Krantidwar - नेपाल र भारतका भक्तजनहरुको आकर्षण जनकपुरप्रती बढी
अन्तरवार्ता

नेपाल र भारतका भक्तजनहरुको आकर्षण जनकपुरप्रती बढी


अन्तरवार्ता 50 पटक पढिएको क्रान्तिद्वार दैनिक


नेपाल र भारतका भक्तजनहरुको आकर्षण जनकपुरप्रती बढी
मिथिला नगरपालिकालाई देशकै नमुना नगरपालिका बनाउँछुहरिनारायण महतो , मेयर , मिथिला नगरपालिका

हरिनारायण महतो , मेयर , मिथिला नगरपालिका

धनुषा जिल्लाको मिथिला नगरपालिकाका मेयर हरिनारायण महतो अहिले प्रदेश नम्बर दुई भरीनै चर्चित छन् । मेयर महतो चर्चामा आउनुको मुख्य कारण हो मिथिला नगरपालिकालाई तिब्र रुपमा विकासमय बनाउनु । नगरपालिकाका सबै वडामा ढल सहितको सडक निर्माण , खानेपानी र विद्युतको ब्यवस्था , विद्यालय र स्वास्थ्य क्षेत्रमा क्रान्तिकारी सुधार अनि सामाजिक न्याय सहितको सुशासनमा छलागं , मिथिला नगरपालिकालाई तिब्र औद्योगिककरण र ढल्केवरको शहरीकरणलाई पनि मेयर महतोले प्रमुखताका साथ आफ्नो कार्यसुचीमा राखेका छन् ।त्यस्तै मिथिला नगरपालिकाको वडा नम्बर ७ को उत्तरी दिशामा पर्यटकीय नगरी बनाउन उनले पोखरीया ताल नै बनाएर सिगों प्रदेशवासी र प्रदेशका मुख्य मन्त्री र मन्त्रीहरुलाई समेत अचम्मित तुल्याएका छन् । पोखरीय ताल आसपासलाई जडिबुटीको हब बनाउने लक्ष्यले मेयर महतोले पतञ्जली योगपीठका स्वामी वालकृष्ण आचार्यलाई स्थलगत निरिक्षण नै गराएका छन् । विकासप्रेमी मेयरको छवी बनाएका महतो नेपाल कम्युनिष्ट पार्टी नेकपा  का केन्द्रिय सदस्य समेत हुन् । प्रस्तुत छ तिनै मेयर महतोसगँको कुराकानी। 

पोखरीया ताललाई दुई नम्बर प्रदेशकै नमुना पर्यटकियस्थलको रुपमा बिकास गर्न लाग्नु भएको रहेछ नि हैन ?

तपाईले ठिक भन्नुभयो । तिर्थालुहरुका लागि जनकपुरको रामजानकी मन्दिर आकर्षणको केन्द्र मानिन्छ । जनकपुरको मुटुमा रहेको गगां पोखरीमा स्नान गरेर रामजानकी मन्दिरको दर्शन गर्न पाउनु उनिहरु आफूलाई अहो भाग्य ठान्छन् । भगवान राम र जनकपुरकी सीताको वैवाहिक थलो मानिएकाले पनि नेपाल र भारतका भक्तजनहरुको आकर्षण जनकपुरप्रती बढी नै छ । कतिपय पश्चिमा पर्यटकहरु पनि यहाँ घुम्न आउँछन् । जनकपुर घुम्न आउने पर्यटकहरुका लागी पोखरीया तालले थप आकर्षित गर्नेमा हामी बिश्स्त छौँ । अब केही समयमै प्रदेश नम्बर दुईको अस्थायी राजधानी जनकपुरको प्रमुख प्रबेशद्वार ढल्केवरमा निर्माणाधीन पोखरीया ताल घुमेर पर्यटकले छुट्टै आनन्द लिन पाउनेछन् ।

मिथिला नगरपालिका ७ ढल्केवरमा करिव १२ विगाहा क्षेत्रफलमा रहेको पौराणीक पोखरीलाई नगरपालिकाले तालको रुपमा परिणत गरिरहेको छ । करिव १ करोड ५ लाख रुपैयाको लागतमा निर्माण भईरहेको उक्त तालमा बोटहरु पनि सञ्चालन गरिनेछ । ढल्केवर चोकबाट करिव साँढे तीन किलो मिटर उत्तरमा रहेको पोखरीया तालमा पुग्नको लागि नगरपालिकाले यातायातको सुविधा पनि उपलब्ध गराउने छ ।


ताल मात्रै होईन , पोखरीयाताल हातामा पर्यटनका लागी अन्य धेरै कुरा बनाउँदै हुनुहुन्छ भन्ने सुनिन्छ नि ?

