फोरमलाई ५१ र नयाँ शक्तिलाई १९ पद दिदैं समाजवादीको समायोजन,को–को भए सदस्य ?

तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच एकीकरण भएको झण्डै अढाई महिनापछि प्रदेश २ मा दुबै पार्टीका नेता÷कार्यकर्ता समायोजन भएका छन् । गत बैशाख २३ गते यी दुबै पार्टीबीच एकीकरण भई समाजवादी पार्टी नामांकरण गरिएको थियो । एकीकरण पश्चात बुधबार प्रदेश २ को राजधानी जनकपुरधाममा आयोजित एक कार्यक्रमकाबीच समायोजन घोषणा गरिएको छ । समायोजन गर्न पार्टीका उपाध्यक्ष एवं प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा एक कार्यदल बनाइएको थियो । कार्यदलका संयोजक राउतले नै समायोजन भएर बनेका समाजवाी पार्टीको नयाँ कार्यसमितिको नाम घोषणा गरेका थिए । ७० सदस्यीय नयाँ कार्यसमितिको घोषणा उनले गरे । घोषणा गरिका ७० जनामा ७१ जना तत्कालिन संघीय समाजवादी फोरमका र १९ जना नयाँ शक्तिका छन् । फोरमका ५१ जना एकीकरणको केहि दिनअघि सिरहाको लहानमा भएको प्रदेश अधिवेसनबाट चुनिएका थिए । पदाधिकारीमा नयाँ शक्तिलाई दुई वटा पद दिइएको छ । बाँकी १७ जनालाई सदस्यको पद दिइएको छ । नयाँ शक्तिबाट उपाध्यक्षमा सुशिल यादव र सचिवमा राम कैलाश यादवलाई जिम्मेबारी दिइएको छ । अन्य पदाधिकारी सबै तत्कालिन फोरम नेपालकै छन् । विजय यादव अध्यक्ष रहेको प्रदेश समितिको उपाध्यक्षमा तीन जनालाई राखिएको छ । रामपृत पासवान, उर्मिला साह, सुशिल यादव उपाध्यक्ष बनेका छन् भने मुख्य सचिवमा शम्भू झा, सचिवहरुमा दिनेश यादव, ज्ञानेन्द्र कुमार यादव र राम कैलाश यादवलाई चयन गरिएको छ । कोषाध्यक्षमा सिरहाकी रेणु यादवलाई चयन गरिएको छ । ११ पदाधिकारी सहितको ९९ सदस्यीय समितिमा २ उपाध्यक्ष सहित २९ सदस्यको पद खाली राखिएको छ । प्रदेशका पदाधिकारी र सदस्यहरुलाई केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले बुधबार नै शपथ ग्रहण गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here