Krantidwar - वेल्वाली जागे पछि
विचार/विश्लेषण

सोसल मिडियाका दृष्टिले नेपालको साईबर कानुन विश्वमै कडा


विचार/विश्लेषण पटक पढिएको भीम उपाध्याय , काठमाडौं क्रान्तिद्वार दैनिक


सोसल मिडियाका दृष्टिले नेपालको साईबर कानुन विश्वमै कडा र अनुदार छ।

सोसल मिडियाका दृष्टिले नेपालको साईबर कानुन विश्वमै कडा र अनुदार छ। ऐनको दफा ४७ र ४८ मा सोसल मिडियामा गाली , अश्लील हर्कत र कसैको ईज्जतमा हानी पुर्याएमा साईबर फौजदारी अभियोगमा रू ३ लाख जरिवाना र ५ वर्ष कैद छ। कसैले जाहेरी दियो कि थुनामा राखेर पुलिसले कार्यवाही चलाउन बाध्य हुनुपर्छ। ३ वर्ष भन्दा बढि कैद हुने मुद्दामा जमानत हुदैन र थुनामा राखेरै मुद्दा चल्ने हुन सक्छ।कसैले सोसल मिडियामा लेखेकै भरमा यस्तो कडा फौजदारी अभियोग लगाउन हुदैन, यसलाई देवानी मुद्दाको रूपमा लिई गाली बेईज्जतिको क्षतिपूर्ति मुद्दामा हेर्नुपर्छ भन्ने मेरो सदा दलिल र लबिंग रहदै आएको छ।यी दफा खारेज हुनुपर्छ भन्दै आएको छु।तर, कानुन संसोधन नहुदासम्म यो लागू हुन्छ नै। सोसल मिडियाकर्मीहरूले यो कानुनको उलंघन गरेका प्रसस्त देख्छु, तिनीहरूप्रति दया जाग्छ। कानुनका अनाडी , कुसंस्कारग्रस्त, गलत संगत, राजनीतिक रतन्धो भएका कारणले सायद यति कडा कानुन हुदा पनि तिनीहरू सतर्क नभएका होलान् भन्ठान्छु र मेरो मनमा क्षमाभाव जाग्छ। मेरै वालमा, कमेन्टमा र मेसेन्जरमा पनि केहीले बारम्बार साईबर अपराधजन्य लेखन गरिरहेको पाएको छु।एकाध पटक हुदा देखेसम्म म त्यसलाई डिलिट गरेर ईग्नोर गर्छु, पटक पटक त्यही हर्कत गर्यो भने ब्लक गर्ने गर्छु। आलोचना वा विरोध सहन नसकेर हैन, तिनका नाम , ठेगाना मेरो मानसपटलमा नरहोस् र बाध्यताले प्रहरीमा उजुरी गर्न पुगियो भने तिनले जेलनेल हुन नपरोस्, तिनका परिवार अपमानित हुन नपरोस्, बेईज्जत नहुन् भन्ने भावनाले मात्र हो। त्यस्ता कमेन्ट वालमा रहदा साईबर क्राईम कन्ट्रोल जिम्मा पाएका मेरा नातेदार वा मित्रले पनि देख्ने छन्। तिनलाई पनि असह्य हुन सक्छ।

