Krantidwar - उहाँको सपना पूरा भएको छ, त्यसमै खुशी छु -काशीदेवी झा
अन्तरवार्ता

उहाँको सपना पूरा भएको छ, त्यसमै खुशी छु -काशीदेवी झा


अन्तरवार्ता 80 पटक पढिएको क्रान्तिद्वार दैनिक


उहाँको सपना पूरा भएको छ, त्यसमै खुशी छु -काशीदेवी झा
श्रीमान दुर्गानन्द झा सँग आफ्नो जीबनमा मुस्किलले १५ दिन सँगै बिताएकी छु

जनकपुरधाम । विक्रम संवत् २०१८ माघ १९ गते तत्कालीन राजा महेन्द्र शाहको जनकपुरधाम सवारी हुँदा धनुषाको जटहीका १ जना विद्यार्थी दुर्गानन्द झाले बम प्रहार गरेका थिए । राजा चढेको गाडीमा बम प्रहार भएर गाडी क्षतिग्रस्त भएपनि राजा सकुशल रहे । पछि उनलार्ई पक्राउ गरेर मृत्युदण्डको सजाय सुनाइएको थियो ।

उनलार्ई २०२० माघ १५ गते मृत्युदण्ड दिइएको थियो । सफाईको मौका समेत नदिएर २०१९ भदौ १९ गते मृत्युदण्डको निर्णय तत्कालीन विशेष अदालतबाट सुनाइयो । त्यसबेलासम्म नेपालमा ब्राह्मणलार्ई मृत्युदण्ड दिइँदैन्थ्यो । त्यसैले मुलुकी ऐन २०२० भदौ १ गते संशोधन गरियो । विशेष अदालतको अनुमोदन अनुसार मारिकाटी दिने राजदरबारको २०२० पुस ७ गते पत्र जारी भयो । सोही अनुसार उनलार्ई मृत्युदण्ड दिइएको थियो ।

पक्राउ परेपछि के के भयो त ? उनकी पत्नी काशीदेवीको भनाइ उनकै शब्दमा 

उहाँ पक्राउ परेको एक बर्षपछि पुष महिनामा म, मेरो सासु आमा र नातामा ससुरा पर्ने माहिकान्त चौधरी काठमाडौं पुग्यौं । अदालतमा अपिल गर्नका लागि हामी काठमाडौं गएका थियौं । जेलमा हामी उहाँलाई भेट्न गयौं । तर, जेलरले भेट्न दिएनन् । त्रिपुरेश्वरको एउटा गेस्ट हाउसमा हामी डेढ महिना सम्म बस्यौं । अपिलका लागि धेरै वकिल साहेबहरुसँग भेट गर्न गयौं । तर, कसैले पनि सुनुवाई गरि दिएनन् । 

मभन्दा पनि सासु आमालाई उहाँसँग भेटघाट गर्न धेरै छटपटी थियो । त्यो डेढ महिनामा हामी १० पटक भन्दा पनि बढी नै होला, जेल त गयौं, तर उहाँ सँग जेलरले भेट गर्न दिएनन् । हामीसँगै गएको ससुरा चौधरीलाई कहिलेकाहीँ भेट गर्न दिन्थ्यो । उहाँ मार्फत नै जेलमा उहाँलाई आबश्यक पर्ने सामान पठाउने गथर््यौं ।

जुत्ता, लत्ता कपडा, ओछ्याउन, स्वेटर लगायतका सामान उहाँलाई मेरो गाउँले ले नै किनेर जेलमा पठाईदिनु हुन्थ्यो । अन्त्यमा हाम्रो केही पनि नचले पछि हामी गाउँ जटही फर्किन बाध्य भयौं । गाउँले सँगै हामी सासु बुहारी घर फर्कियौं ।

