नेपाल चलचित्र निर्माता संघले असोज १ गतेबाट ३ गतेसम्म वीरगंजमा चलचित्र महोत्सवको आयोजना गर्ने भएको छ । असोज १ गतेलाई सिनेमा क्षेत्रले सिनेमा दिवसको रुपमा मनाउदै आएको हो । निर्माता संघ विकास बोर्डको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघको सह–आयोजनामा चलचित्र महोत्सव गर्न लागिएको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिएका छन् । सो कार्यक्रम वीरगंज उद्योग वाणिज्य संघको सभाहलमा मंगलबार संघका अध्यक्ष गोपाल केडियाको सभापतित्वमा सम्पन्न भएको थियो ।
त्यसैगरी प्रदेश नं. २ को आर्थिक विकासको प्रमुख आधारको रुपमा लिएको पर्यटन प्रवद्र्धनको लागि निजी क्षेत्र सक्रिय भएको छ । आर्थिक तथा औद्योगिक सहर वीरगंजबाट पर्यटनको प्रवद्र्धनको सुरुवात गरी प्रदेश नं. २ मा नै पर्यटनको विकास गरी अर्थिक समृद्धिमा लैजाने उद्देश्यले यो पहल सुरु गरिएको हो । वीरगंज उद्योग वाणिज्य संघ र होटेल तथा पर्यटन व्यवसायी संघ पर्साले पर्यटन प्रवद्र्धनका लागि वीरगंजमा असोज १ गतेदेखि ३ गतेसम्म नेपाल चलचित्र महोत्सवको आयोजना गर्ने भएको छ । आर्थिक विकासको प्रमुख आधार मध्ये पर्यटन क्षेत्रबाट पनि प्रदेश नं. २ को आर्थिक विकास गर्न सकिने प्रचुर सम्भावना भएकोले त्यसलाई प्रवद्र्धन गर्नका लागि प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीसंग वीरगंज उद्योग वाणिज्य संघमा छलफल समेत गरिएको थियो । ३ दिनसम्म चल्ने महोत्सवमा मैथिली, भोजपुरी र नेपाली भाषाका सिनेमाको प्रदर्शन गरिने, स्थानीय संस्कृति झल्कने झाँकी प्रदर्शनी, सिनेमा सम्बन्धी चर्चा र राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तुतीको कार्यक्रम तय भएको निर्माता संघका अध्यक्ष अधिकारीले जानकारी गराए । निर्माता संघका अध्यक्ष अधिकारीले मध्य तराईको वीरगंजमा पुगेर होटेल पर्यटन व्यवसायी संघसंग महोत्सवको बारेमा छलफल गरेका थिए । नेपाली सिनेमाको लागि कमजोर बजार मानिने वीरगंजमा हुने महोत्सवले नेपाली सिनेमाको प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास निर्माता संघ र विकास बोर्डले लिएको छ ।