साउन १४ गते । नेपाल सरकारबाट प्राप्त बजेट रकम व्यापक दुरुपयोग गरेको भन्दै माधवनारायण नगरपालिकाका पदाधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दायर भएको छ ।
नपाका प्रमुख वीरेन्द्र प्रसाद राय, उपप्रमुख सिमल साह र प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले बजेट रकम दुरुपयोग गरेको आरोपसहित त्यस नपाका स्थानीय वासिन्दाले अख्तियारको केन्द्रीय कार्यालयमा उजुरी दायर गरेका हुन् ।
कार्यालयले खरिद गरेको डोजर, रोलर, ट्याक्टर, मोटरसाइकल लगायतका सवारी साधन, फर्निचरका सामग्री खरिदमा अनियमितता गरिएको र खरिदका लागि अपनाउनुपर्ने कानुनी प्रक्रियासमेत अवलम्बन नगरिएको आरोप उजुरीमा लगाइएको छ । यस्तै विभिन्न विकास निर्माण कार्य कागजमै देखाएर बजेट रकमको दुरुपयोग गरिएको आरोप छ ।
स्थानीय वासिन्दा देवाशिष रायले दायर गर्नुभएको उजुरीमा राधाकृष्ण मावि भवन निर्माण, विभिन्न स्थानका बाटो ढलान, ग्राभलिङ, कल्भर्ट तथा पुल निर्माणमा कमसल काम गरिएको तर लाखौँ रुपियाँ खर्च जनाइएको आरोप लगाउँदै नपा कार्यालय तथा विद्यालयमा कर्मचारी र शिक्षक नियुक्ति गर्दा बिना प्रतिस्पर्धा तोकआदेशकै भरमा कानुनी प्रक्रिया अवलम्बन नगरी करारमा नियुक्ति गरिएको आरोप लगाइएको छ ।
विभिन्न संघ सस्थासँग सम्झौता गरी सम्झौतावमोजिम काम नै नगरी काम गरेको भनी फर्जी झुठा बिल भर्पाइ बनाएर ४० प्रतिशतदेखि ५० प्रतिशतसम्म कमिशन लिई रकम निकासा गरी एक अर्कासँग बाँडफाँट गरेको छन ।
आव २०७४÷७५ र २०७५÷७६ को विकास कार्यक्रमको बजेट शिर्षकवमोजिम काम नगरी सम्पूर्ण विकास रकमको गुणस्तरहिन काम गरी पुरै नक्कली कागजी प्रमाण आधार खडा गरेर करिब ३० करोड रुपियाँ हिनामिना गरेका छन् ।
कृषी, स्वास्थ्य, विद्युतमा विनियोजित गरिएका रकमहरु दुरुपयोग गरेको तथा औषधी खरिद, पाठ्य पुस्तक लगायतका समाग्रिहरु खरिद नै नगरि सम्पुर्ण रकमहरुमा नक्कली भरपाई राखि निकासा गरी हिनामिना गरेका छन ।
प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले आफना बाबुको नाममा रहेको फर्मलाई नपाको औषधी खरिद गर्न लगाइ बिना प्रक्रिया, बिना टेण्डर मनपरी तवरले एक करोडभन्दा बढीको रकम भुक्तानी दिएका छन् ।
माधवनारायण नपा वडा नं ५ मा मिठुअवा पोल्टूी फर्मदेखि नहर पुलसम्म पिसिसि ढलान गर्नका लागी छुट्टाईएको रकम रु. १,२०,००,०००÷((एक करोड बिस लाख) को चरम दुरुपयोग गरि भारतिय गुणस्तरहिन सिमेन्ट प्रयोग गरी, गुणस्तरहिन वालुवा तथा गिट्टि प्रयोग गरी, मापदण्ड वमोजिम सडक विस्तार नगरी गूणस्तरहिन काम गरेको तथा माधवनारायण नपा वडा न.ं ५ स्थित श्री राधा कृष्ण माविमा जम्मा विद्यार्र्थी २०० भएकोमा खाजा रकम भनी रु. १५ छुट्टाईएकोमा ९०० को हाजिरि देखाई प्रत्येक दिन खाजाको बिल बनाएर करिब ९०० विद्यार्थीको रकम निकासा गराई घोटाला गरेको उजरीमा उललेख छ ।
माधवनारायण नपाको उपमेरय सिमल साहले कुनै पनि कार्यक्रमको रकम भुक्तानी गर्नुपरेमा १५ प्रतिशतसम्म कमिशन पहिल्यै लिएर मात्र हस्ताक्षर गर्ने तथा बिल पास गर्ने गरेको ।
माधवनारायण नपा वडा नं ५ अनर्गत श्री राधा कृष्ण माविको विद्यालय भवन बनाउनको लागी विनियोजित रकम दुई करोड रकममा चरम हिनामिना गरी तिन वटा मात्र गुणस्तरहिन कोठा निर्माण गरी वडा नं ५ का वडा अध्यक्ष जमिल अख्तर मन्सुरी, उपमेयर सिमल साह, स्कुलको प्राध्यानाध्यापक उपेन्द्र जयसवाल, प्रमुख प्रशासकिय अधिकृत प्रलव कायस्थ समेतको मिलेमतोमा रकम हिनामिना गरि भ्रष्टाचार गरेको उजुरीमा जनाइएको छ ।
मेयर विरेन्द्र राय तथा उपमेयर सिमल साहले भारतिय नं प्लेटको गाडी प्रयोग गरी नेपाली नम्बर प्लेटको नाममा एक करोड भन्दा बढी नक्कली बिल भरपाई राखी ईन्धन, मर्मतको नाममा रकमहरु हिनामिना गरेका छन ।
विभिन्न विकास कार्यक्रमका लागि उपभोक्ता समिति नबनाई, बोलपत्र आव्हान नगरी, गैरकानुनी ढङ्गले आफै वा आफना आफन्त नातेदार नजिकका व्यक्तिलाई दिएर कमसल काम गर्ने गरेका तथा माटो वा ग्राभेल १० ट्याक्टर खसाउँदा ५० ट्याक्टर खसाएको बिल भपाई बनाएर ब्रह्मलुट मच्चाएको हुँदा आवश्यक छानविन गरी भ्रष्टचारजन्य कसुर अपराध गरेवापत उल्लेखति सबै पदाधिकारीलाई कारबाही गरी पाउन अख्यितयारसंग अनुरोध गरिएको छ ।
नपाका अन्य विभिन्न काममा अनियमितता भएको आरोपसहित
उजुरीमा नपाका पदाधिकारीउपर आवश्यक अनुसन्धान तहकिकात गरी कारबाही गर्न माग गरिएको छ । रायको उजुरी ७६७७ सी १४५७ नम्बरमा दर्ता गरिएको र नियमानुसार उजुरीउपर आवश्यक कारबाही भइरहेको अख्तियारले जनाएको छ ।