उहाँसँगको अन्तिम भेट 

उहाँलाई सरकारले फांसीको सजाय सुनाएको छ भन्ने बारे हामीलाई कुनै जानकारी नै थिएन । न त कसैले भनेकै थियो । एक दिन मेरो घरमा एक जना पुलिस आएका थिए । उनले मेरो सासु आमालाई बोलाएर तपाईंहरुलाई काठमाडौं जेलबाट बोलाहट आएको छ, जानुस् भनेर भन्यो । 

फेरि हामी तिन जना जेलमा पुग्यौं । जेलमा जाने बित्तिकै हामीले उहाँसँग भेट्ने भन्ने कुरा राख्यौं । जेलरले ठिकै छ, अहिले तपाईंहरु बस्नुस्, सोधेर आउँछु, भन्नुभयो । केही समय पछि हामीलाई उहाँसँग भेट गर्न दिईयो ।

जेलमा आमाले नै उहाँ सँग कुरा गर्नु भयो । कुशल मङ्गल सोध्ने काम भयो । सबै ठिकै थियो । अचानक उहाँले ‘यो अन्तिम भेट हो’ भनेर आमालाई भन्नुभयो । म त आश्चर्यचकित भएँ । भेटघाटमा हालखबर सोध्ने कुरा गर्दा आमालाई यसरी कसैले भन्छ र भन्दै आमाले उहाँलाई गाली गर्नुभयो । 

हामीलाई केही थाहै थिएन । उहाँले त्यो कुरा किन भन्नु भयो । उहाँ चाहिं आमालाई ढोग्दै ठिक सँग बस्नु भनेर भनिरहेका थिए । म निशब्द थिएँ । केही बोल्न सकिरहेको थिईनँ । त्यस पछि पुलिसले अब भेटघाट गर्ने समय सकियो, भन्दै जेलबाट बाहिर ल्याए । 

गाडीमा बसाउदै एक जना पुलिसलाई साथ् लगाएर अहिले लजमा बस्नुस्, पछि बोलाउँला भन्दै लजमा लग्यो । हामीलाई त्रिपुरेश्वरको एउटा लजमा पुर्याईयो । केही समय पछि दुई तीन जना अन्य मानिस पनि त्यही  लजमा आए । ती मानिसहरु पनि पुलिस नै रहेछन् । हामी माथि निगरानी गर्न पठाईएको थियो । 

त्यसै दिन जब रातको १ बज्यो, एक जना पुलिसले आबाज दिंदै हामीलाई उठायो । जेलमा उहाँसँग भेट गराई दिन्छौं, बोलाबा आएको छ भन्दै जान भन्यो । म र सासु आमा जान तयार भयौं । एउटा गाडीमा हामीलाई बसाईयो । त्यहाँ केही मानिस पहिले देखि गाडीमा बसेका थिए । 

जेल पुग्न लाग्दा एक जना पुलिसले एउटा कागज निकाल्दै त्यसमा औंठा छाप लगाउन भन्यो । किन छाप लगाउने भनेर मैले सोधें । त्यसै लगाउनु पर्छ भन्दै भनिरह्यो । होईन, मेरो आमा अक्षर चिन्नु हुन्न, तर म त चिन्छु नि भन्दै कागज देखाउन भनें । नपढी छाप  लगाउदैनांै , भनिरहें । आधा घण्टा जति गाडीमैं पुलिस र हाम्रो बहस भई रह्यो । त्यस पछि  त्यस मध्येका एक जनाले तपाइको छोरालाई फाँसी दिईएको छ, उहाँ मरि सक्नु भयो  । त्यसैले तपाईं यो दुवै जना यो कागजमा छाप लगाउनुस् भनेर कुरा खुलाए ।

यत्ति सुन्ने बित्तिकै आमा त कराउन थाल्नु भयो । म त  लाटी भएँ । केहि बोल्न सकिरहेकी थिइनँ । करिब आधा घण्टा जति आमा गाडीमैं रुनु भयो । त्यस पछि मैले भने ठिकै छ, फाँसी दियौ भने हामीलाई लाश देउ अनि मात्र सहि छाप गर्छौं, भनेर भने । हामी ब्राह्मण समुदाय, पशुपतिमैं लगेर जलाउँला । जनै लगाउनु पर्छ, बिधि साथ् जलाउने भनेर भन्दै रहयौं । तर, उनीहरुले केही पनि सुनेनन् । 

