Krantidwar - मधुश्रावणी गीत प्रतियोगिता
साहित्य

मधुश्रावणी गीत प्रतियोगिता


साहित्य 70 पटक पढिएको


मधुश्रावणी गीत प्रतियोगिता
राजविराज, ७ साउन । मधुश्रावणी पर्वको अवसर पाररे मैथिल महिला परिषद्द्वारा राजविराज स्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय प्राङ्गणमा शनिवार मधुश्रावणी गीत प्रतियोगिता आयोजना गरियो ।

प्रतियोगितामा कविता देव प्रथम, मनोरमा झा द्वितीय, शिला देव तृतीय र हिना झाले सान्त्वना स्थान प्राप्त गरेकी छिन् । प्रतियोगितामा मीना झा, तेतरी सदा, देवी गुप्ता, शान्ति देव, सुनिता मेहता, मुना झा ९क र ख०, वैष्णो देवी लिला गुप्ता, बुचनी देवी देव, बबिता देव, सुगन्धा झा, नितु झालगायतका महिलाहरुले मधुश्रावणी सम्वन्धि गीत प्रस्तुत गरेकी छिन् । मैथिल महिला परिषदकी अध्यक्ष शान्ति झाको अध्यक्षता तथा मालती चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त अवसरमा मैथिली साहित्य परिषद् राजविराजका अध्यक्ष अशोक कुमार झा, पूर्व अध्यक्षद्वय देवेन्द्र मिश्र, शुभचन्द्र झा, परिषद्का सचिव श्यामसुन्दर यादव, कोषाध्यक्ष पंकज कुमार झा, सदस्य हितनारायण लाल दास, अन्तर्राष्ट्रिय मैथिली परिषद् नेपालकी अध्यक्ष करुणा झा, साहित्यकार साधना झा, बन्दना मिश्र, मैथिल महिला परिषद्की पूर्व अध्यक्ष सबिता दास, विद्या झा डैजी, पिंकी झालगायतले मधुश्रावणी पर्वको विषयमा मन्तव्य व्यक्त गरे । सोही अवसरमा परिषद्ले बहिरा बालक विद्यालयकी प्रधानाध्यापक शिला शर्मा, परिषद्की पूर्व अध्यक्ष सबिता दास र पत्रकार ध्रुव कुमार मण्डललाई सम्मान गरिएको छ ।




कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

848062 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top