प्रहरी नमूना सङ्गठन

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई सुशासनको प*हरेदारी गर्ने नमूना सङ्गठनका रुपमा स्थापित गर्न खोजेको बताएका छन् । पूर्वप्रहरी सङ्गठनका पदाधिकारीसँग आज प्रहरी प्रधान कार्यालयमा आयोजित भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले नीतिगत तथा कानूनी विकास, कल्याणकारी योजना, आन्तरिक सुपरिवेक्षण, अन्तर्राष्ट्रि«य समन्वयमा नेपाल प्रहरीले उल्लेख्य उपलब्धि हासिल गरेको बताए ।कार्यक्रममा नेपाल प्रहरीका वर्तमान गतिविधि र चु*नौतीबारे प्रस्तुतीकरण गर्दै साङ्गठनिक सन्दर्भ, शान्ति सुव्यवस्था, अपराध नियन्त्रण र अनुसन्धानको अवस्था, नेपाल प्रहरीका सुधारका प्रयास र समुदाय–प्रहरी साझेदारी कार्यक्रमबारे उनले जानकारी गराए ।

विशिष्टिकृत अनुसन्धान एकाइको गठन, वि*ध्वङ्सात्मक गतिविधि नियन्त्रण, लागुऔषध तथा अ*वैध सुन ब*रामद एवं अ*पराध नियन्त्रण तथा अनुसन्धानमा नेपाल प्रहरीले प्रभावकारी कार्य गर्दै आएको प्रहरी महानिरीक्षक खनालले जि*किर गरे ।उनले समुदाय–प्रहरी साझेदारी कार्यक्रम र यसका गतिविधिबारे प्रकाश पार्दै उनले यस अवधारणा संस्थागत होस् भन्ने चाहेको बताए । प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापन, ला*गुऔ*षध नियन्त्रणमा विशेष अभियान सञ्चालन, राजश्व योगदानका साथै विपद् उद्धारमा नेपाल प्रहरीले सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे ।

प्रहरी महानिरीक्षक खनालले विज्ञ र संवाहकका रुपमा रहेका पूर्वप्रहरी कर्मचारीसँग रचनात्मक सुझावको अपेक्षा गरिएको बताए । नेपाल पूर्वप्रहरी सङ्गठनका संरक्षक पूर्वप्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानले नेपाल प्रहरीले समाज र राष्ट्रलाई दूरगामी प्र*भाव पार्ने नीति ल्याएको भन्दै प्रशंसा गरे ।पूर्वप्रहरी सङ्गठनका राष्ट्रिय अध्यक्ष पूर्वप्रहरी वरिष्ठ उपरीक्षक वसन्तराज कुँवरले शा*न्तिसुरक्षा कायम गर्न प्रहरीले उत्कृष्ट काम गरेको बताए । कार्यक्रममा नेपाल प्रहरीका गतिविधि, चु*नौती र भावी कार्यक्रम एवं नेपाल प्रहरीलाई अझै गरिमामय, विश्वासिलो र गतिशील बनाउने विषयमा छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here