त्यस पछि एक जनाले भन्यो दुई जना महिलाले लाश कसरी लिने, के गर्ने रु धाक धम्की दिन थाल्यो । हाम्रो केही पनि चलेन । सुन्ने कोई पनि थिएन । जबर्दस्ती त्यो कागजमा हाम्रो औंठाको छाप लियो । हामीलाई लाश दिएनन् । उहाँको लाशलाई तिनीहरुले के गरे भन्ने कुराबारे हामीले जानकारी पनि पाउन सकेनौं । 

त्यस पछि काठमाडौंमैं एउटा पुलिसको क्याम्पमा हामीलाई लग्यो । त्यहाँ महिला र पुरुष दुवै प्रहरीहरु थिए । त्यहाँ हामीलाई रात भरि राख्यो । आमा त त्यहाँ रातभर रुँदै कराउंदै रात काट्नुभयो ।  बिहानपख एउटा ट्रकमा एक जना पुलिसको साथ लगाएर हामीलाई वीरगञ्ज पठायो ।  

हामी वीरगञ्जमा गएपछि त्यहाँ फेरी पुलिस ओफिसमैं लग्यो । त्यहाँ पुलिसले हामीलाई थुप्रै प्रश्नहरु सोध्न थाल्यो । तपाईहरुको अब को के कार्यक्रम छ रु तपाईंहरुले अब के गर्ने रु यहाँ किन आउनु भएको छ रु यस्ता प्रश्नहरु  गर्न थाले ।  हामीलाई थाहा छैन, किन यहाँ ल्याईएको हो । हामी केही गर्दैनौं, हाम्रो ज्यान छोड्नुस्, घर जान्छौं भनेर आमाले जबाफ दिनु भयो । एक जना पुलिसलाई साथ् लगाएर गाडीमा रक्सौल सम्म पुर्यायो । त्यस पछि हामी भिठामोड आयौं । त्यहाँ हाम्रो एक जना आफन्त हुनु हुन्थ्यो । उहाँकै घरमा हामी बस्यौं । सबै कुरा सुनायौं । त्यस पछि भोलि पल्ट हामी गाउँ आयौं ।

भारतको गया पुगेर कुशको लाश बनाएर सबै किरिया कर्म गर्यौं । यसरी उहाँको फाँसी बारे सरकारले हामीलाई औपचारिक जानकारी पनि गराएनन्, न त लाश नै किरियाकर्म गर्नका लागि  दियो । 

सासुको सेवामा लागिरहें 

मैले आफ्नो सासुको पीडा देखेको थिएँ । उहाँकै सेवा र सहयोगमा आफ्नो जिबन बिताएँ ।  उहाँको एक मात्र छोरा जन्मिएको ६ महिनामैं उनको श्रीमानको निधन भएको थियो । त्यस पछि जवान छोराको फाँसी भए पछि उनको रेखदेख गर्नु पर्छ भन्दै सासु सँगै गाउँमा बसें ।

माइती पक्षबाट भाई शशी ठाकुरले माइत नै आएर बस भनेर भन्दा पनि माइत कहिल्यै गएर बसिनँ । सासु बिरामी हुँदा उपचार गर्न पैसा थिएन । खेत बेचेर उहाँको उपचार गराएँ । १५ बर्ष अघि उहाँ पनि बित्नु भयो । त्यस पछि मात्र माइतमा भाई कहाँ बस्न थालें । 

