Krantidwar - मैले भोगेको कष्ट र अपमान अब नयां संकल्पमा रुपान्तरित भएको छ –जयप्रकाश गुप्ता–
विचार/विश्लेषण

मैले भोगेको कष्ट र अपमान अब नयां संकल्पमा रुपान्तरित भएको छ –जयप्रकाश गुप्ता–


विचार/विश्लेषण 4 पटक पढिएको । –जयप्रकाश गुप्ता– क्रान्तिद्वार दैनिक


मैले भोगेको कष्ट र अपमान अब नयां संकल्पमा रुपान्तरित भएको छ –जयप्रकाश गुप्ता–
मधेसका पार्टीहरूले मुद्दा छोडे तर मधेसी जनताले मुद्दा छोडेका छैनन्

कारावासमा मेरो यो बार्हौां महिना बित्दैछ । मलाई षडयन्त्रपूर्वक किन जेलमा हालियो(यस वारेका केही तथ्य कुराहरू मैले सार्वजनिक पनि गरिसकेको छु, अरु कुराहरू भविष्यमा स्पष्ट हुदै जानेछन् । मैले यहां जेलमा भोगेका सबै कष्ट र अपमानहरू अब मेरो नयां संकल्पमा रुपान्तरित भैसकेको छ । म भविष्यमा, जीवनपर्यन्त नै आफ्ना प्रजातिन्त्रक आस्था र विश्वास अनुसार अविचलित रूपमा संघर्ष पथमा नै रहन्छु । नेपालका मधेसी समुदाय लगायत उपेक्षित, उत्पीडित, विभेद तथा बहिष्करणमा पारिएका अन्यसबै समुदायहरूको हीतमा हुने संघर्षमा एक लडाकुको रूपमा रिहरहने छु(मैले माथी भनेको संकल्प यही नै हो । यो अन्यायी तथा विभेदकारी, एकात्मवादी राज्यव्यवस्था र यसका पृष्ठपोषक ुस्थायी सत्ताु का विरुद्धको लडाई अब हामीले नयां रुपमा लड्नु परेको छ । लामो समयसम्म चल्ने यस लडाईमा म पनि रहनेछु । मैले भोगेको दुःख तथा अपमानलाई बिर्सने यही नै एक बाटो हो । अब यो मेरो निर्विकल्प पथ भएको छ ।

मुलुकको राजनीतिमा अहिले परिवर्तनकारी शक्तिहरू कमजोर भएका छन् । देशमा कायम रहेको एकात्मवादी ुस्थायी सत्ताु लाई नयां राज्यव्यवस्थामा रूपान्तरित गर्ने दोस्रो जनआन्दोलन र दुबै मधेस विद्रोहको कार्यभार अनुसार अगाडी बढ्ने सबै समुदाय र पक्षहरू अहिले कमजोर तथा मथ्थर भएका छन् । आजको माओवादी पार्टी, जसले जनयुद्धका समय ुमधेसी राष्ट्रिय मुक्तिमोर्चाु खडा गरेको थियो(त्यस पार्टीका स्वाभिमानी मधेसीहरू कि मारिए, षडयन्त्रपूर्वक पार्टीबाट निकालिए, कि अहिले एजेण्डा खोसिएर तानाशाह नेताहरूका दास भएका छन् । अब ुमधेसी राष्ट्रिय मुक्तिमोर्चाु मधेसमा माओवादीको चुनाव प्रचारको ुलाउडस्पीकरु वाहेक केही रहेन ।

