डा. नमिता यादव डबल एमडी चिकित्सक हुन् । उनले जनरल प्रयाक्टिस एण्ड इमर्जेन्सी मेडिसिनमा धरानबाट र गाइनोमा चीनबाट एमडी गरेकी छन् । डा। नमिताको अर्को परिचय पनि छ । उनी अहिले सिरहा जिल्ला सदरमुकाम रहेको सिरहा नगरपालिकाकी उपमेयर पनि हुन् । चिकित्सा पेशाबाट राजनीतिमा आएकी डा। नमिता जनकपुरको वकिल टोलमा २०३५ सालमा जन्मिएकी हुन् । जुन अहिले जनकपुर उपमहानगरपालिका–०२ मा पर्छ । उनी बुवा काशीप्रसाद यादव र आमा जगतारनदेवीकी त्यस्ती भाग्यमानी छोरी हुन्, जसले महिलाले स्कुलको ढोकासम्म पुग्न नपाउने समयमा शिक्षा हासिल गर्न पाउने सुवर्ण अवसर पाइन् । उनलाई चिकित्सक बनाउनेमा सबैभन्दा दरिलो हात उनका बुवा काशीप्रसादको छ । अहिले पनि डा। नमितालाई लाग्छ बुवा नभैदिएको भए, उनको जीवनको सुर, ताल र भाकाहरु सबै फरक सुरमा बगिरहेका हुन्थे । ‘नेपालमा नै माइती भएको यादव जातको पहिलो महिला चिकित्सक पनि हुँ,’ उनले सुनाइन् । उनका बुवा काशीप्रसाद पढेलेखेका थिए । उनी सडक विभागका इन्जिनियर । त्यसैले जनकपुरमा जन्मेपनि डा। नमिताको बाल्यकाल बुवासँगै हेटौडा, दाङ, धनगढी, दाङलगायतका ठाउँमा बित्यो । ‘बुवा सरकारी जागिरे, उहाँको जताजता सरुवा हुन्थ्यो, म त्यही–त्यही पुग्थे,’ हालैको एक साक्षात्कारमा उनले सुनाइन्, ‘त्यसैले मैले त्यतिबेलै सम्पूर्ण देश हेर्ने अवसर पाएँ ।’ काशीप्रसादमा भरिएको शिक्षाको ज्योतीले छोरीको जीवनलाई पनि झलमल्ल बनाइदियो । त्यसैले उनले छोरीलाई पढाउनै बढी जोड दिए । छोराको पढाइमा समेत जोड नदिने त्यो बेलाको समयमा पनि नमिताले बोर्डिङ पढ्न पाइन् । डा। नमिता अहिले पनि आफ्ना पिताजीले आफूलाई बोर्डिङमा पढाउन घरभित्रै गरेको संघर्ष सम्झँदा पनि भावुक हुन्छिन् । त्यो बेला जनकपुरमा मधेशी समुदायसँगै पहाडी समुदायको समेत बोलवाला थियो । तर, बोर्डिङ पढ्दा उनी क्लासकी एक्लो केटी सदस्य थिइन्, अरु सबै केटा । ‘छोराहरुलाई मात्रै बोर्डिङ स्कुलमा पढाइन्थ्यो । छोरीले त स्कुल समेत देख्दैन्थे,’ उनले आफूलाई शिक्षा दिने क्रममा बुवाले गरेको संघर्ष सम्झिइन्, ‘उहाँले फ्यामिलीभित्रै संघर्ष गर्नुप¥यो । संयुक्त परिवारमा छोरीलाई पढाउन थाल्यो भनेर कुरा काट्न थाले ।’ तर, छोरीलाई पढाएर ठूलो मान्छे बनाउने सपनाबाट उनका बुवा कहिल्यै पछि हटेनन् । ‘हुने विरुवाको चिल्लो पात’ भनेझैं डा। नमिताले बुवाको सपना साकार पार्ने बाटोको पहिलो खुड्किला पार गरिन्–वि।