श्रीमानसँगको १५ दिनको मात्र बसाई 

श्रीमान दुर्गानन्द झा सँग आफ्नो जीबनमा मुस्किलले १५ दिन सँगै बिताएकी छु । १४ बर्षको उमेरमा मेरो बिबाह दुर्गानन्द झासँग भएको थियो । मंसिर महिनाको बिबाह पञ्चमीको दिन उहाँ सँग बिहे भएको थियो । त्यति बेला उहाँ १७ बर्षको हुनु हुन्थ्यो । उहाँ भारतको बिहार स्थित उभगाउँमा पढ्दै हुनु हुन्थ्यो । होस्टेलमै बस्नु हुन्थ्यो । बिहे भएको बेला जम्मा जम्मी ८ दिन उहाँ मसँगै मेरो माइत धनुषाकै कुम्हरौडामा बस्नु भयो । त्यस पछि उहाँ गाउँ फर्किनु भयो । गाउँ फर्किए लगत्तै फेरी होस्टेल जानु भयो ।

 त्यस पछि त्यहि सालको बैशाख महिनामा मेरो दुरागमन भयो । पहिलो पटक बुहारी बिदाई भएर ससुराली जाने कुरालाई ब्राह्मण समुदायमा दुरागमन भन्ने गरिन्छ । म पहिलो  पटक ससुराली पुगें । धनुषाको जटही मेरो ससुराली हो । दुरागमन भएको ४ दिनमैं उहाँ होस्टेल जानु भयो । विद्यालयमा छुट्टी भएको बेला दुई चार दिनका लागि गाउँ आउनुहुन्थ्यो । आमा सँग पढाइको खर्चा लिएर जानु हुन्थ्यो ।

त्यति बेला सम्म हामीलाई केहि पनि थाहा थिएन की उहाँ कुन राजनीतिमा लाग्नु  भएको छ । पछि आमाले भन्नु हुन्थ्यो की उ त बिक्रम सम्बत २०१५ साल देखि नै बिद्यार्थी राजनीतिमा लागेको रहेछ ।  गाउँ आउँदा महात्मा गान्धीको किताब, सुभाष चन्द्र बोसको किताब ल्याउनु हुन्थ्यो । र, आमालाई किताब देखाएर भन्नु हुन्थ्यो की म उहाँहरु जस्तो कहिले बन्न सक्छु ।

कहिले काहीं गाउँ आउँदा आमा सँगको कुरामा भन्ने गर्नुहुन्थ्यो की यो देशमा अहिले माहौल ठिक छैन । कुनै पनि बेला राजा र प्रजा बीच लडाई हुन सक्छ । र, राजा सँगको त्यो लडाईंमा प्रजाको तर्फबाट आक्रमण गर्ने पहिलो मान्छे म नै हुन्छु भनेर आमालाई भन्नु हुन्थ्यो । त्यस पछि आमा खुब रिसाएर उहाँलाई गालि पनि गर्नु हुन्थ्यो । राजा सँग तैंले किन लड्ने, राजा सँग प्रजा कहीं लडाई गर्छ भनेर भन्नु हुन्थ्यो ।

त्यसै क्रममा एक दिन राजा महेन्द्र जनकपुरधाम आउनु भएको रहेछ । जानकी मन्दिरमा पूजा गर्न आएका बेला उहाँ चढेको गाडीमा बम प्रहार गर्नु भयो भन्ने हल्ला चलेपछि मात्र हामीले थाहा पायौं की उहाँ के गर्नु हुन्थ्यो । कुन राजनीतिमा लाग्नु भएको थियो । 

माघ १ गते मकर संक्रान्ति तीला संक्रान्तिको पर्वमा उहाँ गाउँमा आउनु भएको थियो । खाना खाएर फेरी उभगाउँ फर्किनु भएको थियो ।  त्यसै महिनाको केही दिन बिते पछि माघमैं अचानक जनकपुरमा बम काण्ड बारे हल्ला चल्यो । पछि त्यसमा उहाँकै नाउँ आएपछि मात्र हामीले जानकारी पाएका थियौं । उक्त घटना पछि उहाँ भारतको बिहारकै जयनगरमा बस्नु हुन्थ्यो । मैले आफ्नो गर्भमा रहेको छोराको जन्म दिएको थिएँ । तर, जन्मिने बित्तिकै उक्त बच्चाको निधन भएको थियो ।

