रौतहटका उखु किसानले उद्योगमन्त्री भट्टलाई भेटे

उखु उत्पादन संघ रौतहटका पदाधिकारीहरुले मंगलबार उद्योग मन्त्री लेखराज भट्टलाई भेट गरेका छन् । उक्त अवसरमा रौतहट जिल्लाको गरुडामा रहेमा श्रीराम सुगर मिल्स सञ्चालन र किसानहरुको बाँकी बक्यौता रकम भुक्तानीबारे मन्त्री भट्टको ध्यानाकर्षण गराइएको थियो । पूर्व उद्योग मन्त्री , सांसदहरु, पूर्व सभासद् सहितको उखु किसानहरुको टोली समक्ष मन्त्री भट्टले श्रीराम सुगर मिल सञ्चालन र किसानको भुक्तानीका लागि आफूले पहल गर्ने र यसबारेमा बिहीबार मन्त्रायलयमा सम्बन्धित पक्षको बैठक राखी अन्तिम टुंगो लगाउने बताएको संघका कोषाध्यक्ष मनोज सहनीले जानकारी दिए । उक्त टोलीमा पूर्व उद्योग मन्त्री तथा सांसद अनिलकुमार झा, सांसद सरला यादव, रेखा झा, पूर्व सभासद् रामकुमार भट्टराई , प्रदेश सांसद नागेन्द्र राय यादव लगायत उखु उत्पादक संघ रौतहटका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । श्रीराम सुगर मिल्सले उखु क्रसिङ सिजन २०७१/७२ को १२ करोड र क्रसिङ सिजन २०७५/७६ को ३० करोड गरी ४२ करोड रुपैयाँ किसानहरुलाई भुक्तानी दिन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here