उखुको बाँकी पैसा नतिर्ने उधोगपतिलाई किसानको जिम्मा लगाउने मन्त्रीयादवको चेतावनी

नेपाल सरकारका उधोग वाणिज्य तथा आपुर्ती मन्त्री मात्रिका प्रसाद यादवले उखुको बाँकी पैसा नतिर्ने उधोगपतिलाई किसानको जिम्मा लगाउने मन्त्रीयादवको चेतावनी दिएका छन् ।
रौतहटको यमुनामाई गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले उखुको पैसा तत्काल तिर्न उधोगपतिहरुलाई आग्रह गर्नु भएको छ ।
आफु उधोग मन्त्री भएकोले उधोगपतिकै पक्षमा हुने हाम्रो दायित्व रहेपनि बर्षै देखि उखु लिई पैसा नतिर्ने उधोगपति किसानकै जिम्मा लगाउन चेतानी दिनु भएको हो ।
मन्त्री यादवले उधोगपतिहरुलाई मैले किसानको बाँकी पैसा तिर्न पटक पटक आग्रह गरिसकेको छु । किसानहरुले बाँकी पैसाको लागि आन्दोलन गरे आन्दोलनकारीकै पक्षमा आफु रहेर उधोगपतिलाई पैसा नतिरुन्जेल किसानकै घरमा राख्ने बोल्नु भयो ।
किसानको घरमा उधोगपतिलाई छाल्ही भात खुवाइए पनि निद्रा नलाग्ने दाबी गर्दै मन्त्री यादवले उनीहरु पैसा तिर्न बाध्य हुने छन् बोल्नु भयो ।

ज्योति डिस्टिलरी, बाबा डिस्टिलरी र श्रीराम सुगर मिल्सबाट पिडित किसानले क्षतीपुर्ती पाउने – मन्त्री यादव
नेपाल सरकारका उधोग वाणिज्य तथा आपुर्ती मन्त्री मात्रिका प्रसाद यादवले ज्योति डिस्टिलरी, बाबा डिस्टिलरी र श्रीराम सुगर मिल्सबाट पिडित किसानले क्षतीपुर्ती पाउने कुरा बताउनु भएको छ । ती उधोगहरुबाट निस्केको विसाक्त युक्त पानीले विगत वर्षमा हजारौ विगहा खेतमा लगाएको धान वाली नष्ट भएको पिडामा रहेका यमुनामाई गाउँपालिकाका पिडित किसानले आग्रह गरेपछि मन्त्री यादव छतिपुर्तीका लागि आफुले पहल गरिदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here