सं। २०५० सालमा । उनले जनकपुरको जानकी बोर्डिड स्कुलबाट ७६ प्रतिशत अंक ल्याएर एसएलसी उत्तीर्ण गरिन् । २०५० सालमा एसएलसीमा यति राम्रो रिजल्ट थोरैले मात्रै हात पार्थे । डा। नमिता त्यतिखेर महिलातर्फबाट जनकपुर जिल्ला फष्ट भएकी थिइन । उनको जिल्ला टपरले ७८ प्रतिशत अंक ल्याएका थिए । छोरीलाई स्कुल पढाउन हुँदैन भन्ने रुढीवादी धारणा बोकेको समाजबाट डा। नमितासम्मको यात्रा निकै प्रेरणादायी छ । डा। नमिता दाङमा रहँदा बेला–बेलामा बिरामी भैरहन्थिन् । उनको उपचारका लागि कहिले उनका बुवाआमा नेपालगन्ज पुग्थे, कहिले लखनउसम्म पनि । बिरामी पर्दा उपचारका लागि त्यति टाढा जानुपरेको दृश्यले नमितामा भविष्यमा डाक्टर बन्छु भन्ने सपनाको बिउ रोपेको थियो । यो बाध्यताबाट बाल मस्तिष्कमा रोपिएको सुनौलो सपना थियो । ‘दाङमा बस्दा विरामी भैरहन्थे, उपचारका लागि कहिले लखनउ पुग्नुपथ्र्यो, कहिले नेपालगन्ज,’ उनले आफ्नो चिकित्सक सपनाको विउ रोपिएको प्रसंग उप्काइन्, ‘त्यति बेला म सानै थिएँ, तर त्यो बाध्यता देखेपछि मलाई भविष्यमा जसरी पनि डाक्टर बन्छुजस्तो लाग्थ्यो ।’ उच्च शिक्षा बुलिङका कारण भारतमा एसएलसीमा डा। नमिताले उत्कृष्ट नतिजा हात पारिन् । आफ्नो भविष्यको सपना पछ्याउनका लागि उनलाई राम्रो ठाउँबाट उच्च शिक्षा हासिल गर्नु थियो । त्यो बेला काठमाडौंमा कलेज त थिएँ, तर जनकपुरको घरपरिवारबाट अलग रहेर बस्ने सुविधासम्पन्न होस्टेलहरु थिएनन् । जनकपुरतिरको वातावरण पनि केटीहरुका लागि राम्रो थिएन् । केटाहरु पछ्याउने, जिस्काउने तथा बुलिङ गरेर सताउने गर्थे । पढ्न जाँदा अनेकन हन्डरहरु पार गर्नुपथ्र्यो । ‘एकदमै दुःख थियो । काठमाडौंमा होस्टेलको ब्यवस्थामा पनि थिएन,’ उनले भनिन् । छोरीका लागि सुरक्षित र उपयुक्त पढ्ने वातावरणको खोज्ने क्रममा उनका बुवा भारत पुगे । भारतको आन्द्र प्रदेशस्थित श्री विवेकानन्द जुनियर कलेजमा उनको भर्ना गरियो । नमिताले विवेकानन्द जुनियर कलेजबाट साइन्समा ८९ अंक ल्याएर आइएस्सी उत्तीर्ण गरिन् । त्यहाँ पनि उनले टप गरिन् । यो सन् १९९४ देखि १९९६ सम्मको समय थियो । आइएस्सी सकेर नेपाल फर्किइन् । नेपालमा त्यतिबेला चिकित्सा शिक्षा पढाउने कलेजहरु यति धेरै थिएनन् । एकदमै थोरै विद्यार्थीहरुले मात्रै चिकित्सा अध्ययनमा अवसर पाउँथे । त्यसपछि उनलाई चिकित्सा शिक्षा पढ्न बंगलादेश पठाइयो । सन् १९९८ मा उनी बंगलादेशको युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीमा एमबीबीएस भर्ना भइन् । ‘हामी त्यहाँको ११ औं ब्याच हो,’ उनले भनिन् । पुरानो कलेज, राम्रो अनुभव बटुल्ने पाइने भनेर उनका बुवाले एमबीबीएस पढ्न बंगलादेश पठाएका थिए । अर्कोतर्फ, नेपालमा एमबीबीएका लागि पालो पाउन निकै समय पर्खनुपर्ने अवस्था थियो । केटी मान्छे भएकाले विवाहका कुराहरु पनि अगाडि बढाउनुपर्ने भएकाले परिवारले उनलाई बंगलादेश पढाएर छिटो पढाइ सकाउने अप्सन रोजेको थियो । त्यहाँबाट उनले सन् २००३ मा एमबीबीएसको पढाइ पूरा गरिन् । त्यसपछि डा। नमिता नेपाली यादव समुदायकी पहिलो डाक्टर छोरी बनेर नेपाल फर्किइन् । सन् २००४ देखि सन् २००५ सम्म उनले