जनता सम्म प्रहरीको पहुँच बलियो बनाउन प्रहरी महानिरीक्षक खनाल सक्षम

काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिको तीव्र विवादको चुली सेलाएको थिएन । त्यसबेला आईजी थिए प्रकाश अर्याल । संगठनको प्रमुख हुने भन्दा उनको काम खासै गतिलो देखिएन, संगठनका बढुवादेखि अनेक प्रकारका विषय उल्झनमा थियो ।

सोही क्रममा डीआईजीबाटै फुत्त आईजी नियुक्ति गर्न सरकारमा दबाब भयो । आईजी नियुक्त हुनासाथ भद्रगोल संगठनलाई लयमा बाँध्नुपर्ने चुनौती पनि थियो । यो चुनौती काँधमा फूलीसँगै थापे, सर्वेन्द्र खनालले । एकातिर भद्रगोल संगठनलाई गति दिनुपर्ने, अर्कातिर समाजका हरेक पाटामा प्रहरीको छवि राम्रो बनाउनुपर्ने चुनौती थियो ।

जीवनभर गरेको जागिरमा यो चुनौती नस्वीकार्ने कुरै भएन । आखिर चुनौतीसँगै खेल्न रुचाउने अधिकृतको परिचय स्थापित गरेका थिए खनालले । अहिले प्रहरीले एउटा सुदृढ लय समातेको छ । संठनात्मक संरचना पनि गतिलो हिसाबले अघि बढिरहेको छ । यसबाहेक जनतासम्म प्रहरीको पहुँच बलियो बनाउन खनाल सक्षम भएका छन् । शान्ति सुरक्षालगायतका काममा प्रहरी सक्रिय र सफल नै रहेको देख्छन् । ‘यो निकायको उच्च तहमा बसेर मैले मूल्यांकन गर्दा, सबै चिज राम्रै भएको देख्छु, गरिरहेको भेट्छु,’ उनी भन्छन् ।

गुण्डाले टाउको उठाएका छैनन्, विविध ठाउँमा हुने डकैती, लुटपाट वा अन्य अपराधको न्यूनीकरण नै भएको छ । त्यो त सरकारले गरेको मूल्यांकन, प्रहरी आफैले गरेको कामको समीक्षाले पनि देखाएकै छ । त्यसो त प्रहरीको आन्तरिक मूल्यांकनमा ९७ प्रतिशतभन्दा बढी कार्यप्रगति भएको छ । अपराध अनुसन्धानमा सफल भएको तथ्यांक नै छ । महान्यायाधिवक्ताको कार्यालयको प्रतिवेदनले अपराध अनुसन्धानमा ७८ प्रतिशत सफलता पाएको भन्ने आधिकारिक विवरण प्रस्तुत गरेको छ ।

समुदाय–प्रहरी साझेदारीको प्रभाव
‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम खनालको ड्रिम थियो । अहिले समुदायका हरेक नागरिकसम्म प्रहरीको पहुँच सरल बन्यो । ७५ हजार ९ सय २७ जना रहेको प्रहरी संख्यामा दैनिकजसो कार्यरतचाहिँ ६४ हजार तीन सय २३ जना छन् । संयुक्त राष्ट्र संघको मापदण्डका आधारमा एक प्रहरी बराबर ३ सय ३३ जना लाभान्वित हुनुपर्छ । तर नेपाल प्रहरीको संख्याको आधारमा ४ सय ३५ जना पर्न जान्छन् । यस्तो अवस्थामा पनि प्रहरीको कार्यप्रगति अन्य सरकारी निकायको तुलनामा उच्चतम छ ।

यसमा समुदाय–प्रहरी साझेदारीको भिजनले ठूलो मद्दत गरेको छ । ७ सय ५३ स्थानीय तहका सरकारसँग सम्झौता गरेरै यो कार्यक्रम अघि बढिरहेको छ । प्राज्ञिक विज्ञताको उपयोग, अध्ययन अनुसन्धान र पाठ्यक्रम विकास, स्रोत व्यक्ति तथा स्वयंसेवकसम्म प्रहरी, सुरक्षा सचेतना, सूचना प्रविधिको विकासलगायतका रोडम्यापकै आधारमा प्रहरी अगाडि बढेको छ ।

प्रहरी–समुदाय साझेदारी अन्तर्गत नै ७७ जिल्ला समिति, ७४५ पालिका समिति, ६ हजार ३१६ वडा समिति, ७ हजार १९० टोल समिति, ७ हजार ३९१ प्रहरी विद्यालय सम्पर्क समिति बनिसकेका छन् । हालसम्म तयार पारिएको तथ्यांकअनुसार ५ हजार ४९१ सचेतनाका कार्यक्रम भए, जसमा ५ लाख ६२ हजार ६३२ जनाको प्रत्यक्ष सहभागिता भयो । यो संख्या अहिले बढेको छ । सम्बन्धित जिल्ला प्रहरी कार्यालय अथवा त्यस्ता इकाइमा सर्वसाधारणसँग ४३० सार्वजनिक सुनुवाइका कार्यक्रम पनि भइसकेका छन् भने १ हजार ६३८ त प्रचारमुखी काम पनि भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here