Krantidwar - Krantidwar - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
समाज

भौतिक पूर्वाधार विकास मन्त्रालयले ब्रम्हलुट मच्चाए


समाज पटक पढिएको क्रान्तिद्वार दैनिक


१० लाखको सो सडक ढलान कमसल

जनकपुरधाम : प्रदेश २ बाढी र वर्षाको कहर झेलिरहेको बेला भौतिक पूर्वाधार विकास मन्त्रालयले ब्रम्हलुट मच्चाएको छ ।बुधवार नै चेक पाइसकेपछि विहिवार सडक ढलान भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ८ र महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकाको भ्रमरपुरामा पूर्वाधार मन्त्रालयले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकी नेतृ सरिता शर्मालाई झण्डै दुई करोडको विभिन्न टुक्रे योजना दिइएको थियो । सो योजना अन्तरगतका सबै सडकको मुल्यांकन भै बिलभर्पाइ तयार भइसकेपछि विहिवार जउमनपाको वडा नम्बर ८ मा सडक ढलान गरिएको छ ।

स्थानीय बासिन्दाहरुका अनुसार १० लाखको सो सडक ढलान कमसल रहेको छ । भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टीका नेता, कार्यकर्ताहरु मनपरी ढंगले योजना दिएका छन् । उनले बाँडेका योजनामा २५ प्रतिशत सम्म कमिसन लिने गरेको बताइन्छ ।

कार्य सम्पादन मुल्यांकन गर्न मन्त्री सोनलले होटेलको ५ वटा कोठा बहालमा लिएका थिए । मुल्यांकन फारम र भुक्तानी आदेश दिनु अगावै उपभोक्ताहरुसित २० देखि २५ प्रतिशत सम्म रकम असुल गरिएको थियो । रकम भुक्तानी समेत भइसकेपछि पनि पूर्वाधारको काम जारी छ ।

सिंगो देशको ध्यान बाढी प्रभावित क्षेत्रमा राहत लगायतमा केन्द्रित भइरहेको बेला मन्त्री सोनलले लुट मच्चाएका छन् ।उनको दवावमा प्रदेश सरकारले बिलभर्पाई पेश गर्न र चेक काट्न तीन दिनको म्याद थप गरेको थियो ।



सम्बन्धित शिर्षक समाचारहरु


भौतिक पूर्वाधार विकास मन्त्रालयले ब्रम्हलुट मच्चाए - 2019-07-22

१० लाखको सो सडक ढलान कमसल

बाढी प्रभावित क्षेत्रको निरिक्षणको नाममा नौटकी - 2019-07-22

निरीक्षणमा आएका राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले बाढी पीडितको पुनस्र्थापनाका लागि सरकारले तत्कालै निर्णय लिनु अवश्यक रहेको बताउंदै बाढीले बगाएका घरहरुको अविलम्ब निर्माण गर्नु आवश्यक रहेको पनि उनले बताए ।

आशा र चुनौती को सहयोगमा देवाही गोनाहीका बाढीपिडितलाई राहत वितरण - 2019-07-21

करिब ५ सय ५० जनालाई राहत वितरणको कार्य गरिएको हो

परोहा नगरपालिकाका नगर प्रमुख शेष वकिलको विशेष पहलमा २ सय ५० घर परिवारलाई ठुलो राहत - 2019-07-21

परोहा नगरपालिकाको करिव १५ सय ७८ घर परिवार बाढीले प्रभावीत बनेको छ

बडहरवाका करिब चार सय घर परिवारलाई राहत वितरण - 2019-07-21

हजारो मान्छे बिस्थापित भएको थियो

निलम्बित डिएसपी कुमुद ढुंगेलको विषयमा छानबिन सुरु - 2019-07-20

परिसरले ढुंगेललाई यथासक्य चाडो प्रहरी परिसरमा हाजिर हुन सूचना जारी गरेको छ

सेवाग्राहीसँग लिएको घुससहितसव–इञ्जिनीयर उमा श्रेष्ठ पक्राउ - 2019-07-20

घुस दिने सेवाग्राहीको नाम अख्तियारले गोप्य राखेको छ

मेयर सियाराम कुशवाहाले सयकडौ परिवारलाई ग्यास चुल्हो वितरण गरे - 2019-07-20

प्रमुख अतिथिको रुपमा सोही क्षेत्रका प्रदेश सांसद कुन्दन कुशवाहा, मौलापुर नगरपालिकाकि मेयर रिना साह, प्रमुख प्रशासकीय अधिकृत मनोज कुमार रजक, कटहरिया नपा वडा नं.४ का वडाअध्यक्ष चन्दन कुशवाहा, त्यसतै वडा नं . ५ का वडाअध्यक्ष ३सर्फलाल गुप्ता सहित सयकडौको संख्यामा जनताहरुको उपस्थिति रहेको थियो ।

मुख्यमन्त्री राउतले रौतहटको बाढी प्रभावित क्षेत्रको निरीक्षण गरे - 2019-07-20

मुख्यमन्त्री राउतले वागमती, लाल बकैया, झाँझ, डोरी, चाँदी लगायतका नदीहरुलाई व्यवस्थीत बनाउन र तटबन्धहरुको समुचित व्यवस्थापन गरी समस्या समाधान गर्नु पर्ने बताए ।

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1485512 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top