– सावित्री काफ्ले
हिन्दू दर्शन विशुद्ध व्यवस्थित दर्शन हो । यो हाम्रो परम्परामा समाजको सकारात्मक विकासको लागि वैज्ञानिक दर्शनसूत्रहरू छन् । जसरी षडस संस्कारले मानिसको व्यक्तिगत चरित्र निर्माण गर्दछ र उसको उन्नतिको क्रम बढ्दछ, त्यसैगरी सम्पूर्ण पर्वोत्सवहरूबाट पारिवारिक, सामाजिक विकास र संगठन सुदृढ बन्दछ । जबसम्म यसको सही प्रयोग र गर्थ्यो तबसम्म विश्वमा हाम्रो समाजको स्तर उच्च थियो ।
यी पर्वहरू मध्ये हरितालिका तीज एउटा महत्वपूर्ण पर्व हो ।
यस पर्वमा शिव पार्वतीको उपासना, पतिपत्निबीचको सद्भाव, समर्पण, व्रत धारण, स्वल्प आहार, ऋतुआहार प्रति जागरुकता, जल, पर्यावरण गौ सम्पदाको स्वच्छता तथा संरक्षण संवद्र्धन ऋषि परम्पराको अवलम्बन आदि विज्ञानयुक्त दर्शनको निर्देश रहेको छ ।
उपासनाः
उपासनाको अर्थ हो नजिक बस्नु, प्रवेश गर्नु उनमा भएको गुणहरू आप्mना चिन्तन, चरित्र व्यवहारमा उतार्ने चेष्टा गर्नु, अपरीग्रहरी गणतन्त्रको प्रमाणिक प्रयोग जस्तोको भूत प्रेत, सर्पसम्मको प्रम पूर्वकको सम्मान अर्थात सामाजिक एकता, परअस्तित्वको सम्मान तथा सन्तुलित पवित्र धारणा (शिरमा चन्द्रमा, गंगा)ं विपरित प्रकृतिका प्राणीमा मधुर प्रेम युक्तको परिवार निर्माण, संसारको नकारात्मक (विष) आफूले ग्रहण गर्दै सकारात्मक ऊर्जा (अमृत) अरुलाई वितरण गर्ने अर्थात् परहितमा उच्च स्तरको प्रयोग यस्ता विभिन्न विशिष्टताले देवताका पनि देवता मानिएका महादेवको उपासनाको व्यापक दर्शनको गहिराई अनन्त छ ।
व्रतधारणः
सुयोग्य जीवनकोलागि आवश्यक स्वच्छन्दता, स्वस्थता, दृढता, मधुरता, जागरुकता आदि जस्ता योग्यउता सही व्रतबाट प्राप्त हुने भएकोले त्यसैकालागि पतिपत्नि दुबैले व्रत धारण गर्नु यसको मर्म हो । पतिव्रत तथा पत्नी व्रतको अवलम्बनबाट आत्म कल्याण गरि पारिवारिक मधुरता, सु–सन्ततीको निर्माण गर्नु भनि माह्रा मूल धर्मशास्त्रहरू (पछि थपघट गरिएको बाहेक) जो अत्यन्त उदार र न्यायिक रहेका छन् त्यहाँ कतै केही फरक व्यवहार रहेकै छेन । ती सबै एकै स्वरमा बोलका छन् ।
ऋषि पुजन मर्यादित, सु–संस्कारित गृहस्थ जीवन प्राकृतिक सन्तुलित जीवन विशिष्ट प्रतिभाको जागरण सीमित उपभोग समर्पण, तपबाट उत्पादित शक्तिलाई समाज कल्याणमा लगानी गर्ने, सदा समाजकै हितमा चिन्तन गरी त्यसमै रमाउने जागरुक मण्डलको नाम हो ऋषिहरू ।
विदुषी नारी अरुन्धतीलाई अग्रणी स्थानमा स्थाति गरी पूजनको दर्शन व्यापक छ नै, नारीको विदुषी शक्ति विकास गर्नमा सम्पूर्ण समाजको सहयोगको आह्वान छ त्यहाँ । मर्यादित विदुषी नारीको सम्मान गर्दै त्यही संस्कारीत परिवार र समाजको निर्माण गर्नु । नदी, तटमा सामूहिक सफाईको साथमा पूजन गर्नु, ३६५ प्रकारका वनस्पति अर्पण गर्न, पञ्चगव्य तथा पञ्चामृतबाट शुद्धिकरण गर्नु आप्mना त्रुटीहरूका प्रायःश्चित गर्नु आदी जो परम्परा कति वैज्ञानिक रहेका छन् । जल सम्पदा, गौ सम्पदा, वनस्पत्ति सम्पदाको स्वच्छता तथा संरक्षण संभार आ–आफ्ना गल्ती प्रति मनन तथा आगामी दिनमा त्रुटीरहित जीवन प्रतिको जागरुकता गराउने पर्व हो ऋषि पञ्चमी ।
यस्तो दर्शन बोकेको तीजमा हामीले के गर्दैछौं आज ? हामीले मनाउँदै गरेको तीज पर्वले समाजलाई कता लैजाँदै छ ? आजको तीज मनाइले अरु चाडपर्वजस्तै समाजलाई मर्यादा विहीन बनाउन सालैपिच्छे कति थप प्रोत्साहन गर्दैछ । जस्तै धर्मको नाममा अनावश्यक शरीर सजावट, धनको दर्शनले धनी गरीबको दूरी तथा निर्धन वर्षमा प्रतिशोधको भावनामा वृद्धि, जसबाट हत्या–हिंसा, चोरी–ठगीजस्ता जघन्य अपराधको वृद्धि, संस्कृतिको नामा आएको उच्छृंखताले चारित्रिक विकृतिको व्यापकता, अखाद्य भोजन अति भोजनबाट शारीरिक–मानसिक रोगमा वृद्धि, परिवारमा आ–आफ्नो दम्भले गर्दा सम्पत्तिमा कटुता, परिवारमा अमर्यादा, साम्प्रदायिक विभेद तथा धर्मको पाखण्डीपनको आडमा अरु धर्मावलम्बीहरूको अतिक्रमण गर्ने खुल अवसर, ईश्वरको नममा स्तरहिन अप्रायोगिक सामान चढाउने परम्पराले ल्याएको विकृति एक तर्फ चुलिंदै छ धर्मबाट प्रदर्शन । यसको ताजा अनुभव (बागमती सफाई अभियान गायत्री परिवारले शुभारम्भ गर्दा आराध्यदेव पशुपतिनाथ स्थान मुनि बागमति किनारमा पचासौं ट्रक यस्ता कचडा (फोहोर) उठाइएको थियो, छ ।
सम्रगमा स्थिति भयावह हुँदैछ । विचारशील आत्माहरू जागरुक भई हाम्रो संस्कृति अनुसारको परिपाटीहरू पुनः जीवित गराउन आवश्यक जागरण समाजमा ल्याउनुपर्ने माग गर्दैछ, आजको समय । यस्तो भएमा हाम्रो प्राचीन संस्कृतिको पुनरुत्थान गराउन सकिन्छ । हरेक मानिसमा रहेको देव भावनाको जागृत गराई फेरी उच्चस्तरको सभ्य शालिन समाज निर्माण हुन्छ भनि घोषणा गर्नुहुन्छ युग ऋषि पं. श्री राम शर्मा आचार्य ज्यू ।
(श्री काफ्ले काठमाण्डौ गायत्री परिवार बाँसबारीमा आवद्ध हुनुहुन्छ ।)