Krantidwar - भारत र चीन नेपालका लागि डिप्लोम्याटिक च्यालेन्ज
विचार/विश्लेषण

भारत र चीन नेपालका लागि डिप्लोम्याटिक च्यालेन्ज


विचार/विश्लेषण 90 पटक पढिएको – मनोज कुमार कर्ण


भारत र चीन नेपालका लागि डिप्लोम्याटिक च्यालेन्ज

पहिलो, संवत् २०६६ वैशाख १ गते नयाँ वर्षको उपलक्ष्यमा विश्वभाषा क्याम्पसको प्रांगणमा करिब ६० वटा जति प्लास्टिकको कुर्सी लगाइएको माझमा तत्कालीन प्रतिपक्षी दलका नेता तथा काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले स्पष्ट शब्दमा नेपाली सेनामाथि प्रधानमन्त्री प्रचण्ड र उनका माओवादीद्वारा लगाइरहेको आरोपहरुको लहैलहैमा लागेर अनावश्यक पक्ष वा विपक्ष केही पनि नलेख्न प्राध्यापकलाई आग्रह गर्नु भएको थियो ।

 उनको भनाई थियो, ‘सेनालाई ध्वस्तपार्न प्रचण्डले चितवनको शक्तिखोरमा जनमिलिसियाको अगाडी के बोलेका छन्, त्यो सबै जानकारी हामीसँग छ । हामी उचित समयमा बोल्ने छा्रैं । यो अति सम्वेदनशील मामिला हो ।’ नभन्दै केही दिनमा नै इमेज टेलिभिजनबाट त्यो सार्वजनिक भयो जबकि त्यो सिडी राष्ट्रपति, काँग्रेस र एमालेका जिम्मेवार उच्च तहका प्रायः सबैले दर्जनौं चोटी हेरिसकेका थिए । दास्रो, भारतीय प्रम नरेन्द्र मोदीले चीनले दोक्लामको मुद्दामा जति भारतलाई उचालेपनि उनले युद्ध गरिनै हाल्ने मनसायले कहिल्यै प्रस्तुत भएनन् । अर्थात्, चीनको प्रतिस्पर्धी भारतले नै युद्ध नचाहेको ठाउँमा सधैं नेपालले शान्ति चाह्ने देशको एउटा जिम्मेवार विश्वविद्यालयको सदस्य मैंले कसैको पक्षमा र युद्ध भड्काउ लेख लेख्नु गल्ति हुनेछ । कम्तिमा नेपालको अस्तित्वको लागिपनि नेपालका हरेक खाले नागरिकले शान्त बस्नु नै उचित छ । तर नेपालका चिनियाँ अन्धभक्तहरु हामी निरपेक्ष वा असंलग्न वा तटस्थ बस्नेहरुले जहिलेपनि बढाईचढाई मीडीयामा भारतको गोर्खा ल्याण्ड वा दोक्लाम बारे मधेसी र भारतलाई जोडेर तल पारेर लेख्या लेख्यै गरेको हुनाले स्वाभिमान तथा ती चीन भक्त केही पहाडी अवाम् उपबुज्रुकहरुलाई सतही विश्लेषण गर्न छोडेर अन्तर्राष्ट्रिय अध्ययनको गहिराईसम्म लान पहाडी मीडीयाले स्थान नदिएपनि मधेशीहरु पनि लेख्न, धारणा राख्न सक्षम छन् भनि सावित गर्न र नेपाललाई मधेशीको तर्फबाट कसरी जोगाउन सकिन्छ भन्ने राष्ट्रिय भावनाले म माथिका सबै कुरा स्मरण रहेपनि लेख्ने गरेको छु । नेपालका कति कम्युनिस्ट मीडीया हाउस तथा पत्रिकाहरुले हाकाहाकी हामी कम्युनिस्टप्रति चीन र हामी चीनप्रति नरम छौं भनेरै उसको पक्षमा नेपालमा डेमोक्र्याटिक पल्लावाला तथा भारतलाई होच्याएर लेख्दा भारत तथा डेमोक्र्याटिक पक्षधरको मनोबल बनाइराख्न र कम्युनिस्टहरुको मीडीयाको दुरुपयोगमा गरिने लफ्फाबाजीलाई समाप्त पार्नपनि मैंले लेख्न उचित ठान्दछु । कसैले फलानो अमुख देशको भयो भन्नेलाई निजको बुद्धिमा कीरा लाग्यो सिवाय केही भन्न पनि सक्तिनँ तर सफल ईलाज गराउन कामना भने गर्न सक्छु ।