हो । घना जगंलको छेउमा रहेको पोखरीया ताल हेर्न र घुम्न आउने पर्यटकले तालमा मात्रै चित्त बुझाउनु पर्ने छैन । ताल नजिकै निर्माणाधीन अवस्थामा रहेको भ्यू टावरबाट भारतको विहार पनि अवलोकन गर्न पाउनेछन् । पोखरीया तालबाट झण्डै एक घण्टाको दुरीमा रहेको उक्त भ्यू टावरको छेउमै रहेको पौराणीक पोखरीले पनि पर्यटकलाई उद्य्ेलित तुल्याउनेछ । पोखरीया नजिकै निर्माण भईरहेको मदन भण्डारी स्मृति पार्क र पिक्निक स्पोर्ट पनि पर्यटकका लागि अर्को आकर्षण बन्नेछन् ।

विभिन्न जातका दुर्लभ जगंली जीवजन्तु हेर्न र अध्ययन गर्न आउनेहरुका लागि पनि पोखरीया ताल आकर्षणको केन्द्र बन्ने बिश्वास मेरो छ । करिव एक विगाहा जग्गामा चिडियाघर बनाएर जगंलीजीवजन्तु राख्ने योजना छ । त्यस्तै योगस्थल र बृद्धश्रम पनि यही पोखरीया ताल हातामै बनाउने योजना छ । यो योजनाहरुलाई नगरपालिकाले महत्वकांक्षी योजनाको रुपमा अघि सारेको छ । करिव १० करोड लगानीमा पोखरीया ताललाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने तयारी गरेका छौँ ।

अव समग्र ढल्केवरको विकासको कुरा गरौँ । पहिलेको ढल्केवर र अहिले ढल्केवरमा के फरक छ ?

हेर्नुस् ,पूर्वको प्रवेशद्धरका रुपमा परिचित धनुषाको ढल्केवर कुनैवेला पक्कि घरहरु एकदमै कम थिए । साना तिना कठ्घरा र झुपडी घरहरुमा खोलिएका पान पसल र होटलहरुले ढल्केवर धानेका थिए । तरकारीको प्रमुख बजारको रुपमा नाम कमाएको ढल्केवर पूर्वबाट काठमाण्डौ चल्ने रात्री वसहरुको खाना खाने प्रमुख स्थानको रुपमा समेत परिचित थियो ।

दुःखको कुरा ढल्केवरले धेरै समय त्यो साख जोगाईराख्न सकेन । उ वेला ढल्केवरको शान्तिसुरक्षालाई कारण देखाउँदै रात्री वसहरु रोकिन छाडे । मधेश आन्दोलनसगैँ भएको पहाडे समुदायको विस्थापनले त झन ढल्केवरको ब्यापार ब्यवसाय झण्डैझण्डै धारासायी नै बन्यो । खानेपानीको चरम अभाव ढल्केवरको नियती बनेको थियो ।

तर अहिले ढल्केवरको अवस्था फेरिएको छ । पक्कि घरहरु धमाधम बनिरहेका छन् । कठ्घरामा खोलिएका पानपसलहरु पक्कि घरका सटरहरुमा कोल्ड स्टोरकामा रुपान्तरण बनेका छन् । झुपडीमा खोलिएका होटलहरु सुविधा सम्पन्न गेष्ट हाउसमा परिणत बन्ने क्रम जारी छ । उतिवेला अस्तब्यस्त रहने तरकारी बजार ब्यवस्थित कृषि उपज बजारमा परिणत बनेको छ । हप्तामा तीन दिन लाग्ने तरकारी बजारमा काठमाण्डौ , पोखरा , नारायणघाट र भारतीय थोक तरकारी ब्यापारीहरुको लर्को लाग्ने गरेको छ । खानेपानीको सुविधा चौविसै घण्टा उपलब्ध छ ।

ढल्केबरमा शहरीकरण बढेको हो ?

ढल्केवरमा शहरीकरण तिब्र रुपले बढेको छ । राजमार्गले छोएको जग्गा १५ देखी २० लाखको धुरमा धमाधम विक्रिवितरण भईरहेको छ । गत आर्थिक बर्षमा मात्रै पाँच सय ओटा सम्म घडेरीको कित्ताकाट भएको छ । ढल्केवर चोक आसपास भएका जग्गा प्लटिगंहरुले पनि के छनक दिन्छ भने ढल्केवर छिट्ै शहरको रुपमा विकास हुँदैछ ।

ढल्केवरमा उद्योगहरु खुल्ने क्रम पनि बढेको हो ?