यसै पनि बेलाबेलामा मलाई त्यस्ता बदमासहरू बिरूद्ध यसो सानो उजुरी दिनु पर्यो , हामी ठास्दिन्छौं भनिरहेका छन्। मेरा कारणले कसैले र उसको घरपरिवारलाई यति ठूलो सजाय खान नपरोस् भनेरै तिनलाई नजरअन्दाज गर्दै ब्लक सम्म गर्दै आएको हुँ। कमजोरी हैन क्षमाभावले म यसो गरिरहैको छु। कतिपयलाई लाग्ला मेरा सत्तामा ठुलो नेताहरू छन्, विदेशमा छु त्यसले के नै गर्न सक्ला र? तर जाहेरी दिएपछि आरोप लगाउनेलाई पातालबाट पनि समात्न सकिन्छ। उसको घरमा जहान परिवारलाई वारण्ट थमाउन र आतंकित हुने परिस्थिति पर्न सक्छ। बिदेशमा भए ईन्टरपोलमार्फत रेडककर्नर नोटिस दिन सकिन्छ, नेपाल फिर्ता ल्याउन सकिन्छ।नेपाल आउनासाथ त्यस्तालाई गिरफ्तार गरेर हिरासतमा राखेर मुद्दा चलाउन सकिन्छ। मेरा कारणले आजसम्म कसैले दु:ख पाएको मलाई याद छैन, मेरा बिरूद्धमा खुलमखुल्ला षडयन्त्र गर्दा पनि मेरा मातहतकै कर्मचारीलाई समेत बिगारेको छैन। न म कसैको जिवनमा समस्या ल्याउन चाहन्छु। सोसल मिडियामा लेखेको कुरा प्रमाण हुन्छ, तसर्थ साईबर कानुनको विशेष ख्याल गर्नुपर्छ। मेरा प्रहरीमा साईबर क्राईम ब्रान्चका हितैषी नातेदारहरू कानुन उलंघनकर्तालाई छाड्न हुदैन भनिरहेका छन्, तर म त्यता सोच्न लागेको छैन।मान्छेहरू बिस्तारै सुसंस्कृत हुदै जाने बिश्वास राखेको छु। मेरा कारणले कसैले जेलनेल खानु भन्दा मैले अपमान सहनु कम कष्टकर हुन्छ होला भन्ने ठानेको छु। तर, जे कुराको पनि सिमा हुन्छ नै! त्यसैले कसैले पनि रिपिटेडली लांछना र अश्लील हर्कत गर्नु ठिक हुदैन। मलाई दु:ख दिदा मलाईभन्दा बढी चोट मेरा हितैषीमा नपरोस्, म त जे पनि सहुँला तर मेरा मित्रहरू म जति सहनशील नहोलान्। मित्रहरूले यो कुरा शेयर गरेर अरू मित्रहरूलाई अनाहकमा जेलको हावा खान र दु:ख पाउनबाट जोगाउदै गर्नु हुन समेत अनुरोध गर्दछु।सोसल मिडियामा लेखिएका कुरा साईबर क्राईम हुदैन, हुनसक्दैन । साईबर स्पेसबाट हुने कानुनी व्यावसायिक कारोबारमा हुने अपराधमात्र भौतिक संसारमा भएझैं साईबर अपराध वा साईवर मामला हो ।सोसल मिडियामा जेसुकै लेखिएको भएता पनि यदि त्यो सामाजिक अपराध हुन्छ भने सम्बन्धित कानुन बमोजिम जसरी भौतिक समाज र संसारमा हुन्छ त्यसरी कानुनी दायरामा आउने हो । भारतको सर्वोच्च अदालते यसमा रूलिंग गरिसकेको छ र आईटी ऐनको सम्बन्धित दफा नै खारेज गरिदिएको छ । अधिकारीहरूले साईबर कानुनको अपव्याख्या गर्ने र दुरूपयोग गर्ने काम गर्दा मुलुकमा अधिकारीप्रति कानुनको मर्म र धर्म पालन नगरेको आरोप लाग्छ र राज्यको तर्फबाट अबैध दमन गरेको सिद्ध हुनेछ । कसैलाई सार्वजनिक गाली बेईज्जति, धम्की कसैले साईबर संसारमार्फत गर्छ भने पनि त्यस्तालाई सोही भौतिक अपराधको कानुन बमोजिमको कार्यवाही प्रकृया अपनाउनुपर्छ ।

ईन्टरनेट/सोसल मिडियामा हुने कुराकानी साईबर एक्टसंग सम्बन्धित हुनै सक्दैन । यसो गरिनु कानुनको दुरूपयोग हुन जान्छ । गाली बेईज्जति धम्की सबै कुराका लागि अलग्गै कानुन छन् सोही बमोजिम गरिनुपर्छ । ईन्टरनेट त भौतिक संसारसरहको एक माध्यम हो, यो साईबर कानुनसंग वा अपराधसंग सम्बन्धित हुनै सक्दैन । अपराध त अपराध हुन्छ, त्यसका लागि सम्बन्धित अपराध मामलाको कानुन मात्र आकर्षित हुन्छ । नपाउनेले केरा पायो बोक्रासित खायो गर्न हुदैन। राज्यले सोसल मिडिया वा ईन्टरनेटमा आउने कुरा जेमा पनि साईबर ऐक्ट लगाउन सक्दैन, आकर्षित हुदैन । पेपरलेस सिस्टममा हुने जमानामा यो साईबर अपराध हुदैन, भौतिक अपराध भने हुनसक्छ ।जुन किसिमले साईबर कानुनलाई नेपालका अधिकारी र सर्वसाधारणले बुझेको देखिन्छ त्यसले तिनीहरूले साईबर संसार भनेको के हो भन्ने केही बुझेका छैनन् भन्ने प्रमाणित हुन्छ । साईबर स्पेसबाट हुने काम कारवाही कुनै कानुन विपरित हुन्छ भने ती तिनै कानुनबाट दण्डनीय हुन्छन् मात्र भनेको हो । आजको जमानामा सबै काम साईबर स्पेसमैं हुदैछन्, हुनथालेका छन्, पेपरलेस हुदैछन्। यसको मतलब सबै अपराध अब साईबर कानुनबाटै किनारा हुने भनेको हैन, न संभव छ , अरू सबै कानुन निकम्मा साबित हुने अर्थमा ।साईबर प्लेटफर्मबाट हुने काम कार्यवाही बिजिनेस वा अन्य कारोबारमा हुने अपराध पनि दण्डनीय छन् -सम्वन्धित कानुन बमोजिम भनिएको हो । साईबर प्रविधि, स्पेस र प्लेटफर्ममा हुने घटना पनि प्रमाण हुन् भनिएको हो । कार्यवाही त सम्बन्धित कानुनबाटै हुने हो, साईबर कानुनबाट हैन ।साईबर स्पेस त एक माध्यम मात्र हो, अन्य भौतिक स्पेसजस्तै ।

