Krantidwar - खुट्टा आफ्नै भए पनी हिड्दा, ठेस भने लाग्दो रैछ
साहित्य

खुट्टा आफ्नै भए पनी हिड्दा, ठेस भने लाग्दो रैछ


साहित्य 3 पटक पढिएको यसोदा थापा


खुट्टा आफ्नै भए पनी हिड्दा, ठेस भने लाग्दो रैछ

खुट्टा आफ्नै भए पनी हिड्दा, ठेस भने लाग्दो रैछ

जोगाई राखेको मुटु पनी,एक दिन चोरी हूदो रैछ 

आफ्नो भन्नु के रहेछ र रु आफ्नै मुटु चोरी हून्छ 

नदेखेको पराई पनी, आफ्नो बनी नजीक हून्छ


आफ्नै मुटु आफैलाई धोका दिन जान्दो रैछ

बिना चाबी दिल फोरी अरूलाई राख्दो रैछ 

आखा आफ्नै भए पनी हेर्न उनलाई खोज्दो रैछ 

नचाहदा नचाहदै तस्बीर उनकै रोज्दो रैछ


आफ्नो भन्नु के, नै रैछ मुटु उनकै नाम लिन्छ

आँखाहरू लोभी भई उनकै बाटो छेकी दिन्छ

धड्कन चल्छ उनकै नाममा,ओठ उनकै नाम लिन्छ

एक छीन टाडा हूदा खेरी, सयौ जूनी जस्तो हुन्छ ११

यसोदा थापा 

बेल्जियम 





कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

847814 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top