ढल्केवरमा नयाँ उद्योगहरु खुल्ने क्रम पनि जारी छ । प्लाई उद्योग , पाइप उद्योग , झोला उद्योग , वायर उत्पादन उद्योग लगायत करिव १२ ओटा उद्योग सञ्चालनमा रहेको छ ढल्केवरमा । ढल्केवरप्रति धेरै उद्यमीहरुको आकर्षण बढेको छ र उनिहरु अहिले उद्योग खोल्नका लागि नगरपालिकासँग समन्वय गरेर जग्गा खोजिरहेकाछन् ।

नयाँ उद्योगहरुको करमा नगरपालिकाले सहुलियत दिने नीति अख्तियार गरेकाले पनि उद्योगी ब्यवसायीहरु ढल्केवरमा उद्योग खोल्न आकर्षित भएका हुन् । साना तथा घरेलु उद्योग खोल्नेहरुको त ढल्केवरमा होडवाजी नै चलेको छ ।

ढल्केवरको शान्तिसुरक्षा चाहिँ कस्तो छ अहिले ?

ढल्केवरको शान्तिसुरक्षामा पनि सवेंदनशिलता अपनाईएको छ । आजभोली ढल्केवरलाई सिसि क्यामराले प्रत्यक्ष निगरानी गरिरहेको छ । स्थानीय प्रहरी प्रशासन , ब्यापारी र राजनीतिकर्मीहरुको पहलमा ढल्केवरका तीन मुख्य चोकमा सिसि क्यामरा जडान गरिएको छ । ढल्केवरका मुख्य मुख्य चोकहरुमा सिसि क्यामरा जडान गर्ने योजनामा नगरपालिका छ । सिसि क्यामराले शान्तिसुरक्षामा सघाउ पुर्याउने भएकोले सवै चोकहरुमा सिसि क्यामरा जडान गरिन लागिएको हो ।

ढल्केवरको ब्यापार ब्यावसाय चाही कस्तो छ आजभोली ?

केही समययता ढल्केवरमा पसल र होटलहरुको सख्याँ उल्लेख्य रुपमा बढ्दै गएको छ । ढल्केवरमा एक हजार बढी खुद्रा पसलहरु छन् भने एक सय बढी खाजा पसल , रेष्टुरेण्ट र आधा दर्जन बढी गेष्ट हाउस र लजहरु छन् । ब्यापार बढाउन ढल्केवरको सौन्दर्यकरण बढाउने तयारी मेरो छ । ढल्केवरको सौन्दर्यकरण बढाउन ढल्केवर चोकको वीचमा रहेको पार्कलाई ब्यवस्थित बनाउदै छु ।

ढल्केवरको सौन्दर्य बढाउन अरु के के गर्दै हुनु हुन्छ ?

ढल्केवर चोक हाताको सडक , ढलको ब्यवस्थित निर्माण , सडकपेटीमा लहरै विजुली वत्ति र ग्रिन बेल्ट अनि बजारलाई बिषयगत क्षेत्रमा विभाजन गर्ने सुझावहरु आएका छन् । स्थानीय जनताको सुझाव अनुसार काम गर्ने योजना बनाएको छु । ढल्केवर चोकको ब्यवस्थापनका लागि महेन्द्र राजमार्ग विस्तार कार्यलाई रुगेँर बसेको छु । निर्माधिन अवस्थामा रहेको महेन्द्र राजमार्गको पूर्व पश्चिम ६ लेनको सडकले प्रभावित हुने हुँदा अहिलेनै ढल्केवरको सडक छेउका भौतिक सरंचना निर्माण नगरेको हुँ ।

ढल्केवरमा ब्यवस्थित पार्किगं नभएको जनगुनासो पनि छ नि ?

जग्गा अभावले ब्यवस्थित पार्किगं निर्माणमा कठिनाई भएको छ । ब्यवस्थित पार्किगंको लागि नगरपालिकाले जग्गा खोजीरहेको छ । पार्किगं मात्रै होईन , छ लेनको पूर्व पश्चिम राजमार्ग बन्न साथ ढल्केवरलाई सुन्दर र ब्यवस्थित बनाउन कुनै कसर बाँकी राखिने छैन । सडक बनुन्जेल हामी सबैले धैर्य गर्नै पर्छ ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



जनताको अपेक्षा धेरै छ, समस्याहरु धेरै छन्--प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी

विकासमा जनप्रतिनिधि एकजुट नभएको देख्दा दुःख लाग्दछ- नगर प्रमुख रामचन्द्र चौधरी

हामी संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बचाउने अभियानमा छौं-आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव

सीके राउतको आत्म कथा

उहाँको सपना पूरा भएको छ, त्यसमै खुशी छु -काशीदेवी झा

नेकपा प्रवेशका लागि हामी आतुर छैनौं - हृदयेश त्रिपाठी संयोजक, स्वतन्त्र राजनीतिक समूह

नेपाल र भारतका भक्तजनहरुको आकर्षण जनकपुरप्रती बढी

सुशासन प्रबद्र्धन गर्दछौं--प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी,गरुडा नगरपालिका रौतहट

प्रअ नै पहिला ‘मोडल’ बनौं ---मीना कोइराला
1 2 3 4 5 6 7 8 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

848044 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top