नेपाली कांग्रेसमा रहेका मधेसीहरू भनेकै ुमधेसका अन्तःस्करण बेचिएका मृतआत्माु भएका छन् । त्यस पार्टीमा उनीहरूको आफ्नो कुनै ुविचारु तथा ुसामुदायिक पक्षु छैन । यसरी नै एमाले पार्टी मधेसी समुदायको चिहान वा कव्रिस्तान भएको छ । यहां असंख्य मधेसीहरूको विकसित चेतनालाई हरेकदिन नेताहरूबाट हत्या गरिन्छन् । एमालेमा रहेका मधेसीहरू प्राचीन, दासयुगीन अवस्थामा दिन काट्दैछन । यो मेरो आरोप होईन, बरु घटनाक्रमले सिद्ध गरेको सत्य यही नै हो । संविधानसभा भंग गरिनु भन्दा केहीदिन पहिले कांग्रेस र एमालेले केही अपवाद वाहेकका आफ्ना मधेसी तथा जनजाति सभासदहरूलाई जसरी संघीयता र राज्यको रूपान्तरणका विरुद्धमा प्रयोग हुन बाध्य गराए(यसबाट अब सबैले बुझ्नु परेको छ कि, बरू इश्वरको दरबारमा पापीको बास हुनसक्छ(तर कांग्रेस(एमालेमा मधेसीको स्थान हुनसक्दैन । मधेसको एजेण्डाको त कुरै भएन ।

यिनै कांग्रेस र एमालेको उन्नतिकालागि बेठ(वेगारी गर्दै आएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई मैले नै मधेसको उद्देश्यका प्राप्तिको लागि जीवन्त बाटोमा हिडाएको थिए । यो केहीकाल आशाको केन्द्रबिन्दु अवश्य भएको थियो । तर, अब यो मधेसको मूलध्येय प्राप्तिको बाटोबाट पूर्णतः विचलित भैसकेको छ । यो स्वयं आफु चल्न नसक्ने तर मेशीनलाई चलाउनमा मद्दत गर्ने सहयोगी पाटपुर्जा भएको छ । यसैको अर्को रूप मधेसी जनअधिकार फोरम, नेपाललाई बनाइएको छ । यी दुबैबाट अब मधेसले आफ्नो कुनै लक्ष्यको प्राप्ति गर्न सक्दैन । संक्षेपमा, सत्य भन्नुपर्दा यस मोर्चाको विनास हुनु नै मधेसले फेरी एकपटक संघर्ष र आत्मसम्मानको बाटोमा हिड्न सक्नु हो । मधेसका सशस्त्र समूहहरू कहिलेपनि आफ्ना क्रियाकलापलाई राजनीतिक तथा राज्यसत्ताको विरुद्धमा रहेको प्रमाणित गर्न सकेनन् । केही अपवाद वाहेक आज प्रायसः सशस्त्र समूहहरू वार्ताको नाममा गृहमन्त्रालय र शांति मन्त्रालयमा तारेख बोक्दैछन् । शांतिपूर्ण राजनीतिमा सरिक हुने निहुंमा धमाधम मधेसी तथा गैरमधेसी सरकारी पार्टीहरूमा विलयका लागि प्रस्ताव गरिरहेका छन् ।

मैले माथी उल्लेख गरेको यही परिस्थितिको आधारमा भनेको हुं कि, परिवर्तनकारी शक्तिहरू कमजोर तथा मथ्थर भएका छन् । तरपनि मधेसी जनताको यो आन्दोलन मर्दैन । इतिहास साक्षी छ, राजनीतिक चेतनाको एकदमै थोरै विकास भएको अवस्थामा पनि साना पार्टीहरू र सीमित व्यक्तिहरूको सार्थक प्रयासले पनि मुलुकहरूमा युगान्तकारी परिवर्तनहरू भएका छन् । नेपालमा पनि युगान्तकारी परिवर्तनहरू भएको छ । केही पार्टी निस्क्रिय हुनसक्छन्, कोही विचलित र पथभ्रष्ट हुनसक्छन् । केहीलाई राज्यसत्ताले खरीदगरेर दास बनाउन सक्छन्(तर, अहिले मधेसमा बसोवास गरिरहेका नेपालको कूल जनसंख्याको बत्तीस प्रतिशत भन्दाबढी रहेको तराई(मधेसका घर्तीपुत्र समुदायहरू कसैको दास हुन सक्दैनन् । यस उन्नत र विद्रोही जनचेतनालाई सिंहदरबारका व्यापारीहरूले अब खरीद गर्न सक्दैनन् । अहिले माओवादी(कांग्रेस(एमाले र मधेसका कथित मोर्चाहरूमा रहेका ुअड्हतियाु व्यापारीहरूले अब खरीदगर्ने बस्तु होइन्म।धेसको नयां चेतना । मधेसका वारेमा खोज गर्ने, अध्ययन गर्ने अध्येताहरू, पत्रकारहरू त्यहांबाट फर्केर आई यही कुरा भनिरहेका छन्म।धेसका पार्टीहरूले मुद्दा छोडे तर मधेसी जनताले मुद्दा छोडेका छैनन् ।ू

