Krantidwar - सांसद सुुनिल र डिई योगेशद्धारा कटहरिया जंगलसहिया रोड निरिक्षण
समाज

सांसद सुुनिल र डिई योगेशद्धारा कटहरिया जंगलसहिया रोड निरिक्षण


समाज 273 पटक पढिएको संजय मिश्रा



रौतहट ११ अषाढ ।सांसद सुुनिल कुुमार यादव,सडक डिविजन चन्द्रनिगाहपुुरका प्रमुख डिई सुुमन योगेश सहीतको प्राविधिक टोलीले शनिवार कटहरिया जंगलसहिया सडकखण्डमा निमार्ण भईरहेको कालोपत्रे निरिक्षण गरेका छन ।

ठेकदार कम्पनी आश्रय निर्माण शेवाद्धारा निर्माण भईरहेको कालोपत्रे गुुणस्तरहिन भईरहेको समाचार पटक पटक प्रकाशन हुनथाले पछी सांसद यादव र डिई योगेशको टोलीले शनिवार स्थलगत निरिक्षण गरेका हुन ।निरिक्षणको क्रममा बाटोमा दुुईसाता अघि गरीएको प्राईमलकोट माथी परेको धुुलो भुुस सफा नै नगरी अलकतरसमेत कम प्रयोग गरी कालोपत्रे गरीरहेको पाईएको थियो ।

सो क्रमका दर्जनौ स्थानियले कालोपत्रे गुुणस्तरहिन भईरहेकाले यसको आयुु सानो हुने गुुनासो निरिक्षण टोली समक्ष राखेका थिए । त्यसैगरी कटहरिया तर्फ बाट कालोपत्रे शुुरुभए पनी ठेकदार नागेन्द्र साहको लापरवाहीले जिरो प्वाइंटमै करीब दुुईसय मिटर र बडेरवा टोलमा करीब २० मिटर कालोपत्रे हुुन नसकेको स्थानियहरुलगुुनासो राखेका थिए ।

निरिक्षण पश्चात डिई सुुमन योगेशले ठेकदार नागेन्द्र साहलाई उक्त सडक खण्डमा भईरहेको कालोपत्रेको गुुणस्तर सुुधार गर्न निर्देशन दिएका थिए ।

एकै पटक चार पाँच किलोमिटर लामो बाटोमा प्राईमलकोट गरीएकाले गुुडने सवारीसाधन बाट ठाँउ ठाँउमा उडेका प्राईमलकोटलाई दोहरयाउन डिई योगेशले ठेकदारलाई निर्देशन दिएका थिए ।

 धुुलो र गोबर माथी कालोपत्रे नगरी पुुर्ण सफाई पछी मात्र कालोपत्रे राख्न उनले टोलीमा संगै रहेका ठेकदार नागेन्द्र साहलाई सुुझाव दिएका थिए ।त्यसैगरी निर्माणधिन बाटोमा सवारीसाधन चलाएमा आयुु छोटो हुने भएकाले निर्माण अवधिमा सवारीसाधन न चलाउन उनले स्थानिय संग अनुुरोध गरेका थिए ।

सांसद सुुनिल कुुमार यादवले आफनो गाँउको विकासमा कुुनै प्रकारको बाधा अडचन खडा नगर्न र निगरानी गर्न सबैलाई आग्रह गरेका थिए ।

टोलीमा सांसद यादव,डिई योगेश,ईन्जिनियर श्याम नारायण मिश्र,ठेकदार

नागेन्द्र साह लगायतको सहभागिता रहेको थियो ।टोलीले कटहरिया देखी भसेढवा सम्मको कालोपत्रे निरिक्षण गरेका थिए ।जनश्रमदान सहीत करीव १०करोडको टेण्डर लिएर आश्रयले करीव एक बर्ष देखी काम शुुरुगरेको भएपनी योजना बारे हालसम्म कतै हुुडिंग बोर्ड नराखेको स्थानियहरुले गुुनासो गरेका छन ।  





कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1071076 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top