Krantidwar - लायन्स क्लब अफ वीरगन्ज ग्रीन क्याम्पसद्वारा मानव सेवा आश्रमलाई सहयोग
समाज

लायन्स क्लब अफ वीरगन्ज ग्रीन क्याम्पसद्वारा मानव सेवा आश्रमलाई सहयोग


समाज 251 पटक पढिएको विजय कुशवाहा


लायन्स क्लब अफ वीरगन्ज ग्रीन क्याम्पसद्वारा मानव सेवा आश्रमलाई सहयोग

लायन्स क्लब अफ वीरगन्ज ग्रीन क्याम्पसले आज मानव सेवा आश्रममा विभिन्न उपयोगी सामग्रीहरु हस्तनान्तरण गरेको छ ।


वीरगंज असार २५

क्लबद्वारा आश्रमका वयोबृद्धहरुलाई उपयोग हुने टि–सर्ट, कट्टु, ट्राउजर लगायतका लत्ता कपडा एवं विभिन्न खाद्यान्न सामग्रीहरु हस्तान्तरण गरिएको हो । हस्तनान्तरण कार्यक्रममा आश्रमका अभिभावक डा. दिपक शाक्यले आश्रम संचालनमा अहिले सम्म परोपकारी हातहरुको महत्वपुर्ण भुमिका रहेको बताउनु भयो । वहाँले आश्रमलाई दिगो समयका लागि व्यवस्थापन गर्नका निम्ति वीरगन्ज महानगरपालिकाले अभिभावकत्व लिनु पर्ने सुझाव दिनु भयो । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं मधेस विभाग प्रमुख विजय कुशवाहाले आश्रमको वयवस्थापन तथा महानगरपालिकालाई जिम्मेवारी बोध गराउन संचारकर्मीहरुले पनि आ–आफनो ठाउँबाट भुमिका निर्वाह गर्नुपर्ने भएकोले आफुहरु आश्रम विकासको लागि सदैव कृयाशील रहने बताउनु भयो । लायन्स कल्ब अफ वीरगंज ग्रीन क्यापसका सदस्य किरण कुमार अग्रवालको संयोजनमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स कल्बका एमबेस्डर अफ गभर्नर लायन उमेश साह कानु,  लायन्स कलब अफ वीरगंज ग्रीन क्यामपसका अध्यक्ष लायन रिकेश साह, मानव सेवा आश्रमकी संयोजक अन्शु कार्की लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।




कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1070988 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top