निर्वाचित सांसद डा. सूर्यनारायण यादवले दिए पदबाट राजिनामा

समाजवादी पार्टीका एकजना प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्यले आफ्नो पदबाट राजिनामा दिएका छन् । सप्तरी १ बाट निर्वाचित समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादवले राजीनामा दिएका हुन् ।

उनले सोमबार सभामुख कृष्णबहादुर महरालाई राजीनामापत्र बुझाएका छन् । आफ्नो स्वस्थयमा समस्या बढेकाले आराम गर्न राजिनामा दिएको डा. यादवले बताए ।

डा. यादवको राजीनामा स्वीकृत भएपछि उक्त क्षेत्र रिक्त हुनेछ । रिक्त पनि त्यहाँ पुनः चुनाव गरिने छ । 
उनी जनकपुरका नाम चलेका बाल रोग विशेषज्ञ डाक्टर हुन् । चुनावको बेला उनी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा प्रवेश गरेर चुनाव लडेका थिए । चुनाव जितेर सांसद भए पनि उनको उपस्थिति सांसदमा न्युन रहेपनि आफ्नो चिकित्सक पेशामा समय दिँदै आएका छन् ।

सांसद बनेपनि सदन र पार्टीको कार्यक्रममा भन्दा चिकित्सक पेशामा बढी समय दिएको भन्दै पार्टी नेतृत्वमा डा. यादवको आलोचना समेत हुने गरेको थियो । जसको कारण तनावमा आएर समेत राजिनामा गरेको हुन शक्ने चर्चा भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here