मुख्यमन्त्री लालबाबु राउत र सामाजिक मन्त्री नवल किशोर साहको राजीनामा माग

जनकपुरधाम : प्रदेश २ को मंगलबार बसेको प्रदेशसभाको बैठकमा नेकपाकी प्रदेशसभा सदस्य ज्वाला कुमारी साहले मुख्यमन्त्री लालबाबु राउत र सामाजिक मन्त्री नवल किशोर साहको राजीनामाको माग गरेकी छिन् । 
बैठकको विशेष समयमा बोल्दै साहले मुख्य मन्त्री जस्तो व्यक्तिले सञ्चारकर्मीसँग बोल्दा कसरी बोल्नु पर्ने ख्याल नै नगरि अपशब्द भाषाको प्रयोग गुर्न लज्जास्पद भएको टिप्पणी गरेकी थिइन् । सामाजिक मन्त्री नवल किशोर साहलाई पनि सञ्चारकर्मीसँग कसरी बोल्ने ख्याल नभएको भन्दै उनले भनिन्, ‘नवल किशोर साहजी ले पनि आफू कसरी बोल्ने ख्याल नै नगरेर अपसब्द बोलेको भिडियो समाजिक सञ्जालमा भाइरल भएको कारण प्रदेश २ को प्रतिष्ठमा आँच आयो ।’

मुख्य मन्त्री र सामाजिक विकास मन्त्रीले आफ्नो पदिय मर्यादाको ख्याल नगरेको र सञ्चारकर्मीसँग बोल्नै नहुने शब्द प्रयोग गरेर प्रदेश २ को इज्जत प्रतिष्ठालाई दाउनमा राख्ने काम गरेका कारण तत्काल राजीनामा दिनुपर्ने नेकपाकी नेतृ साहले सदन समक्ष माग गरेकि हुन् । 

यसैगरी प्रदेशसभा भित्र व्यक्ति गत आरोप प्रत्यारोप बन्द हुनु पर्ने जिकिर गर्दै साहले प्रदेश २ का मन्त्री बजेटको दुरुपयोग गरेको आरोप समेत लगाइन् । उनले यहाँका हाम्रा मन्त्रीहरुले अहिलेदेखी नै आआफ्नो चुनावी क्षेत्र सपार्न सरकारी ढुकुटीको सम्पत्तिको दुरूप गरेको भन्दै आक्रोश व्यक्त गरिन् ।

त्यस्तै नेकपाकी अर्की नेतृ सारदा देवी थापाले महोत्तरीमा बाढीपीडितले अझै राहत नपाएकोले सदनको मार्फत सरकारको ध्यानाकर्षण गराइन् ।

संजय कुमार यादव (समाजवादी) ले २० दिन सकदासम्म संघीय सरकारले बाढी प्रभावितको लागि कुनै प्याकेज ल्याउन नसकेको ल्याए पनि संघीय सरकारको मातहत रहेका जिल्ला प्रशासन कार्यालयहरुले खासै चासो नदेखाएको प्रति सरकारको ध्यानाकर्षण गराए । यादवले भने, ‘किसानलाई अहिले मलखाद्यको समस्या भएको बेला प्रदेश २ सरकारले तत्काल समस्या समाधान गर्न पहल गर्नुपर्ने बताए । 

राजपाकी नेतृ रानी शर्मा तिवारीले सरकारमाथि प्रश्न गर्दै राहतमा विधेद भएको आरोप लगाइन् । उनले महोत्तरीको लागि आएको राहत कहाँ गयो भन्दै सरकारसँग प्रश्न गरिन् ।
महोत्तरीमा प्रदेश सरकारको एक प्याकेट राहत नपुगेको आक्रोश व्यक्त गर्दै उनले भनिन्, ‘राहतमा समेत विभेद हुनु दुःखद कुरा हो ।’

यसैगरी कांग्रेस सांसद राम सरोज यादवले प्रदेश २ सरकार र सरकारमा रहेका आफ्नै मन्त्रीहरुको आचरण र व्यवहारको कारण प्रदेश २ सरकारमाथि गम्भीर संकट आउने संकेत गर्दै भने, ‘ सरकार मुखिया नै अपशब्द प्रयोग गर्नु  र रकम मिलानको लागि मन्त्री होटलमा देखिनु पत्र पत्रिकामा आएको छ ।’

विशेष समयमा जगतारिणी देवी साह, करीमा बेगम, विदेस्वर प्रसाद यादव, सरस्वती चौधरी, चमेली देवी दास, उपेन्द्र महतो, राजेस्वर प्रसाद साह, गोविन्द न्यौपाने लगाययतका प्रदेश सभा सदश्यले आ आफ्नो पक्ष राखेका थिए ।

उठेका प्रश्नहरुको जवाबमा प्रदेश सरकारका कृषि सहकारी राज्य मंत्री योगेन्द्र राय यादवले प्रदेश २ मा बाढि र वर्षाले कृषि क्षेत्रमा भएको क्षति वारे सदनमा जानकारी गराएका थिए । 
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here