लाल बकैया र बाग्मती नदीमा तटबन्ध निर्माण गरियोस् : सांसद मोहम्म्द अफताव आलम

काठमाडौँ – नेपाली कांग्रेसका सांसद मोहम्म्द अफताव आलमले रौतहमा बाढीको दीर्घकालीन समाधानका लागि लाल बकैया र बाग्मती नदीमा तटबन्ध निर्माण गर्नुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद आलमले पूरानो तटबन्धन जिर्ण भएर भत्किएकाले रौतहटबासी डुबानमा परेको भन्दै तटबन्धको पुर्ननिर्माण गर्न सरकारसंग माग गरेका हुन् । वि.सं २०५५ सालमा नै तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले लाल बकैया र बाग्मती नदीमा तटबन्ध लगाएकाले २० वर्षसम्म रौतहट डुबानमा नपरेपनि अहिले तटबन्ध जिर्ण भएकाले रौतहटका जनताले पुनः सास्ती व्यहोर्नुपरेको बताए ।

उनले भने, ‘प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले लाल बकैया र बाग्मती नदीमा तटबन्ध लगाएपछि २० वर्षसम्म रौहतहटवासी बाढीबाट ढुक्क भएका थिए । तर, आज ती सबै तटबन्ध टुटेको अवस्था छ ।’ सांसद आलमले यी दुबै नदीको तटबन्ध बढाएर साढे चार फिट पुयाउनु पर्ने बताए । ‘यदि हामीले त्यसो गर्यौंभने रौतहटवासी फेरि २५ वर्ष ढुक्क हुने अवस्था हुन्छ ।’ उनले भने, ‘सरकारले यसतर्फ अविलम्ब कदम उठाओस् ।’यस्तै उनले तराईका बाढी पीडितलाई सरकारले राहत लगायतका उचित व्यवस्थापन नगरेको भन्दै असन्तुष्टि पोखे ।

प्रतिकृया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here