अहिले मधेसमा विकसित भएको यस विद्रोही नवचेतनालाई संगठित गर्नु हाम्रो दायित्व तथा कर्तव्य भएको छ । देशमा, समाजमा विद्यमान गरिवी, अन्याय, उत्पीडन, दासता, विभेद र बहिष्करण कुनै ुदेवता तथा गांउका डिहवारहरूु रिसाएर उत्पन्न भएका होईनन् । यो गलत तथा विभेदकारी राजनीतिक व्यवस्थाका नियोजित उपज हुन् । तसर्थ, यसको निदानकालागि ुराजनीतिक व्यवस्था र राज्यसत्तामाु नै आमूल परिवर्तन हुनुपर्दछ । यदि कुनै राज्यव्यवस्थाले जनता(जनता बीचको विभेद र उसको दारुण स्थितिमा परिवर्तन ल्याउन सक्दैन भने त्यसलाई बदल्नु पर्दछ । यदि कुनै राज्यसत्ताले विभेद, उत्पीडन, अन्यायलाई समाप्त गर्न सक्दैन भने त्यस राज्यसत्तालाई ढाल्नु(ढाहनु पर्दछ । सरकारहरू यदि परिवर्तनका संवाहक हुन सक्दैनन् भने त्यस सरकारबाट जनताका प्रतिनिधिहरू बाहिर आउनु पर्दछ(यी कुराहरू कुनै नयां कुराहरू होइनन् । सर्ववकालिक सत्य हुन् । मधेसी जनताले अब यही सत्यको प्राप्तिकालागि नयां संगठनात्मक स्वरुप ग्रहण गर्नु पर्दछ ।

बुद्ध र गांधीले भनेको ुसंघम् शरणम् गच्छामीु यही हो । विद्वतामा महारत हासिल गरेका भारतका भीमराव अम्वेडकरले यसै निम्ति पार्टी बनाउनु परेको थियो । आजभन्दा सयबर्ष पहिले लेनिनले भनेका थिए(ूविश्वकै पार्टीहरूका इतिहासले हामीलाई के सिकाउंछ भने परिवर्तनकारीहरूको आफ्नो पार्टी नभएमा, परिवर्तनकारीले विजय हासिल गर्न सक्दैनन् । अवसरवादबाट मुक्त, सम्झौतावादी र समर्पणवादलाई मुलाहिजा नगर्ने र राज्यसत्ताप्रति क्रान्तिकारी दृष्टिकोण अपनाउने पार्टीहरू मात्र मुलुकमा परिवर्तन ल्याउन सक्दछ । घरेलु शांतिको स्थितिमा जन्मेका अवसरवादीहरू, सामाजिक सुधारका सपना देख्नेहरू र लडाईबाट डराउनेहरू जनताका परिवर्तनकामी पार्टी हुन सक्दैनन् ।ू कम्युनिष्ट विचारधारा तथा शासन व्यवस्थावारे हाम्रो असहमति हुनसक्छ । तर, परिवर्तनका लागि गठन गरिने पार्टीका वारेमा भने लेनिनको उक्त विचार संसारकै लागि उदाहरणीय छ । मधेसको लागि शत्तप्रतिशत उपयुक्त र दिशा निर्देशक छ ।

