रौतहट जिल्लाको परोहा नगरपालिका वड़ा नम्बर २ जिगाडि़याका कार्यवाहक वड़ा अध्यक्ष तपिन्द्र यादवले बाटोमा सोलिंग गरेको इट उखालेर निजी प्रयोगमा लगाएको रहस्य खुलेको छ ।
निर्वा्चित वड़ा अध्यक्ष कर्तव्य ज्यान मुद्दामा परेपछि कार्यवाहकको जिम्मेवारी पाएका नेकपा माओवादी पार्टीबाट निर्वा्चित वड़ा सदस्य यादवले २०६७ सालमा जिल्ला विकास समितिको आर्थिक सहयोगमा बाटोमा गरिएको सोलिंगको ईटा लगि आफ्नो घरमा लगाएको कार्यपालिका सदस्य ब्रिज लाल हजराले आरोप लगाएका छन ।
बाटो सोलिंगको उपभोक्ता समितिको अध्यक्ष समेत रहेका हजराले १ सय ५० मीटर सड़कमा इटको सोलिंग गरिएको दावी गरेका छन । उहाले नाला निर्माण तथा सड़क ढलान गर्नु पर्ने भन्दै उक्त १८ हजार ईटा लागेको बताए ।
रामएकवाल साहको घर देखि सानो साहको घर हुदै उतर विनोद महतोको घर सम्म सोलिग गरिएको बाटोमा रहेको सार्वजानिक सम्पति कार्यवाहक वड़ा अध्यक्ष यादवले बलजवर्दस्ती उखेलि लागेको स्थानीय विश्वनाथ साह कलवारले बताएका छन । संपन्न परिवार भएको यादवले विरोध गरेकोमा मारपीट समेत गर्ने गरेको बताउँदै साहले तानाशाही देखाउने गरेको ठोकूवा गरे । वड़ा अध्यक्ष यादवले बाढ़ी पीडि़तको लागि आएको राहतमा समेत अनियमितता गरेको अरुण प्रसाद यादवले बताएका छन ।
बाढीको पानी निकासको लागि भन्दा वड़ा अध्यक्ष यादवले रसिले बाँधेर मारपीट गरेको मौजेलाल यादवले बताए । उनले भने ५ वर्ष राज गर्छु भन्दै धाँधली गर्ने गरेको छ ठूलो परिवारको संख्या भएको भरमा ज्यादती गर्दै आएको उहाको भनाई रहेको छ । वड़ा अध्यक्ष यादवले बाटोमा गरिएको सोलिंगको इट ल्याएको स्वीकार गरेका छन । बाटोको इट २ हजार ५ सय मात्र ल्याएको उनले दावी गरेका छन ।
सड़कमा प्रयोग भएको इट ल्याएर आफ्नै घरको अगाडी चौतरा निर्माण गर्न लागेको छ । यादवले सार्वजानिक रुपमा प्रयोग हुने उदेश्यले चौतरा निर्माण गर्न लागेको बताए । उनले भने आफ्नो जग्गामा बनाई रहेको चौतरा सवैले प्रयोग गर्ने छन पछि निजी प्रयोगमा लिने समेत बताए ।
इच्छा भए प्रयोग गर्न दिने नभए कव्जामा लिने वड़ा अध्यक्ष यादवले भने आफ्नो लगानीमा बनाइरहेको छू पछि मिलाएर नगरपालिकाबाट रकम निकालने छू।
![IMG20190804142653[1]](https://krantidwar.com/wp-content/uploads/2019/08/IMG201908041426531-696x522.jpg)


