बज्जिका भाषाको पहिलो भक्ति एलबम सार्वजिनक

राैतहट, साअाेन २७। बज्जिका भाषाको पहिलो भक्ति एलबम सार्वजनिक भएको छ । मध्यरौतहटमा रहेको रेडियो मधेस मसला एफएममा बजाएर बज्जिका भाषाको पहिलो आधुनिक भक्ति एलबम बम बम भोले सार्वजनिक गरिएको हो । गायक तथा लेखक चन्दन पटेलको शब्द र स्वर रहेको एकल गीतको बज्जिका साहित्य संगमका मनोजकुमार चौधरीको निर्देशन तथा साहित्यकार सञ्जय मित्रको सम्पादनमा निर्माण भएको छ ।

एलबमको निर्माण पवन राठौरले गरेका छन् भने गरुडामै रहेको आतिश रेकर्डिङ स्टुडियोमा रेकर्ड तथा सम्पादन गरिएको छ । पटेलको गीत सार्वजनिक भएसँगै नेपालीय बज्जिकाको आधुनिक भक्ति गीतको नयाँ क्षेत्रको विकास भएको बज्जिका साहित्य संगमका अध्यक्ष श्याम सहनी चन्द्रांशुले प्रतिक्रिया दिएका छन् । यसअघि गायकद्वय सञ्जय राज र नथुनी बसेराद्वारा बज्जिका समाज नामक पहिलो आधुनिक बज्जिका गीति एलबम सार्वजनिक गरिएको थियो । बज्जिका समाज एलबममा समेटिएका आधुनिक गीतहरु रेडियोहरुमा अहिले पनि निकै चलेको देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here