मधेसी पार्टीहरूले मधेस विद्रोहपछि ूसडक, सदन र सरकारमा रहेर संघर्ष गर्नेू भनेका थिए । वि।स। २०६४ सालमा संविधानसभाको गठन र २०६९ सालमा यसको विघठन भएबीचको मधेसी राजनीतिले सिद्ध गरेको छ कि, अवसरवादीहरू, सामाजिक सुधारका सपना देख्नेहरू र लडाईबाट डराउनेहरूले सडक, सदन र सरकारमा कही पनि रहेर परिवर्तनको नेतृत्व गर्न सक्दैनन् । गत जेठ १४ गतेपछि त सत्तामा रहेका मधेसी पार्टीहरू पथभ्रष्टताका नीचनमूना भएका छन् । मधेसको आधारभूत राजनीतिक सवालहरूको निदान त झन् यस प्रवृतिका साथ सरकारको मोर्चाबाट संभवनै छैन । नेपालको ुस्थायी सत्ताु मा परिवर्तन नहुञ्जेल यो किमार्थ पनि संभव छैन । तसर्थ, समयको यस सन्देशलाई आत्मसात गरेर अब एक नयां क्रान्तिकारी अभियान र पार्टी निर्माण गर्नुको कुनै विकल्प रहेन ।

नयां काम गर्न र जनताको पक्षमा जुटेर लाग्न कहिले पनि ढिलो हुदैन । कुनैपनि न्यायोचित आन्दोलनको तत्काल असफलता कहिलेपनि त्यस आन्दोलनको अन्त्य भएको मानिदैन् । यसको लागि सतत् संघर्ष हुनुपर्दछ । यही प्रयोजनका लागि मैले मधेसी जनअधिकार फोरम ९गणतान्त्रिक० को स्थापना गरेको थिए । यस पार्टीलाई, म जेलमा पारिएपछि अवसरवादी खरिदकर्ताहरूले खरिद गरें । यो राज्यसत्ताको दलाल भएको छ र यही रोगबाट ग्रस्त भई अस्तित्वविहीन हुनेछ । अब एक नयां शसक्त, क्रान्तिकारी अभियान बनाएर अन्ततः पार्टी निर्माणको कार्यमा जुट्नु परेको छ ।

म अहिले जेलमा रहेको अवस्थामा, यसका लागि देशभरका साथीहरूले मलाई उत्साहित पार्नु भएको छ । मार्गदर्शन गर्नु भएको छ । अनेकन् अवरोध तथा व्यवधानका बावजूदपनि अनवरत् साथीहरू भेट्न आईरहनु भयो । हामीले यही जेलमै पनि गंभीर रुपमा छलफल तथा विचार विमर्श गर्यौंव । यी सबको फलस्वरूप एक क्रान्तिकारी पार्टीको निर्माणको पूर्वाधारका लागि अहिले एक राजनीतिक तथा अधिकारवादी अभियानको निर्माण गर्ने बिषय सान्दर्भिक ठान्दछु । केही अघि मैले एक अपिलमा भनेको थिए(मेरो अगाडी खुला आकाश छ । नयां मार्गचित्र छ । म संग जोडिएका साथीहरूलाई केहीकाल पर्खन आग्रह गरेको थिए । अब हामीले आफ्ना गतिविधीहरूलाई बढाउनु परेको छ । यसर्थ, साथीहरूले प्रस्ताव गर्नु भएको ूराष्ट्रिय अभियानू लाइ अगाडी बढाउनु उचित हुन्छ । यसमा सबैको सहयोग रहनु पर्दछ । 

माघ २३, २०६९ साल




कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार