध, प्रहरीद्वारा उल्टै पिडित श्रीमानलाई झुठो मुद्दामा फसाउँने धम्की
समाज

मामा भान्जी बिच अनैतिक सम्बन्ध, प्रहरीद्वारा उल्टै पिडित श्रीमानलाई झुठो मुद्दामा फसाउँने धम्की


समाज 1275 पटक पढिएको


मामा भान्जी बिच अनैतिक सम्बन्ध, प्रहरीद्वारा उल्टै पिडित श्रीमानलाई झुठो मुद्दामा फसाउँने धम्की

बीरगंज २९ गते जेष्ठ र जिल्ला पर्सा गा.बि.स.तुल्सी बर्वा वडा नं.५ मा बस्ने शिव प्रसन पडित कुम्हालको छोरा हरेन्द्र पडित कुम्हाल र जिल्ला पर्सा गा.बि.स. मुडली वडा नं. ४ बस्ने पृत पडित कुम्हालको छोरी सबिता देबी पडित कुम्हाल बिच २०५४ सालमा बिबाह सम्पन्न भएको थियो ।

सो बिबाह पश्चात जेठी छोरी प्रियांका कुमारी प्रजापति (बिबाह समेत गरी सकेको अवस्था ) , माहिली छोरी बिनीता कुमारी प्रजापति, साहिली छोरी अपेक्षा कुमारी प्रजापति र कान्छो छोरा हिमान्सू कुमार प्रजापतिको जन्म हुन पुग्यो र तिनका लालन पालनका लागी थप काम बीरगजको कदाम्बरी एकाडेमी स्कुलमा म पिडित श्रीमान हरेन्द्र पडित कुम्हाल काम गर्न थाले ।

त्यस पछि गाउँ दिन ( दिनै आउन जान धेरै कठिनाई भएको कारण बीरगंजमा नै म पिडित कुम्हाल बस्न थाले ।

सो क्रममा गाउँको घरमा बिरामी पर्दा होस वा खेतीपातीको समस्या पर्दाको बखत होस एक जना लोग्ने मानिसको खाँचो जहिले पनि परी रहेको देखेर म पिडित कुम्हालले २०६७ साल तिर मैले आफ्नी श्रीमतिको सहोदर मामा भारत पुर्वी चम्पारण रक्शौल स्थित खरकटवा टोल बस्ने रामबालक पडित कुम्हाललाई बोलाएर घर परिवार लगायत खेतिपाती हेर्नका लागी जिम्मा दिई म पिडित स्कुलमा बीरगंज काम गर्दै आए ।

केही महिना पश्चात स्कुलबाट बिदा लिई घर पुग्ने क्रममा मामा कुम्हाल र भान्जी वा मेरो श्रीमती सबिता देबी पडित कुम्हाल बिच अनैतिक सम्बन्ध कायम गरी रहेको देखेर म पिडित सहन नसकेर कुटपिट गरेर मामा र श्रीमतीलाई सोही बखत घर निकाला गरेको हो ।

उक्त घटना हुनू अगावै मेरो श्रीमतीका भाई वा मेरो नातामा पर्ने सालो शिव शम्भु पडित कुम्हालले घर बनाउँनको लागी रु. ३ लाख मौखिक सापट लिएर गएका थिए ।

उक्त सापट रकम बारम्बार टेलीफोन मार्फत श्रीमतिका भाई कुम्हाललाई फिर्ता गर्नका लागी आग्रह गरेको भए पनि हाल सम्म सो रकम फिर्ता नगरेको कुरा आज रिपोटर्स क्लव नेपाल पर्साको बिशेष साक्षात्कार कार्यक्रममा उपस्थित संचारकर्मीहरुलाई पिडित श्रीमान कुम्हालले बताए ।

त्यस घटना पश्चात २०७३ साल असोज १ गतेका दिन म पिडित बीरगंज स्थित आफ्नो काममा ब्यस्त रहेकै क्रममा मेरो घरमा रहेकी साहिली छोरी अपेक्षा कुमारी प्रजापती एका एक घरबाट हराएको घटना पश्चात चारैतिर बुझनै क्रममा तिन चार दिन पश्चात मलाई मेरी श्रीमतीसँग अनैतिक सम्बन्ध बनाउँने मामा रामबालक पडित कुम्हालले तेरो साहिली छोरी मेरो कब्जामा रहेको भन्दै भारतिय मोबाईलबाट फोन गरेर उल्टै रकम माँग गरेका थिए ।

सो अपहरण घटना पश्चात म पिडित श्रीमान कुम्हालले जाहेरी दरखास्त लिएर दर्ता गराउँन जिल्ला प्रहरी कार्यालय पर्सामा पुगे ।

उक्त जाहेरी दरखास्त जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता गर्न नमाने पश्चात म पिडित श्रीमान कुम्हाल असोज १० गते पुनरावेदन अदालत हेटौडामा अपहरण मुद्धा दर्ता गराए ।

त्यस पछि अदालतले अपहरणकारीहरुलाई पक्राउ गर्न पर्सा प्रहरीलाई लिखित पत्र पठाए पछी निजहरु मध्ये सालो शिव शम्भु पडित कुम्हाल र शिवराज साह तेलीलाई यही जेष्ठ २५ गते पक्राउ गरेको हो ।

सालोहरु पक्राउ परेको पर्सिपल्ट नै मामा सँग अनैतिक सम्बन्ध राख्ने मेरो श्रीमती सबिता देबी पडित कुम्हालले अपहरीतमा परेकी मेरी साहिली छोरी अपेक्षा कुमारी सहित जिल्ला प्रहरी कार्यालयमा एका एक गत बिहिबार हाजीर हुन पुगिन ।

सो पश्चात म पिडित श्रीमान कुम्हाललाई जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत असहीले मो.नं. ९८६०६८३७०९ बाट फोन गरी बोलाए ।

उक्त फोन आए लगतै म पिडित श्रीमान प्रहरी कार्यालय पर्सामा पुगे ।

तर प्रहरी कार्यालयमा पुग्न साथ म पिडित श्रीमानलाई उल्टै प्रहरीले कुटपिट गर्दै तैयार पारी रहेको कागजातमा जोर जबरदस्ति सहिछाप गराएर झूठो मुद्धामा फसाई दिने धम्कि समेत दिईएको कुरा आज साक्षात्कार कार्यक्रममा पिडितले बताए ।

भने पिडित श्रीमान कुम्हालले स्थानिय, बुद्धिजिबी, समाजसेवी, मानव अधिकारकर्मी, संचारकर्मी , राजनीतिक दलका प्रतिनिधीहरु लगायतका महानुभावहरु समक्ष उक्त घटनाको छानबिंन गरी दोषीमाथी कडा भन्दा कडा कानुनी कारवाही गर्नको लागी म पिडितलाई सहयोग गरी न्याय दिलाई दिन हुनको लागी कार्यक्रम मार्फत अपिल समेत गर्नू भएको छ ।

सो साक्षात्कार कार्यक्रम रिपोटर्स क्लव नेपालका केन्द्रिय सदस्य तथा पर्साका संयोजक कन्हैया गुप्ताको सभापतित्वमा आज होटल सम्झानामा कार्यक्रम सम्पन्न भयो ।आर.सी.एनबाट




कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1073029 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top