सरकारको बिकल्प खोज्नुपर्ने समय -डा . शशांक कोइराला

कांग्रेस महामन्त्री डा . शशांक कोइरालाले एस्तै परिसथिती रहे सरकारको बिकल्प खोज्नुपर्ने समय आउने बताएका छन ।

नेपाली कांग्रेस क्षेत्र न . १ दाँङद्वारा आयोजित हातेमालो तथा वडास्तरीय प्रसिक्षण कार्यक्रमको उद्घाटनलाई सम्बोधन गर्दै महामंत्री कोईरालाले  बर्तमान सरकारका कारण देशमा महंगी र भ्रष्टाचार बढ्दै गएको र शान्ती सुरक्षाको अवस्था कमजोर बनेको आरोप लगाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले भने- बर्तमान सरकारकै कारण देशमा राजनितिक्,आर्थीक,सामाजिक र सांस्कृतिक आराजकता बढन थालेको र यही अवस्था निरन्तर रहे सरकारको बिकल्पका बारेमा नेकपाकै नेताहरुले पनि छलफल गर्नु हुनेछ भन्ने मलाई बिश्वाश छ ,पार्टी भन्दा देश ठुलो हो, त्यसैले अहिलेको परिस्थिती र सरकारका बारेमा नेकपाका नेताहरुले पनि अवश्यनै छलफल गर्नुहुनेछ ।

महामन्त्री कोइरालाले केन्द्र र प्रदेश सबै तिर बहुमत हुँदा पनि पनि डेढ वर्षको अवधिमा  सरकारले जनअपेक्षा अनुरुप काम नगर्दा जनतामा सरकार  र सरकारका निकायहरुप्रती जनताको बिश्वाश गुम्न थालेको उल्लेख गरे ।

लोकतन्त्रमा जनताको गुनासो,आलोचना ,आउनु स्वभाबिक भएको उल्लेख गर्दै कोइरालाले जनाताको आलोचना र गुनासो पटक पटक दोहोरिदा पनि त्यसलाई लाई गम्भिरताका साथ नलिएर सरकारले गल्ती गरी रहेकोमा जोड दिए ।

शान्ती सुरक्षा र सुशासनमा सरकारको ध्यान नभएको प्रष्ट हुन थालेको र सत्तामा रहेको पार्टीका नेता कार्यकर्ता भन्दाअरुले सुरक्षाको महसुस गर्न नसकेको महामन्त्री  कोइरालाले उल्लेख गरे ।

कम्युनिष्टहरुलाई जनताले मत दिए पनि उनिहरुले देश र जनताको पक्षमा इमान्दार भएर काम गर्दैनन भन्ने अब जनताले  थाहापाइ सकेकोले अब देशमा कांग्रेसको बिकल्प नभएको भन्दै कोइरालाले पुर्ण उत्साह र जागरका साथ सङ्गठन गर्न थाल्न पनि सबैलाई आग्रह गरे ।

जनताले कम्युनिष्ट  पार्टीहरुको बिकल्प खोजे पनि कांग्रेसलाई जनताले बिश्वाश गर्न सक्ने पार्टीको रुपमा जनता माझ उभ्याउन पार्टिमा नेतृत्व परिवर्तन सहित युबाहरुलाई बिषेष भूमिका दिन जरुरी रहेको कोइरालाले उल्लेख गरे ।

पार्टी भित्र केहि समस्या देखिए पनि  समाधान गरिने उल्लेख गर्दै कोइरालाले अब युबा पुस्ता सशक्त भएर अघाडी आउनुपर्ने बताए ।पार्टी भित्र युबा पुस्ताको भबिष्यका लागी आफु जेसुकै गर्न पनि तयार रहेकोमा कोइरालाले जोड दिए ।

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य मिनेन्द्र रिजालले केन्द्रिय समितिको यो कार्यकालमा बर्तमान शभापतिलाई सबैले सहयोग गर्नुपर्ने र आगामी महाधिबेशनबाट पार्टिको नेतृत्व परिवर्तन गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताए ।

कसैको पक्ष बिपक्षमा भन्दा पनि समयको आवाश्यकतालाई सबैले बुझ्नु पर्नेमा नेता रिजालाले जोड दिए ।नेता रिजालले पार्टिको पछिल्लो बिधान , नियमावली र अन्य बिषयमा प्रषिक्षण समेत प्रदान गरेका थिए ।

कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्यहरु दीपक गीरी, राम कृष्ण यादव , पूर्ब मंत्री तथा बर्दिया शभापति संजय गौतम लगायतका नेताहरुले आ-आफ्नो धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here