चिनीयाँ सैनिकको राष्ट्रपतिलाई असहयोग

यो पढेर कतिलाई पैतालामुनीको जमिन सरेको महशुस हुनेछ कि राष्ट्रपति सी जिन्पिङलाई दोक्लाम विवादमा भारतविरुद्ध युद्ध गर्न चिनियाँ सैनिकको सहयोग प्राप्त भएन । त्यस्ता मित्रले यो सम्झिंदा सतम्भकारको कुरा पत्याउन करै लाग्नेछ । गत अगस्त २८ तारिख अर्थात् गत भदौ १२ गते दोक्लामबारे भारत–चीन बीच सम्झौता भएकै केही घण्टामा चीनले आफ्नो देशको सैन्य प्रमुखलाई बदल्यो जो भियतनाम युद्धमा भाग लिईसकेको तथा राष्ट्रपति जिन्पिङका अति निकटका छन् । यसरी चिनियाँ सैनिकको असहयोग हुनुमा चिनियाँ सैनिकले चीनको वैभवशालीतालाई हेरेको सजिलै बुझ्न सकिन्छ । किनकि चीनले भारतलाई दुई सातामा दोक्लामबाट भारतीय सैनिक नहटाए चीनले सानो सैन्य कार्वाही गर्ने र भारतीय सैन्यलाई खेद्न सकिने भनेर भारतको भाषामा गिदरभम्की दियो तर भारतले अटेर गरेर बरु चीनले धम्क्याएको धम्क्याएकै गरेकोले प्रतिरोधमा भारतीय सुखोइ, पन्डुब्बी जहाज, इन्डियन एयरफोर्सको ‘हात्ती’, अल्ट्रा र अति तेज गतिको तोप अरुणाचलतिर पठाउँदा चीन ब्याक भयो । राष्ट्रपति जिन्पिङको एकसाथ भारत तथा उ.कोरियामार्फत् अमेरिकासँग दुईटा मोर्चामा युद्ध गर्ने नीतिले चिनियाँ सैनिक हच्कियो र चिनियाँ सैनिक÷रक्षा मन्त्रालयकै धम्कि अनुसारपनि दुई सातामा भारतीय सैनिकपनि ब्याक भएन, भारतमाथि चीनको कार्वाहीपनि भएन । कूटनीतिमा यसभन्दा शर्मनाक पराजय अरु केहीपनि हँुदैन । त्यसैले बढी बोल्नु हँुदैन । आज चीनमा कम्युनिष्ट शासन नभएको भए वर्तमान राष्ट्रपतिको पद र राजनीतिमा ज्वालामुखी विस्फोटन भइसक्या हुन्थ्यो । उता चिनियाँ सैनिकले जसले जति भनेपनि, जति बढी संख्या मारहान्ने सैनिक हतियार, विमान, ट्यांक आदि देखाएपनि आफ्ना हतियारहरु निकै पुराना तथा काम नलाग्ने रहेको तथ्य भारतीय सैन्य एक्सपर्टहरुलाई राम्ररी थाहा भएको ज्ञात थियो ।

भारतलाई चीनमा ब्रिक्स सम्मेलनमा उपहार 

ब्रिक्स अर्थात् ब्राजिल, रुस, इन्डिया, चाइना र साउथ अफ्रिका अर्थात् विश्व जनसंख्याको करिब ४३ प्रतिशत आवादी भएका देशहरुको सम्मेलन यसपाली चीनमै आयोजना गरिने भएकोले चिनियाँ राष्ट्रपति सी जिन्पिङ भारतको उपस्थिती, भारतको विषय उठान आदिलाई लिएर दोक्लाममा भारतीय सैनिक चीनले बढी बोलिदिएको सन्दर्भ अझ ब्याक नभईदिंदा आयोजक राष्ट्रको तर्फबाट अति टेन्सनमा परेका थिए । भनिन्छ, राष्ट्रपति जिन्पिङले भारतीय प्रम मोदीलाई यो सम्मेलन सफल पार्न तथा दोक्लामको मुद्दा नउठाइदिन आशय र डिप्लोम्याटिक च्यानेलद्वारा अपील गरेका थिए । प्रम मोदीले सबै मनन् गर्दै सघाइदिए अर्थात् यी दुइटै कुरामा सहयोग गरिदिए तर संयुक्त राष्ट्र संघमा पाकिस्तान समर्थित एन्टि इन्डियन आतंकवादी हाफिस सइद र मसूर अजहरमाथि भारतले आतंकवादी घोषणा गर्न लागेको प्रस्तवामा चीनले भीटो प्रयोग गर्ने चेतावनी दिएको सन्दर्भमा यसपाली पाकिस्तान–चीन मित्रतामा तिक्तता ल्याउन तथा भारतको कूटनीतिक शान्दार जीत देखाउन प्रम मोदीले सहयोगकवापत् सइद र अजहरलाई आतंकवादी चीनकै मुखले बोल्न लगाएर घोषणापनि गर्न लगाए जुन भोली युएनओमा सहयोगी सावित हुनेछ । प्रसिद्ध अभिनेता राजकुमारको डायलग भारतलाई काम लाग्योः ‘जौनी, जिसका घर शिशे का हो, वह दूसरे के घर पे कभी पत्थर फेका नहीं करते !’ अर्थात्, चीन र राष्ट्रपति जिन्पिङकोे यति कमजोरी नस थाहा पाएको भारत र प्रम मोदीले कहाँ यति सजिलै छोड्छन् ?

