Krantidwar - Krantidwar - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
अर्थ / व्यापार

संघीय सरकारले तीन महिनामा झण्डै १७ अर्ब र जेठमा साढे ३ अर्ब बढी गरे रकमान्तर


अर्थ / व्यापार पटक पढिएको क्रान्तिद्वार दैनिक


क्षेत्रगत पुल क्षेक्रगत कार्यत्रमका लागि ३७ करोड रुपैयाँ दिइएको छ

प्रदेश सरकारले रकमान्तर गरेको कुरालाई प्रदेश देखि संघसम्मले निकै ततायो । तर संघीय सरकारले अर्बौ रुपैया रकमान्तर गरेकामा कसैले आवाज उठाएको छ । 

संघ सरकारले विभिन्न शिर्षकको बजेट कट्टा गरी बैशाखदेखि असार महिनासम्म मात्र तीन महिनामा झण्डै १७ अर्ब र जेठमा साढे ३ अर्ब बढी रकमान्तर गरेको खुलासा भएको छ । 

अर्थमन्त्रालयले असारमा सबैभन्दा बढी नेपाल विद्युत प्राधिकरणमा शेयर लगानी गर्नका लागि ५ अर्ब रकमान्तर गरेको छ । यस्तै, अन्तिम पटकका लागि सडक बत्तीको बक्यौता भुक्तानी प्रयोजनका लागि भन्दै विद्युत प्राधिकरणमा शेयर लगानी गर्न ३ अर्ब ३४ करोड १३ लाख ९१ हजार रुपैयाँ रकमान्तर गरिएको छ ।

नेपाली सेनाले खरिद गरेको जहाजको बाँकी रकम भुक्तानीका लागि जंगी अड्डालाई १ अर्ब ३९ करोड निकासा गरेको छ । मन्त्रिपरिषद्को निर्णय बमोजिम जग्गा खरिदवापत नेपाल खाद्य संस्थानलाई भुक्तानी गर्नका लागि महानगरीय प्रहरीलाई १ अर्ब ३५ करोड दिएको छ । 

त्यस्तै, प्रहरी अपराध महाशाखाका लागि जग्गा खरिद गर्न ७२ करोड ६८ लाख रुपैयाँ महानगरीय प्रहरीलाई दिइएको छ । संचित बिदा र औषधी उपचारमा नपुगेको रकमका लागि १ अर्ब निकाशा भएको छ । 

यस्तै, भैपरी आउने साधारण प्रशासन तर्फ विभिन्न स्थानीय तहमा स्वास्थ्यकर्मीको लागि नपुग तलव, स्थानीय भत्ता र पोसाक वापतका लागि ६७ करोड ७६ लाख ५७ हजार रकमान्तर गरिएको छ । यस्तै, प्रदेश १ र प्रदेश ५ मा नदी नियन्त्रण तथा सिचाई आयोजनाका लागि ठेक्का, बन्दोबस्ती, सम्झौता लगायतका लागि ५०÷५० करोड रुपैयाँ प्रदान गरिएको छ । 

त्यसैगरी कर्णाली प्रदेशमा सम्पन्न सिंचाई आयोजनाको भुक्तानीका लागि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई ५० करोड रुपैयाँ दिइएको अर्थमन्त्तालयले जनाएको छ । नेपाल खाद्य संस्थानको सिर्जित दायीत्व भुक्तानीका लागि उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयलाई ४८ करोड २० लाख रुपैयाँ प्रदान गरिएको छ । 

रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजनाका लागि दुई वटा डेमु सेट ट्रेन खरिदका लागि ३५ करोड निकासा भएको अर्थमन्त्रालयको विवरणमा उल्लेख छ । क्षेत्रगत पुल क्षेक्रगत कार्यत्रमका लागि ३७ करोड रुपैयाँ दिइएको छ । 

सेवा निवृत शिक्षकको संचित विदा र औषधी उपचार वापतको रकम भुक्तानीका लागि पनि ३७ करोड रुपैयाँ निकासा भएको छ । बिशिष्ट व्यक्तिको भ्रमण तथा प्रतिनिधिमण्डलको भ्रमण तथा स्वागत खर्च शीर्षकमा २ करोड ८९ लाख ३९ हजार रुपैयाँ रकमान्तर भएको छ ।

यतिको ठूलो रकम रकमान्तर भएपनि न त प्रतिपक्षी दल न कुनै संचारमाध्यम वा निकायले नै यसप्रति विरोध जनाएको छ ।




सम्बन्धित शिर्षक समाचारहरु


संघीय सरकारले तीन महिनामा झण्डै १७ अर्ब र जेठमा साढे ३ अर्ब बढी गरे रकमान्तर - 2019-07-22

क्षेत्रगत पुल क्षेक्रगत कार्यत्रमका लागि ३७ करोड रुपैयाँ दिइएको छ

लाखौ रुपैयाको लेनदेनको आधारमा कमान्तर गरिएको खुलासा - 2019-07-22

उद्योग, वन तथा पर्यटन मन्त्रालय र समाजिक विकास मन्त्रालयका करोडौको योजना रकमान्तर गरिएको भन्ने कुरा विभिन्न समाचार माध्यममा समाचार आएपछि पछिल्लो समय निकै चर्चा पाएको थियो ।

नारायणी नदीमा मिनी पानीजहाज - 2019-07-20



बागमती नदीको पुलमा बाढीले क्षति - 2019-07-20

रौतहटको गढिमाइ र सर्लाहीको बरहथवा नगरपालिका जोडने बागमती नदीको पुलमा बाढीले क्षति गरेको छ

कर्णसहित १३ जनाविरुद्ध विशेष अदालत मुद्दा दर्ता - 2019-07-20



५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण - 2019-07-04

व्यासनगरपालिकाको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लगानीमा बिरुवा उपलब्ध गराइएको नगरपालिकाका कृषि शाखाका प्रमुख विश्वराज वाग्लेले जानकारी दिनुभयो

रमन कन्स्ट्रक्सनले यो वर्षको उत्कृष्ट निर्माण कम्पनीको अर्वाड हात पारे - 2019-06-22

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अवार्डले विजेतालाई मात्र होईन समग्र निर्माण उद्योगलाई समेत प्रेरणा दिएको बताए ।

गुजरा नगरपालिकाले गरे उन्नत जातको बोका प्रदान - 2019-06-20

बोयर जातको उन्नत बोकाको प्रजननबाट जन्मिने बच्चाहरू चाडैं तयार हुने भएकोले सो प्रजाती बोका प्रदान गरेको प्रशासकीय अधिकृत जामुन चौधरीले बताएका छन् ।

भैसी श्रोत केन्द्र व्यवस्थापन तालिम सम्पन्न - 2019-06-17

गोठ, आहारा लगायतका बरोमा जानकारी दिइएको थियो ।

1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1485900 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top