Krantidwar - १७ हजार लाई सवारी दुर्घटना सम्बन्धी ट्राफिकको प्रशिक्षण
समाज

१७ हजार लाई सवारी दुर्घटना सम्बन्धी ट्राफिकको प्रशिक्षण


समाज 1281 पटक पढिएको भबिश्वर पाण्डे



कावासोती , २७ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपरासीले एक महिनामा १७ हजार लाई सवारी दुर्घटना न्युकरण सम्बन्धी प्रशिक्षण दिएको छ ।

सवारीको गति सिमित राखंै बाचौ र बचाउ भन्ने नारा सहित जिल्ला ट्राफिक प्रहरी नवलपरासीले १० हजार चालक र ७ हजार सर्बसाधरणलाई सवारी दुर्घटना सम्बन्धी सचेत बनाएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक धम्रेन्द्र रावलले बताएका छन् । गत आसर २४ गते बाट साउन २६ गते सम्म अभियान नै बनाएर ट्राफिक प्रहरीले चालक र सर्बसाधरणहरुलाई प्रशिक्षण दिएको हो  । प्रहरी जागिरको आधा जिवन ट्राफिक प्रहरीमा बिताएका जिल्ला ट्राफिक प्रहरी प्रमुख धर्मे्रन्द्र रावाल नवलपरासी आएपछि सवारी दुर्घटनामा न्युनिकरणमा उनले सक्रियाता बढाएका छन् । उपत्यकामा ट्राफिक प्रहरीमा रहेर करिब १५ बर्ष काम गरेका रावाल नवलपरासी आउने अन्य ट्राफिक प्रमुख भन्दा फरक रहेको देखिएका छन् । सवारी दुर्घटना न्युनिकरणको लागी रावल दिनहु नया योजना बनाउन ब्यस्त हुने गरेको बताएका छन् । पश्चिम नेपालको सबै भन्दा बढी दुर्घटना हुने जिल्ला नवलपरासी हो । त्यसमा पनि सबै भन्दा लामो राजमार्ग एक सय किलोमिटर क्षेत्र पर्ने नवलपरासीमा सवारी दुर्घटनामा कमि राख्न ग्राहो मानिन्छ । गत आर्थिक बर्ष २०७३÷७४ मा मात्रै नवलपरासीमा सवारी दुर्घटनामा परी १ सय ३५ जनाको मृत्यु भएको छ । जिल्लामा रहेका लामो रार्जमाग , पहाडी क्षेत्रमा ८ बर्ष देखि स्तरउन्नती नभएका बाटोहरु र चालकको लापरबाहीले सवारी दुर्घटना बढी भएको जिल्ला ट्राफिक प्रमुख रावलले बताए ।

एक महिनामा हरेक दिन फरक फरक स्थानमा चालक सँग ट्राफिक प्रहरी ३ मिनेट भन्दै एउटा सवारी चालकलाई तिन मिनेट प्रशिक्षण गराउदा एक महिनामा १० हजार भन्दा बढी चालकलाई प्रशिक्षण गराएको जिल्ला ट्राफिक प्रहरी कार्यलयमा तथ्याङ् रहेको छ । भने जिल्लाको ६७  चोक चौराहमा सर्बसाधरणहरु भेला गरी ७ हजारलाई दुर्घटना न्युकरण सम्बन्धी प्रशिक्षण दिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपरासीका प्रहरी हवल्दार पदम बढुले जनाएका छन् । एक महिनामा सवारीको गति सिमित राखंै बाचौ र बचाउ भन्ने नारा सहित नवलपरासी जिल्लामा रहेको सडकको अवस्था जिल्लाको भौगोलिक अवस्था , सडकमा हुने गरेको सडक सकेतको भाषा र कसरी दुर्घटनामा कमि ल्याउने भनेर उक्त्त १७ हजारलाई प्रशिक्षण दिएको ट्राफिक प्रहरी हवल्दार बढुले बताए । उक्त्त अभियान जिल्ला भरी जुनसुकै समयमा पनि गरीने र उक्त्त अभियान आफ्नो जनशक्त्ति अनुसार अगाडि बढाई रहने जिल्ला ट्राफिक प्रहरी प्रमुख धम्रेन्द्र रावलले बताएका छन्




कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1071267 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top