Krantidwar - Krantidwar - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
खेलकुद

गौर नगरस्तरीय उपमेयर कप सम्पन्न


खेलकुद पटक पढिएको क्रान्तिद्वार दैनिक



रौतहट । जिल्लाको सदरमुकाम गौरस्थित व्यारेक मैदानमा सम्पन्न गौर नगरस्तरीय महिला फुटबल टूर्नामेन्ट प्रतियोगिताअन्तर्गत दोस्रो उपमेयर कपको उपाधी नीरज साहको टीम वडा नम्बर ५ बाल मन्दिरले जितेको छ ।

स्थानीय विकास केन्द्रले आयोजना गरेको फुटबल प्रतियोगितामा सोमबार भएको फाइनल खेलमा वडा नम्बर ८ लाई ३–२ ले पराजित गर्दै वडा नम्बर ५ ले जितेको हो ।

खेलको पहिलो हाफमा २ गोल गरेको वडा नम्बर ५ ले दोस्रो हाफमा १ गोल गर्न सफल भएको थियो भने वडा नम्बर ८ ले २ गोल गरेको थियो ।

वडा नम्बर ५ बाट रिनिका यादव, पुजा बैठा र पार्वती यादवले एक–एक गोल तथा ८ बाट मिथिलेश कुमारी र रिंकु कुमारीले एक–एक गोल फर्काएका थिए । ५ नं। वार्ड दोस्रो पटक विजेता भएको छ ।

प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डाक्टर डिम्पल झाले महिलाहरुका लागि फुटबल खेल कठिन भएपनि प्रदर्शन गर्ने साहस देखाउनु गर्वको कुरो रहेको बताएकी छन् ।

खेलकुद विकासको एउटा पाटो रहेको भन्दै महिलालाई अवसरको खाँचो रहेको टिप्पणी गरिन् । अवसर पाए महिला हरेक क्षेत्रमा आफ्नो प्रतिभा देखाउन पछि नहट्ने दावी राज्यमन्त्री झाले गरिन् ।

गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ताले आउने दिनमा गौरका छोरीले राष्ट्रिय स्तरमा पहिचान बनाउने आशा लिएको बताएका छन् ।

छोरा र छोरी बीचको विभेदलाई अन्त्य गर्नका लागि गौर नगरपालिकाले प्रयास जारी राखेको बताउँदै मेयर गुपताले सीमित स्रोत साधन बालिकाको विकासका लागि प्रयोग गर्ने उद्घोष गरे ।

नानीहरुको खेल देखेर हर्षित भएको भन्दै मेयर गुप्ताले हार जितलाई सहन गर्दै अगाडी बढ्न आग्रह गरे । ‘छोरा जस्तै छोरीहरुले विभिन्न क्षेत्रमा सहभागिता हुनु पर्दछ भने मेरो मान्यता रहेको’ भन्दै मेयर गुप्ताले क्रिकेटको क्षेत्रमा पनि गौरका चेलीहरुले आफ्नो कौशल, प्रतिभा देखाउन पाओस् चाहना रहेको बताए ।

उपमेयर किरण ठाकुरले महिलाको विकास हुनुपर्ने धारणा राखिन् । किशोरीहरुको क्षमता बाहिर ल्याउन खेलकूद आवश्यक रहेको बताइन् । शिक्षाको साथसाथै शारीरिक, मानसिक विकास जरुरी रहेको उनले बताइन् । महिला कसैभन्दा कमजोर नरहेको आजको प्रदर्शनले पुस्टि गरेको उनको दाबी थियो ।

कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष राकेश झा, रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पंडित जैसवाल, ग्रामीण विकास केन्द्र नेपालका अध्यक्ष पारस हुसैनले आआफ्नो धारणा राखेका थिए ।

इन्द्र बक्स गणका गुल्मपति सुजन शाक्य, युएन हैबिटैटका दीपेन्द्र ठाकुर, राजपाका विधार्थी नेता प्रकाश मधेशिया लगायतका व्यक्ति सहभागी भएका थिए ।

विजेता टिमलाई कप, नगद ६ हजार रुपैयाँ पुरस्कार तथा उपविजेतालाई कपसहित नगद ४ हजार ५ सय रुपैयाँ प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रम दिनेश यादवको सभापतित्वमा सम्पन्न भएको थियो । फाइनल जितेपछि टिम कोच निरज साहले आफ्नो दिनरातको मिहिनेत सफल भएको बताएका छन् ।

मिहनेतले फल मिल्दो रहेको कुरा टिमका खेलाडीहरुले पुष्टि गरेको बताए । उपाधी जितेपछि प्रध्यानाध्यापक गणेश यादव, टिम मैनेजर निरंजन यादव, बालेश्वर यादवले बधाई दिएका छन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी खुश्वु कुमारीलाई साइकलबाट पुरस्कृत गरिएको छ ।




सम्बन्धित शिर्षक समाचारहरु


गौर नगरस्तरीय उपमेयर कप सम्पन्न - 2019-02-19



रौतहटको गौरमा माघ २६ गते देखि गौरीशंकर यादव मेमोरियल क्रिकेट टुर्णामेन्ट हुने - 2019-02-09

ओडिआईको आवश्यक तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत रौतहट क्रिकेट संघको खुलाशा ।

मेयर कप च्याम्पियनशिप टी ट्वेन्टी क्रिकेट टूर्नामेन्ट २०७५ को उपाधि गौर नगरपालिका वडा नम्बर १ ले जिते - 2019-01-22

विजेता टीमका करण साहले सर्वा्धिक ९४ रन बनाएर मैन आफ दी मैच घोषित भएका छन् ।

राष्ट्रपति खेलकुदमहिला सहभागिताअभिवृद्धि - 2018-07-09



रौतहट जिल्ला भरी क्रिकेटको तरंग - 2018-03-04



खेलकुद पत्रकार मञ्च बाराको अध्यक्षमा गाउँले - 2018-02-16



पर्सा स्कुल्स ग्रुप २०७४ क्रिकेट टुर्नामेण्ट खेल शुरु - 2018-01-28



युवातथाखेलकुदमन्त्रीराजेन्द्रकुमार केसी राजनलाई सम्मान - 2017-09-03

काठमाडौं, १८ भदौ । नेपालीकांग्रेसको शुभेच्छुक संस्था नेपाललोकतान्त्रिक खेलकुद संघले आइतबार युवातथाखेलकुदमन्त्री राजेन्द्रकुमार केसी राजनलाई सम्मान गरेको छ ।

विकास को प्रांगण मा छुट्टाछुटै गुरुपुजा - 2017-07-09

असार २५ गुरु पुर्णिमा महोत्सव को अवसरमा विरगंज स्थीत रहेको जिल्ला खेलकुद विकास को प्रांगण मा छुट्टाछुटै गुरुपुजा सम्पन्न भएको छ ।

1 2 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1485619 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top