चिसो प्रभावित बालबालिकालाई डा. राजेश अहिराजले गरे कम्बल सहयोग

सर्लाही,८ पुस / बढ्दै गएको चिसोबाट बच्नका लागि सर्लाहीको मलंगवामा रहेको बाल मन्दिरमा कम्बल वितरण गरिएको छ ।
मधेश मामिलाका जानकार तथा मधेश मिडिया हाउसका अध्यक्ष डा. राजेश अहिराजले सोमबार बाल मन्दिरमा कम्बल हस्तान्तरण गरेका हुन् । बाल मन्दिरमा १२ जना अनाथ बालबालिकाहरु छन् । चिसोका कारण प्रभावित भइरहेका बालबालिकाहरुका लागि डा. अहिराजले बाल मन्दिरलाई कम्बल सहयोग गरेको बताएका छन् । प्रत्येक वर्ष चिसोका कारण तराई मधेशको जनजीवन प्रभावित हुंदै गइरहेको छ ।
चिसोबाट सबभन्दा बढी प्रभावित बालबालिका र वृद्धवृद्धा हुने गरेका छन् ।
मधेशमा आइरहने यस्ता प्राकृतिक आपदाहरुबारे डा. अहिराजले आवाज उठाउदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here