त्यो सबै  दुख एक साथ् हाम्रो परिवारमा आइलागेको थियो । उहाँलाई कहिले काहीं सासु आमाले भारतको जमुनी तिर गएर भेट्नु हुन्थ्यो । त्यस पछि म त्यसै बर्ष फागुन महिनामा आफ्नो माइत आएँ ।

माइतमा आई सके पछि चैत्र महिनामा एक दिन मेरो बुवाले उहाँलाई जयनगरमा गएर भेट्नु भयो । उहाँ फर्केर आए पछि मैले पनि गाउँको एक जना मानिसलाई साथ् लिएर भोलि पल्ट जयनगर पुगें । 

त्यहाँ उहाँ सँग एक दिन र एक रात बसें । मैले उहाँलाई धेरै गाली गरें । कम से कम तपाईंले  आफ्नो आमाको बारे त सोच्नु पथर््यो । तपाईं जन्मिएको चार महिनामैं तपाइंको बुवाको निधन भएको थियो । चार महिने बालकलाई कति दुख सहेर बिधवा महिलाले तपाइंलाई पाल्यो । पालन पोषण गरेर २० बर्षको बनायो । तपाइंलाई पढ्न पो उभगाउँ पठाएको थियो । राजनीति गर्न त होईन नि । तर, उहाँले केही पनि जबाफ दिनु भएन ।

तपाईं त्यहाँ बाट एसएलसी पनि उत्तीर्ण गर्नु भयो । तर, राजालाई बम हान्ने काम त गर्नु हुन्थिएन, किन गर्नु भयो भन्दै गाली गरेकी थिएँ । उहाँले हाँस्दै  जबाफ दिनु भयो, ‘मैले त आमालाई भनेकै थिएँ की म बिबाह गर्दिन । मलाई त राजा बिरुद्धको लडाईमा लड्नुछ भन्ने कुरा थाहा भएकैले बिहे नगर्ने भनिरहेको थिएँ ।’ ठिकै छ, जे भयो भयो । अब तिमीले आमाको हेरचाह गर्न छौ नि त । मलाइ अब केको चिन्ता भन्दै उहाँले मलाई सम्झाई बुझाई घर फर्काई दिनु भयो ।

त्यस लगत्तै असार महिनामा उहाँ आएर गिरफ्तारी दिनु भयो । भारतको जयनगर बाट रेल चढेर आउँदै गर्दा उहाँ गिरफ्तार पर्नु  भएको थियो । त्यस अघि सम्म मेरो र उहाँको भेटघाट हुन सकेको थिएन । जयनगरमा मात्र भेट्न सकेका थियौं ।

अहिले ७२ बर्षकी भएकी छु । आफु पनि बिरामी छु । भाईले हेरचाह गरिरहेको छ । अब उहाँको सपना पूरा भएको छ, त्यसमै खुशी छु । गणतन्त्र आई सक्यो, उहाँको सपना पूरा भयो ।



सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



जनताको अपेक्षा धेरै छ, समस्याहरु धेरै छन्--प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी

विकासमा जनप्रतिनिधि एकजुट नभएको देख्दा दुःख लाग्दछ- नगर प्रमुख रामचन्द्र चौधरी

हामी संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बचाउने अभियानमा छौं-आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव

सीके राउतको आत्म कथा

उहाँको सपना पूरा भएको छ, त्यसमै खुशी छु -काशीदेवी झा

नेकपा प्रवेशका लागि हामी आतुर छैनौं - हृदयेश त्रिपाठी संयोजक, स्वतन्त्र राजनीतिक समूह

नेपाल र भारतका भक्तजनहरुको आकर्षण जनकपुरप्रती बढी

सुशासन प्रबद्र्धन गर्दछौं--प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी,गरुडा नगरपालिका रौतहट

प्रअ नै पहिला ‘मोडल’ बनौं ---मीना कोइराला
1 2 3 4 5 6 7 8 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

847833 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top