लेखक नेपाल सरकारका पूर्व सचिब हुन्।



सम्बन्धित शिर्षक समाचारहरु


कृषि प्रधान देशमा परनिर्भरता किन ? - 2017-04-17

उपेन्द्र झा नेपाल कृषि प्रधान देश हो । आर्थिक क्षेत्रमा प्रमुख हिस्सा ओगटेको कृषि, सरकारको नीति अनुरूपको कार्यान्वयन बिना विकासको गतिमा आउन नसक्नु कृषीक्षेत्रको ठूलो दुर्भाग्य हो

निर्वाचनका लागि मधेशका गाउँ तथा शहरका जनता उत्सुक - 2017-04-08

प्रेमचन्द्र झा निर्वाचनमा सहभागिताका लागि दुवै पक्ष एक देखिए पनि त्यसंग जोडिएका राजनीतिक सवाललाई सहजताका साथ सम्बोधन गरिए बातावरण बन्नेमा विश्वस्त रहेका छन् ।

स्तरहीन राजनीतिले देश बिगा¥यो - 2017-04-06

उपेन्द्र झा राज्य संचालनका लागि बाहुन, क्षेत्री, व्यापारका लागि वैश्य र अरू सबै कर्मका लागि शुद्रको प्रयोग हुने वर्ण व्यवस्थाको समाजमा सामन्तहरूको बोलवाला सधैं रहि आएको छ । राजतन्त्रात्मक प्रणाली सामन्तहरूको आश्रय थलो भएकोले यसमा अनेक खाले सामन्तहरू नै जन्मिन्छन् । विना कामको अर्काको श्रमशक्तिमाथि निर्भर भई अर्थलाभ गर्ने स्वाभावको विकास गराउनमा तल्लीन रहेको राजतन्त्रको भूमिका इतिहासको पानामा सुरक्षित छ । राजा भनेको जुनी जुनीको सत्कर्मबाट प्राप्त देवत्व स्थान हो । यो स्थान सहज प्राप्त गर्न सकिन्न । भगवानको प्रतिनिधीको रूपमा रहेको राजा यो स्थानमा पुगेपछि उसको आदर, सम्मान र पूजा गर्नु जनताको कर्तव्य हो आदि आदि राजतन्त्रात्मक महिमाले इतिहास भरिपूर्ण छ । नेपालमा राजतन्त्रात्मक व्यवस्थाको लामो इतिहास छ । मैले जनताप्रति उत्तरदायी रहने सतयुगको राजतन्त्रको कुरा गरि रहेको छैन । नेपालको भौगोलिक अवस्था अनुसारका अविकसित, पछौटेपन, सामुदायिक हुँदै एउटा ठूलो भूखण्डको राजालाई पाउँछौ । अविकसित अवस्थामा शासन प्रणाली पनि आजको जस्तो विकसित नरहेकोले प्रणालीको बर्बर नमूना हामी शाहवंशी कालसम्म पाउँछौं । किराँतकाल, लिच्छविकाल, मल्लकाल, शाहवंशी+राणाकालसम्मको शासन प्रणाली अभ्यासमा जन्मिएका सामन्तहरूको एउटा ठूलो सशक्त शासकवर्ग खडा भयो । शासनसत्तामा बंश परिवर्तन देखिएपनि राज्यसत्तामा तात्विक परिवर्तन केही भएन ।

समताको शब्द भेटाउन नै कठिन - 2017-04-06

डा. राजेश अहिराज निरन्तर राजनीतिक संघर्ष र सरकारी विभेदका कारण मधेशीको जीवन जर्जर बन्दैछ । सैनिकीकरण, मरूभूमिकरण, राजनीतिक आतंक र युवा विदेशिनुको पीडाबाट मधेश दिन प्रतिदिन आक्रान्त हुँदैछ । समाज युवाविहीन, जिल्ला सरकारविहीन र जनता विकासविही बन्दै गएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1485525 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top