समता र समावेशी शिक्षा १५ वटा बिद्यालयहरुमा बिदा सिकाइ शिविर

रौतहट । युनिसेफ र बिश्व शिक्षाको सहयोग तथा ग्रामिण विकास केन्द्र नेपाल द्घारा सञ्चालित समता र समावेशी शिक्षा परियोजना अन्तर्गत १५ वटा बिद्यालयहरुमा बिदा सिकाइ शिविर सञ्चालनमा रहेका छन् जसबाट ४५८ जना बालबालिकाहरु प्रत्यक्ष लाभान्वित छन् । परियोजना रौतहट जिल्लाको ४ नगरपालिकाहरु ः कटहरिया, मौलापुर, बौद्धिमाई र राजपुरका ६५ वटा सामुदायिक बिद्यालयहरुमा सञ्चालनमा रहेका छन् ।


विशेष गरेर वर्षे÷गर्मी यामको बिदा लामो समयावधिका लागी हुने गर्दछ । यस्ता विदाहरुले गर्दा प्रारम्भिक कक्षामा पढ्ने बालबालिकाहरुले आफुले पढेका÷सिकेका कुराहरु बिर्सने गर्दछन् जसको परिणाम स्वरुप बालबालिकाहरुले कक्षा छाड्ने तथा दोहोर्याउने गरेको पाइन्छ । तसर्थ यस्ता समस्याहरुलाई न्यूनिकरण गर्न र बालबालिकाहरुको सिकाई प्रतिको रुचि एवम् पठनपाठन प्रतिको चासोलाई बढावा दिन बिदा सिकाइ शिविरले महत्वपूर्ण भूमिका खेलेको कुरा विश्व शिक्षाका परियोजना अधिकृत सुशील कुमार यादव ज्यूले बताउनु भयो । यी सिकाइ शिविरहरु स्थानिय सरोकारवाला निकाय तथा बिद्यालयहरुको सहकार्यमा सञ्चालनमा रहेका छन् । कार्यक्रम सञ्चालनमा रहेका ४ वटै नगरपालिकाले आगामी योजना निर्माण गर्दा प्राम्भिक कक्षा सिकाई सुधार सँगसँगै बिदा सिकाई शिविर सञ्चालनका लागी निरन्तर पहल गर्नुका साथै बजेट बिनियोजन गर्ने प्रतिबद्धता गर्नु भएको कुरा ग्रामिण विकास केन्द्र नेपालका परियोजना संयोजक सुशील थापाले प्रष्ट पार्नु भयो ।


यस्ता सिकाई शिविरहरुले बालबालिकाहरु प्रति पढाइ तथा ब्यवहारिक ज्ञानको बिकास हुनुको साथै विभिन्न घटनाहरु जस्तै सर्प, किराफट्यांग्राको टोकाइबाट बच्न, दुषित पानी÷पोखरीहरुमा खेल्दा हुन सक्ने संक्रमणबाट बच्न पनि सहयोग गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here