गौर, ।प्रदेश २का प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस प्रदेश संसदिय दलका उपनेता शेख रासिद अली भन्ने शेख लालबाबुले प्रदेश सरकारको रवैयाले विकास र स्मृद्धि हासिल गर्न नसक्ने बताउनुभएको छ ।
प्रदेश सरकारको गलत रवैयाका कारण लोकतन्त्र र संघियता र गणतन्त्र धराप पर्ने सम्भावना बढदै गएको आरोप लगाउनुभयो ।
उपनेता लालबाबुले प्रदेश सरकार भ्रष्टाचारमा डुबेको गम्भिर आरोप लगाउदै उहाूले बाढी पिडितलाइ राहत र पूर्नस्थापनामा उदासिन रवैया प्रति खेत व्यक्त गर्नुभयो ।
उहाूले सर्वदलिय समिति बनाएर बाढी पिडितलाइ राहत र पूर्नस्थापित गराउनमा सक्रियता देखाउनु पर्ने बताउनुभयो । उहाूले आफनो संसदिय क्षेत्र विकास कोषको रकमबाट मठ मन्दिर ,मदरसा ,सडक ग्राभेल ,सडक ढलान ,विद्यालयमा स्कुल बैग वितरण ,सिलाइ कटाइ तालिसंगै सिलाइ मेसिन वितरण लगायतका रचनात्मक कार्यमा खर्च गरिएको जानकारी दिनुभयो ।