Krantidwar - मधुश्रावणी पर्व शुरु
समाज

मधुश्रावणी पर्व शुरु


समाज 255 पटक पढिएको


मधुश्रावणी पर्व शुरु

“ सखी फुल लोढ चलु फुलबरिया, सीताके संग सहेलिया, कोई बेली फुल लोढे चमेली फुल लोढे, कोई लोढेला चम्पाके कलिया, सीताके संग सहेलिया..” लगायतका गीतहरु गाउँदै जब समुहमा महिलाहरु निस्किने गर्छिन तवको दृश्यले सबैलाई मनमोहक बनाउने गर्छ ।


जलेश्वर । मिथिलाञ्चलका नवविवाहिता मिथिलानीहरुले हर्षोल्लास र धुमधामका साथ मनाउने पर्व मधुश्रावणी शुक्रबारबाट विधिवत् रुपमा शुरु भएको छ ।  १५ दिनसम्म मनाइने यो पर्वमा नवविवाहिता महिलाहरु १५ दिनसम्म गृहस्थी कसरी चलाउने भन्ने बारेमा शिक्षा प्राप्त गर्ने कथाहरु सुन्ने गर्दछन् । त्यसैगरी पतिको दिर्घायुको कामना गर्दे उनीहरु गौरी, विषहरा लगायतका पुजा समेत गर्ने गर्दछन् । हरेक श्रावण कृष्णपञ्चमीदेखि शुरु भई श्रावण शुक्ल द्धितियासम्म यो पर्व मिथिलाञ्चलका कायस्थ, बा्रहमण, सोनार र देवजातिका नवविवाहिता महिलाहरुले मनाउने गरेका छन् । विषहरालाई बासी पूmल चढाउने गरिने भएकोले हरेक साँक्ष युवतीहरु गीत गाउँदै फुलवारी, बनजंगलमा पूmल टिप्ने जाने गरेका छन् । “ सखी फुल लोढ चलु फुलबरिया, सीताके संग सहेलिया, कोई बेली फुल लोढे चमेली फुल लोढे, कोई लोढेला चम्पाके कलिया, सीताके संग सहेलिया..” लगायतका गीतहरु गाउँदै जब समुहमा महिलाहरु निस्किने गर्छिन तवको दृश्यले सबैलाई मनमोहक बनाउने गर्छ । उनीहरु समुह समुह बनाई चौमासा, छमासा, बटगवनीको सुमधुर गीतहरु गाउने गरेको मधुश्रावणी पर्व मनाइरहेकी जलेश्वर नगरपालिका ४ की निकिता कर्णले जानकारी दिइन् ।




कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1072463 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top