वीरगंज, ११ भदौ ।
नेपालका लागि टाटा मोर्टसको एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले विरगंज स्थित प्राईम अटो ट्रेडर्समा बुधबार बहुप्रतिक्षित तथा चर्चित प्रिमियम एस एभी टाटा एच फाइभ सार्वजनिक गरेको छ । सोही कार्यक्रममा टाटाको नयाँ शोरुमको रुपमा प्राईम अटो ट्रेडर्सको संयुक्त रुपमा उद्घाटन समेत गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता रहनु भएका थिए । प्रमुख अतिथि उपाध्यक्ष गुप्ता लगायत संयुक्त रुपमा रिबन काटी शोरुमको उद्घाटन गरिएको थियो ।
टाटा मोटर्सका प्यासेन्जर भेइकल्स इन्टरनेशनल बिजनेसका प्रमुख श्री सुजन रोयल तथा सिप्रदी ट्रेडिङ्ग कम्पनिजका अध्यक्ष सौर्य एस. जे. बि. राणाले संयुक्त रुपमा टाटा एच फाइभ सार्वजनिक तथा प्राईम अटो ट्रेडर्सको उद्घाटन गर्नुभएको हो ।
क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त टाटा एच फाइभ भारतीय बजारमा निकै चर्चित छ । एच फाइभमा रहेको इन्जिनले १३८ बिएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ ।
टाटा एच फाइभ ल्यान्डरोवरको डि एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो ।
आकर्षक रहेको टाटा एच फाइभमा पुस बटन स्टार्ट/स्टप, सेमी–डिजिटल इन्स्ट्रामेन्ट कन्सोल, मल्टी–फङ्गसन स्टेरिङ, हाइट–अड्जस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन् ।
कार्यक्रममा संचारकर्मी लगायत विभिन्न संघसंस्थाका व्यक्तिहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रमको सहजीकरण संचारकर्मी निलिमा पौडेलेले गरेकी थिइन् ।