सर्लाही,साउन ।
सर्लाहीको बागमती ,लखनदेही तथा झिम नदीमा आएको बाढीबाट सयौं बिघा खेतियोग्य जमिन कटानको जोखिममा परेपछि त्यस क्षेत्रका किसानहरु बिचल्लीमा परेका छन् । नदी छेउका गाउँ बस्तीमा बसोबास गर्ने किसानहरुले लगाएको अन्नबाली बाढीले बगाएर लगेकोले उनिहरु बिचल्लीमा परेका हुन् ।
असारको अन्तिम सातादेखि आएको निरन्तर वर्षाका कारण नदीको बहाव गाउँ तर्फ मोडिएर जमिन कटान गर्न थालेपछि सैयौं बिघा खेतीयोग्य जमिन बगरमा परिणत भएको छ। किसानले लगाएको धान, मकै, उखु, मुमफली लगायतका अन्य बाली पूर्णरुपमा नष्ट भएको स्थानीय किसानहरुले बताएका छन् ।केही दिन देखि वर्षा थामिएर खोलामा पानीको सतह कम भएर राहत महसुस गरिरहेका किसानहरु आकाशमा बादल देखिने बित्तिकै आत्तिने गरेका छन् । ञसम्भावित घटनाको त्रासले रातभर निन्द्रा लाग्दैन।ु उनिहरुले भने।