तीन अस्पताल वीर, कान्ति र प्रसुती गृहमा इन्टर्नसीप गरिन् । इन्टर्न सकिएपछि नेपाल मेडिकल काउन्सिल ९एनएमसी०को लाइसेन्स परीक्षा उतीर्ण गरिन् । त्यसपछि उनी सबै औपचारिकताहरु पूरा गरेर लाइसेन्सवाला चिकित्सक बनिन् । मेडिकल अफिसर हुँदै इमर्जेन्सी इन्चार्जसम्म सन् २००५ मा लाइसेन्स लिएपछि उनले त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मेडिकल अफिसरको जागिर सुरु गरिन् । मेडिकल अफिसर हुँदा शिक्षणमा उनले आईसीयु र सीसीयुमा काम गरिन् । एक वर्ष त्यहाँ जागिर गरेपछि उनलाई आफ्नो अध्ययनको दायरा अझ बढाउने अभिरुची पैदा भयो ।
‘त्यसपछि, मैले एमडी गरे, एक वर्ष मेडिकल अफिसर काम गरेपछि मात्र एमडी गर्न पाउने क्राइटेरिया थियो,’ उनले सुनाइन्, । सन् २००६ मा उनी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनरल प्रयाक्टिस तथा इमर्जेन्सी मेडिसिनमा एमडीका लागि भर्ना भइन् । सन् २००९ को धरानबाट जनरल प्रयाक्टिस तथा इमर्जेन्सी मेडिसिनमा एमडी पूरा गरिन् । एमडी पूरा गरिसकेपछि उनले केही समय सिरहामा प्राइभेटमा काम गरिन्, किनभने उनका श्रीमान पनि सिरहा जिल्ला अस्पतालमा कार्यरत थिए । त्यसपछि उनी भक्तपुरको नागरिक हस्पिटलमा इमर्जेन्सी इन्चार्ज र जिपी कन्सल्टेन्टका रुपमा कार्यरत रहिन् । त्यसपछि दमकको अम्दा ओमिट हस्पिटल र फिदिममा पनि काम गरिन् । उनी जानकी मेडिकल कलेजमा इमर्जेन्सीको इन्चार्जका रुपका काम गर्न थालिन् । जानकीमा काम गर्दा उनी जनकपुर बस्थिन् । त्यहाँ उनका धेरै प्यासेन्टहरु थिए, तीमध्ये धेरैजसो महिलाहरु हुन्थे । कतिपय विरामी त यस्ता पनि थिए, जो अस्पतालमा हेर्न नभ्याउँदा घरैसम्मै आइपुग्थे । त्यहीबेला उनले प्राइभेट प्रायक्टिस पनि सुरु गरिन् । जनरल प्रयाक्टिस तथा इमर्जेन्सी मेडिसिनमा हासिल गरेको विशेषज्ञताले उनलाई गाइनोको पनि अनुभव थियो । त्यसैले गाइनो सम्बन्धी केसहरु पनि उनी हेर्थिन् । तर, आफूले विशेषता हासिल नगरेका कारण उनी स्वयंमलाई भने त्यो आफ्नो फिल्ड होइन् भन्ने लागिरहन्थ्यो । गाइनो आफ्नो दायरा होजस्तो नलागेपछि उनले अर्को एमडीको आवश्यकता महसुस गरिन् । यही क्रममा सन् २०१५ मा उनी गाइनोमा एमडी गर्न चीन पुगिन् । चीनको सिन्स्याङथित सिन्स्याङ मेडिकल युनिभर्सिटीबाट सन् २०१७ मा गाइनोमा एमडीको अध्ययन पूरा गरिन् । त्यसलगतै उनी पुनः नेपाल फर्किइन् र नेपाल फर्केर एनएमसीको स्पेशलिष्ट परीक्षा उतीर्ण गरिन् । चिकित्सकको राजनीतिक यात्रा चीनमा एमडी सकेर नेपाल फर्किदा नेपालमा स्थानीय निर्वाचनको चटारो सुरु भैसकेको थियो । कहाँ कसलाई टिकट दिने, कहाँ कुन उम्मेदवार उठाउँदा जित्छ भन्ने गणितीय आँकडा निकाल्न दलहरु तल्लीन थिए । समाजका विभिन्न क्षेत्र, पेशा, ब्यवसायका लोकप्रिय मानिसहरुमा पनि दलहरुले