समुदाय तथा धार्मिक अगुवाहरुसंग कार्यशाला गोष्ठी

गौर । पिपुल इननीड (पिन) नेपालको आर्थिक सहयोग तथा आसमान नेपाल र हाम्रो पालोको साझेदारीमा संचालन भईरहेको आरम्भ परियोजना अन्तर्गत दुर्गा भगवती गाउँपालिकाका धार्मिक तथा सामाजिक अगुवाहरु, महिला, वडा सदस्यका लागि २.५ दिने लैगिंक रुपान्तरणका लागि समुदाय तथा धार्मिक अगुवाहरुसंग कार्यशाला गोष्ठी आज गौरको सिया पैलेसमा सम्पन्न भएको छ ।
उमेर पुगी मात्रै विवाह गर्न, समुदाय र सम्बन्धीत निकायलाई सकारात्मक सामाजिक मान्यताका लागि प्रोत्साहन गर्ने, लिंग र लैगिकता बारे जानकारी गराउने, लिंगको आधारमा हुने भेदभाव, शोषण तथा हिंसाबारे जानकारी गराउने, महिला तथा बालअधिकारबारे जानकारी लिई महिलामैत्री तथा बालमैत्री समाज निर्माणका लागि नेतृत्व विकास गर्ने, बाल विवाह विरुद्ध विद्यमान कानूनी व्यवस्था बारे जानकारी गराउने, उमेर पुगी मात्रै विवाह गर्न, समुदाय र सम्बन्धीत निकायलाई सकरात्मक प्रोत्साहनका लागि सामाुदायिक कार्ययोजना तयार गर्ने उद्देश्यले संचातिल कार्यक्रममा दुर्गा भगवती गाउँपालिकाबाट २५ जना सहभागिता रहेको थियो ।
तालिम पश्चात छनौट भएका १० जना चेन्ज च्याम्पनियले आआफना समुदाय, वडामा लैगिंक रुपान्तरका लागि विभिन्न गतिविहिरु संचालन गर्नेछन । साथै गाउँपालिकाका क्षेत्र भित्रमा विद्यमान बालविवाह, लैगिंक हिंसा जस्ता कुरीति विरुद्ध सचेत भई उमेर पुगी मात्रै विवाह, गर्न बालिका शिक्षामा उचित ध्यान दिन तथा समुदायलाई सकरात्मक परिवर्तका लागि समुहिक लिखित प्रतिबद्धता जाहेर गरेका छन् ।
मिति २०७६ भाद्र ४ गतेबाट शुरु भएको कार्यक्रमको उदघाटन दुर्गा भगवती गापाका अध्यक्ष अरुण कुमार साहले गर्नु भएको थियो भने सहजीकरण पुष्पराज महतरा र पुनम ठाकुरले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here