नायब सुब्बा सनोज महतो १० हजार नगद सहित रंगेहात पक्राउ

कलैया, १५ साउन ।
घुस लिएको रकमसहित जिल्ला प्रशासन कार्यालय बाराका नायब सुब्बा सनोज महतो बुधवार पक्राउ परेकाछन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडा क्षेत्रीय कार्यालयको टोलीले महतोलाई रंगेहात पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाकोे टोलीले महतोलाई १० हजार नगद सहित रंगेहात पक्राउ गरेको हो । सेवाग्राहीसंग मुद्दा पेशीमा चढाइदिन्छु भनेर सनोजले घुस लिएको आरोप अख्तियारको छ । सनोज जिल्ला प्रशासन कार्यालय बाराका मुद्दा फाँटका कर्मचारी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here