आँखा लगाएका थिए । दुई नम्बर प्रदेशमा डा। नमिताको पनि लोकप्रिय छवि थियो । उनले २ नं। प्रदेशका धेरै ठाउँमा पुगेर विरामी हेरेकी थिइन् । धेरैको उपचारमा आफ्नो सीप खर्चेर बिरामीको अनुहारमा मुस्कान फर्काइदिएकी थिइन् । चिकित्सकका रुपमा जनकपुरमा कार्यरत रहँदा पनि उनी बेला–बेलामा अन्य जिल्लाहरुमा पनि गैरहेकी हुन्थिन् । त्यसमध्ये सिरहा जिल्लाको सिरहा नगरपालिका—७, थानाचोकमा त उनको श्रीमानको घर भैहाल्यो । त्यहाँ पनि उनको सीपको जादूले मानिसहरुलाई निरोगी बनाउन सहयोगी भूमिका खेलेको थियो । यसक्रममा उनी स्वयंम पनि मधेशका महिलाहरुका समस्याका विषयमा अवगत थिइन् । ‘बिरामी भनेर आउने झण्डैं ८० प्रतिशत महिलाको रोग नै हुँदैन्थ्यो । तर, मानसिक तनाव झेल्नुपर्दा शारिरीक समस्या बढी भएको देखे,’ उनले थपिन्, ‘त्यसको कारक घरायसी समस्या बढी देखिने, कुरीति, परम्परागत रुढीवादी विश्वास, बालविवाह, दाइजोजस्ता समस्या हुन्थे ।’ डा। नमितालाई लाग्यो, चिकित्सकका रुपमा त २० प्रतिशत बिरामीहरुलाई मात्रै निको पार्न सकिन्छ । ८० प्रतिशत महिलाहरु निको पार्न चिकित्सक पेशामात्रै अंगालेर सम्भव छैन् । यी कुराहरुले उनमा ८० प्रतिशत समस्या हटाउन सक्ने फोरमको खोजी गर्ने हुटहुटी उनमा हुन थाल्यो । ‘मलाई केही बिरामीले खोज्दैं आउने हो, तर, त्यहाँ धेरै मान्छे बिरामी छन्, जसले कही गएर बोल्न सक्दैन् । तिनीहरु कहाँ आफै जानुपर्छ, कसैले कुरितीलाई हटाउन पहल गर्नैपर्छ महिला र बालबालिका लागि केही गर्नैपर्छ भन्ने लाग्यो,’ उनले दृढता मिश्रित श्वरमा भनिन् । त्यही बेला उनलाई तत्कालीन एमालेले सिरहा नगरपालिकाको उपमेयरमा उठाउने निर्णय ग¥यो । सामाजिक रुपान्तरणका लागि कुनै उचित फोरम खोजिरहेकी उनका लागि यो उपयुक्त अवसर थियो । उनले एमालेको त्यो निर्णय स्वीकार गरेर चुनावी मैदानमा उत्रिइन् । भोलि नोमिनेस बुझाउनुपर्ने, आजमात्रै उनको उम्मेदवारी फिक्स भयो । ‘कति दिन नेतालाई मात्रै गाली गर्ने भन्ने भयो,’ उनले उम्मेदवार बन्दाको अनुभव सुनाइन्, ‘एमालेको कमजोर ठाउँ भएपनि मैले हिम्मत गरेर चुनावी मैदानमा ओर्लिए ।
’ सिरहा नगरपालिका एमालेको राम्रो मतदाता भएको ठाउँ होइन् । स्थानीय निर्वाचनमा पनि सिरहाको नगरपालिका ३२ सदस्सीय कार्यपालिकामामा ६ जनामात्रै एमालेका छन् । त्यस्तो कमजोर जनमत भएको क्षेत्रमा पनि चिकित्सकको लोकप्रियताको जादू चल्यो । उनले उपमेयरमा जितिन् । जनकपुर बस्दा सिरहाबाट गएका बिरामीलाई पनि उनले उपचार गरेकी थिइन् भने सिरहामै श्रीमानको घर भएकाले त्यहाँ रहेर पनि उनले थुप्रै बिरामीको उपचार गरेकी थिइन् । उनले जाँचेका बिरामीहरुले उनलाई मत दिए, समाजका धेरै मानिसहरुले पार्टी भनेर हेरेनन्, पढेलेखेको महिला भएकाले उनलाई नै भोट हाले । उनी आफ्नो विजयको कारण सुनाउँछिन्, ‘मबाट विशेष गरी महिला र अरुलाई पनि धेरै आशा थियो । संगठनका मानिसहरुले भोट दिने नै भए, पढेलेखेकी भएकाले स्वास्थ्य र शिक्षा क्षेत्रमा केही गर्छजस्तो सबैलाई लागेको थियो ।’ उपमेयर निर्वाचित भएपछि पनि उनले स्वास्थ्य र शिक्षामा बढी जोड दिइरहेकी छन् । अहिले विपन्न, जेष्ठ नागरिक, स्वास्थ्य, छात्रवृत्ति, दलितलगायतका क्षेत्रमा उनले काम गरिरहेको बताइन् । लिंग पहिचान गरेर गर्भपत्तन गराउने समस्यामा पनि नगरपालिकाले सक्रियताका साथ काम गरिरहेको छ । उनको विशेष चासोको क्षेत्र शिक्षा, स्वास्थ्य, महिला र बालबालिका हो । त्यसमा केही फरक गरौं भन्ने हिसाबले उनी अगाडि बढिरहेकी छन् । उनकै अग्रसरतामा हालैमात्र सिरहा अस्पतालमा एआईसीयु कक्ष सञ्चालनमा आएको छ । यससँगै सिरहा अस्पताल जिल्लामै एनआईसीयु कक्ष सञ्चालन गर्ने पहिलो अस्पताल भएको छ । अस्पतालबाट अहिले सिरहा सदरमुकाम, विष्णुपुर गाउँपालिका, कल्याणपुर नगरपालिका, औरहीदेखि पूर्वी धनुषा र भारतसम्मका विरामीले उपचार पाइरहेका छन् । डा। नमिता सिरहा जिल्लाको लैंगिक विभेद र हिंसा न्यूनीकरणको जिल्ला सल्लाहकार पनि छन् । जसमार्फत उनी सामुदाय—प्रहरी साझेदारी र जिल्लाको महिला, बालबालिका सेलमार्फत जिल्लाभरि नै लैगिक विभेद र हिंसा न्युनीकरणमा काम गरिरहेकी छिन् ।
राजनीतिक र चिकित्सासँगसँगै
डा। नमिता उपमयेर भएपछि पनि चिकित्सा पेशामा पनि सक्रिय नै छन् । उनलाई अहिले पनि कार्यक्रममा जाँदा समेत बिरामीहरु हेरिदिनुप¥यो भन्दैं आइपुग्छन् । उनी आफूले सकेसम्म बिरामी हेर्ने र औषधि लेखिदिने गर्छिन् । सिरहाबाहेकका वरिपरीका नगरपालिकाहरुले पनि उनकै नेतृत्वमा स्वास्थ्य शिविरहरु चलाउँछन् । उपमेयर चिकित्सक बिरामी हेरेको पैसा पनि लिदिनन्, गत वर्षमात्रै आफूले पाठेघर खसेको १८ वटा अप्रेसन निःशुल्क गरेको उनले सुनाइन् । ‘अब मेरो सीप जनताको हो, सबैको लागि मैले त गर्नैपर्छ,’ उनी भन्छिन्, ‘म कसैबाट चार्ज लिन्न, निःशुल्क स्वास्थ्य जाँच गरिदिन्छु ।’ डा। नमिता भविष्यमा पनि चिकित्सा पेशालाई पनि सँगसँगै लिएर राजनीतिमा अझै अगाडि बढ्ने योजनामा छिन् । नीति निर्माण तहमा पुगेर जनताको धरातलीय यथार्थसँग सुहाउँदो नीति निर्माणमा टेवा पु¥याउने उनको चाहना छ । ‘बीचमा ८–९ महिनामा काम नगरेपछि सबैले काममा फर्किन आग्रह गरे । वुद्धिजीविहरु, सिरहाका जनताहरुले पनि फर्किन आग्रह गर्नुभयो,’ उनले थपिन्, ‘अहिले चिकित्सकका रुपमा र उपमेयरका रुपमा दुवै तरिकाले जनताको सेवा गर्न पाउँदा राम्रै भैरहेको छ ।’ यसले आफूलाई राजनीतिसँगसँगै अप्रेसन गर्न सकिएकाले प्रयाक्टिस पनि चलिरहेको उनले बताइन् । ‘उहाँहरु पनि खुशी हुनुहुन्छ । र, मलाई पनि राति मिठो निन्द्रा लाग्छ,’ उनले कुराको बिट मार्दै भनिन् ।