नेपालमा न्याय पाउन गाह्रो

फिरौती रकमको लागि १२ बर्षिय छोराको अपहरण गरी निर्ममतापूर्वक हत्यामा संलग्न रहेको आरोपमा पक्राउ भएर पुर्पक्षका लागि गौर कारागारमा रहेका मध्ये गत विहिवार सर्वोच्च अदालतको आदेशबाट मुख्य योजनाकार नै साधारण तारेखमा मुक्त भएकोमा नेपालमा न्याय पाउन गाह्रो रहेको पिडित परिवारल आपत्ती जनाएको छ ।


रौतहटको चन्द्रपुरको हिमालयन गेष्ट हाउसमा दिलिप साह र वविता देवी साहले शनिवार आयोजना गरिएका पत्रकार सम्मेलन मार्फत घरमा सुतिरहेको बालकलाई अपरहण गरेर फिरौती माग्ने र केही घण्टामै निर्ममतापूर्वक हात खुटा भाँचेर हत्या गर्नमा संलग्न रहेका प्रमुख योजनाकार सहित १७ जनाको विरुद्ध किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दिएका मध्ये तत्कालै प्रहरीले १२ जनालाई समातेर अदालतमा मुद्दा चलाउदा अदालतबाट पुर्पक्षका लागि गौर कारागार चलान गरियो ।
कारागार चलान भएका मध्ये योजनाकार रामबालक राय यादव र कृष्ण अवतार रायलाई गत विहिवार सर्वोच्च अदालतको न्यायाधिशद्धय इश्वर प्रसाद खतिवडा र कुमार रेग्मीको इजलास नम्वर ६ बाट समान्य तारेखमा रिहा गरेकोमा साह दम्पत्तीले पत्रकार सम्मेलनमा गम्भर आपत्ती प्रकट गरे ।
रौतहटको कटहरिया नगरपालिका वडा नम्वर ९ डुमरिया टोलका दिलिप साहको १२ बिर्षिय छोरा शनिदेवल भन्ने युवराज साह घरमा सुतिरहेको अवस्थामा २०७५ जेठ २६ गते राति अपराधिक समुहले अपहरण गरेका थिए । आफ्नै घरमा सुतिरहेका बालकलाई अपराधीक समूहले अपहरण गरेर लगेको २४ घण्टा नबित्दै बालकको हातखुट्टा भाचेर निर्मम कुटपिट पछि कन्चटमा गोली हानेर हत्या गरेको थियो ।
एक करोड फिरौतीका माँग गरेपनि अपराधिक समूहले अपहरणको २४ घण्टा नबित्दै १२ वर्षिय युवराज साहको गोली हानी विभत्स हत्यामा मुख्य योजनाकार सहित सोही वडाका अध्यक्ष रामअज्ञा यादव गरी १२ जनालाई प्रहरीले पक्राउ गरेर अभियोग पत्र सहित अपहरण, शरिर बन्धक, फिरौत सहित कत्तव्य ज्यानको मुद्दामा जिल्ला अदालगत गौरबाट पुर्पक्षका लागि गौर कारागार चलान भएका थिए । पुर्पक्षका लागि गौर कारागारमा रहेका प्रतिवादीहरुका आफन्तहरु सर्वोच्च अदालतमा कुन प्रक्रियाबाट योजनाकार सहित दुई जनालाई सामान्य तारेखमा रिहा गर्ने आदेश दिदा आफूहरु माफि ठूला अन्याय भएको साह दम्पत्तीले गुनासो गरे ।
एकलो छोरा जसले कसैलाई के विगारेको थियो, सुतिरहेको अवस्थामा अपहरण गर्नु र हत्या गरेका व्यक्तिहरुलाई सर्वोच्चबाट रिहा गर्दा अव न्याय कसरी पाउने भन्दै सर्वेच्चको फैसला माथि प्रश्न चिन्ह खडा गर्दै प्रत्येक शुक्रवार उक्त मुद्दाको सुनवाई हुने हुँदा सेडुलमा मुद्दा हुन्थ्यो तर गत साता उक्त मुद्दा सेडुलमा नहुँदा एक्कासी विहिवार पेशीमा चढाएर आफूलाई जानकारी न दिई सामान्य तारेखमा रिहा गर्ने आदेश आउनु पक्कै न्याय पनि पैशालको बलमा विक्री भईरहेको आमा वविता देवीले लगाइन ।


एक मात्र छोरा रहेको त्यसलाई पनि यीनीहरु अपहरण गरेर १ करोड फिरौती माँग गरेको २४ घण्टा नवित्दै हत्या गरेको पिडा छदैछ तर पिडकहरु विस्तारै विस्तारै सर्वोच्चको निर्णयबाट छुट्ने क्रम जारी रहेको हुँदा न्याय मिल्छ कि मिल्दैन आशंका उब्जीएको साहले भने । सो पत्रकार सम्मेलनमा बालकको आमा बविता देवी साहले छोरा वियोगको पिडा कस्तो हुन्छ त्यो मैले भोगिरहेको छु, आफनो वेदना र दुख कसलाई सुनाउ, एक मात्र आश अदालतबाट छोरालाई हत्या गर्नेहरुलाई सजाय पाएको देख्न चाहन्छु, अहिलेको गतिविधि हेर्दा न्याय पाउन कठिन रहेको र छोराले कहिले न्याय पाउलान ? भने प्रश्न उनले गरिन ।
न्यालय प्रति विश्वास छ तर फरार रहेका प्रहरी जवान होसनारायण यादव सहित पाँच जनालाई अझै प्रहरीले पक्राउ गर्न सकेको छैनन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here