गौरवको योजना अन्तर्गत बजार सौन्र्दीकरण -प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी

गौर,।रौतहटको गरुडा नगरपालिकाले कच्ची योजना भन्दा पक्की योजना अनुसार निर्माण कार्यलाइ प्राथमिकता दिएका छन ।
जिल्लाको मध्य भागमा अवस्थित गरुडा नगरपालिकाले यस वर्षको विकास योजनाहरु मध्ये ८०प्रतिशत विकास कार्य पक्क्ीकरण गरेको हो ।
नगरपालिकाको वडास्तरिय २सय २४ तथा नगरस्तरिय एकसय ९३वटा योजनाहरुको ८० प्रतिशत पक्की तथा कच्ची योजना जस अन्तर्गत सडक ग्राभेल कार्य भएको गरुडा नपाले जनाएको छ ।
कच्ची सडक पटक पटक जिर्ण हुनाले पक्की योजनालाइ प्राथमिकता दिइएको र ८०प्रतिशत योजना पक्की ,१८ प्रतिशत मात्र कच्ची र बा“की अन्य रहेको गरुडा नपाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले बताउनुभयो ।
जस अन्तर्गत दलित भवन निर्माण ,गरुडा बजारमा फुटपाथ पथ निर्माण ,सडक ढलान ,स्वास्थ्य चौकी भवन निर्माण ,छठ घाट निर्माण ,नाला निर्माण, विद्यालय भवन निर्माण लगायतका योजना अनुरुप विकास निर्माण कार्य भएकोे प्रमुख प्रशासकिय अधिकृत पन्थीले बताउनुभयो ।
विकास निर्माण स्थलमा नगरवासीको जानकारीका लागि होडिंग बोर्ड जडान गरिएको तथा नगरस्तरिय अनुगमन टोलीले पटक पटक विकास कार्यको स्थलगत अनुगमन निरीक्षण गरेकोे तथा गुस्तरयुक्त ,फलदायी निर्माण कार्य भएको समेत उहा“ले जानकारी दिनुभयो ।
गरुडा बजारमा मापदण्ड भित्र रहेका संरचना भत्काइ सडक सौन्दर्र्यीकरण गर्ने कार्य ,अधुरा कामहरुलाइ यसैवर्ष सम्पन्न गर्ने गरी नपाले कार्य अघि बढाएको समेत प्रमुख प्रशासकिय अधिकृत पन्थीले बताउनुभयो ।
उहा“ले नपाद्धारा समयसमयमा नगर भित्रका गत आवमा संचालित योजनाहरुको स्थलगत अनुगमन पश्चात मात्र भुक्तानी दिएको तथा समयमा कार्य गर्न नसेका २७वटा योजनाको रकम फ्रिज भएको बताउनुभयो ।
उहा“ले गौरवको योजना अन्तर्गत बजार सौन्र्दीकरण तथा मलाही स्थित स्वागतद्धार निर्माण गरेको बताउतै उहा“ले यसवर्ष देखि नक्सापास ,कर दायरा फराकिलो समयमा कार्य सम्पन्न गरेको समेत जानकारी दिनुभयो ।
तराइ मधेश समृद्धि कार्यक्रमबाट दलितहरुको लागि दलित भवन निर्माण भएको उहा“ले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here