नेपालले के गर्ने ?

स्वाभाविक छ हामी एमाले समग्र पार्टी, केपी ओली, केही राजावादी, काँग्रेसी तथा समग्र कम्युनिस्ट मधेशी तथा भारतविरोधी चिनियाँ नेपाली भक्तहरुलाई रावणको दरबारमै सत्य स्थापना तथा रावणको हिंसा र अत्याचारलाई रोक्न रामका पक्षधर हनुमान तथा अंगदहरुले युद्ध भएर सर्वनाश हुन अघि दिएका चेतावनी जस्तै यो प्रष्ट शब्दमा भन्न चाहन्छौं कि सि जिन्पिङ जस्तै मधेशी र भारतको विपक्षमा हाइब्लड प्रेसरमा बढी नबोलौं नत्र पराजय हाल श्री जिन्पिङकै जस्तै लज्जास्पद हुनेछ । मधेशी यस देशका नागरिक हुन्, मधेशका आदिवासी मधेशी हुन् । देशको कुनैपनि कालखण्डमा विदेशीसँग सौदाबाजी मधेशीले गरेका छैनन् बरु, ती सबै नदिनाला बेच्ने, गल्ति सम्झौता गर्नेहरु, शेरे धनुषा राजावादी नेता स्व. हेमबहादुर मल्लको भाषामा ‘पहडीयाहरु चाकमा लागूू औषध र सुन तस्करी गरेर उल्टै मधेशीलाई विदेशी र देशद्रोही भन्ने हरु’ पहाडी नै हुन् (जनआस्थामा केही वर्ष अघि प्रकाशित अन्तर्वाताबाट)। नेपाल चीनको पक्षमा नढल्केर स्वतन्त्र बसेर नेपालको राष्ट्रियता जोगाउने जिम्मा अब मधेशी तथा लोकतान्त्रिक अलायन्सको छ । राष्ट्रियताको सवालमा कम्युनिस्टहरु त्यसको परिभाषा बोर्डरलेस बनाइदिएर जुन देशमा बस्छन्, पहिचान पाउँछन्, जसको खान्छन्, त्यसकै विरुद्धमा बोर्डर टुटाउने काम नेपालका केपी ओलीहरुले नेपालमा हाल मधेशीको अंशलिन संविधान संशोधन हुन नदिई देशलाई मधेशी–पहाडीमा विभक्त गराई देश टुक्र्याउन उद्यत पारिदिएर गर्छन् । कार्ल माक्र्सको बद्नामी गर्ने, २१ सौं शताब्दीमा मधेशी र भारतीय संस्कृतिलाई नस्विकार्ने कबिला जमानाको मान्छे हाल जन्मेका, नेपालका जनताबीच एकताको महाशत्रु तथा अराष्ट्रिय तत्व र नेपाललाई टुक्र्याउन कसम खाएका अरु कोही नभएर यी कम्युनिस्ट सत्ताका लोभीपापीहरु तथा केहीमात्र काँग्रेस र राजावादीहरु छन् । वास्तवमा नेपालमा भारतीय दृष्टिकोण तत्काल एमालेलाई नेपालकै जनताको बुद्धिको बिर्को खोलिदिएर साइजमा ल्याउनुछ भने पछि अर्को कम्युनिस्टको पालो छ ! अर्थात्, भारतसित अनुहारमा मीठो कुरा गरेर पछाडीबाट पाकिस्तान उचाल्ने वा सैन्य धम्की दिने चिनियाँ नीति मोदी सामु टिकेन भने चीनका भक्तहरुको नेपालमा भारतविरुद्ध अब के चल्छ ? भारत नेपालको पहाडीविरुद्ध छैन भनेर नै गोरखा बटालियनबाट जागिर खाएका सैन्य विपिन रावतलाई हाल सेना प्रमुख बनाएको छ भने अति चर्चित र शालीन मनोज सिन्हालाई उत्तरप्रदेशको मुख्यमंत्री नदिएर अजयसिंह विष्ट (योगी आदित्यनाथ)लाई बीजेपीले बनाएको छ । उता नेपाल मामिलामा महेन्द्र पी. लामा जस्ता पहाडीलाई दिएको छ । अर्थात्, चीनले नेपालमा मधेशी–पहाडीको खाडलमा रमायो भने भारतले यी दुइटै समुदायको विकास र बराबरीमा वकालत गर्दै समन्यायको कुरो ग¥यो । अर्थात्, सत्यता, मानवता पक्षधर लोकतान्त्रिक अलायन्स कसरी चीनको राक्षसी पक्षको अगाडी युद्ध हार्नेछ ?

(लेखक पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुन्) (मधेश दर्पण फिचर सेवा)




कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1485761 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top