श्रीप्रसाद मुखिया डबल मुखिया – मन्त्री यादव

नेपाल सरकारका उधोग वाणिज्य तथा आपुर्ती मन्त्री मात्रिका प्रसाद यादवले रौतहटको यमुनामाई गाउँपालिकाका गाउँपालिका अध्यक्ष श्रीप्रसाद मुखिया डबल मुखिया रहेको कुरा बताउनु भएको छ । गाउँपालिका अध्यक्ष मुखियाको गाउँमा गाउँपालिकाद्धारा आयोजित विशेष समारोहमा प्रमुख अतिथ्यको आसनबाट बोल्दै मन्त्री यादवले गाउँपालिका अध्यक्ष श्रीप्रसाद मुखिया पदले र जातले समेत मुखिया रहेकोले उहाँ डबल मुखिया भएको बोल्नु भयो ।
श्रीप्रसाद मुखियाको कामको प्रसंसा गर्दै मन्त्री यादवले यमुनामाई गाउँपालिका लगायत देशका सबै स्थानिय तहमा ग्रामीण उधोग खोल्नका लागि सरकार सहयोग गर्न तयार रहेको घोषणा दोहरयाउनुु भयो । मन्त्री यादवले ग्रामीण उधोगका लागि कम्तीमा स्थानिय तहसंग सात विगहा जग्गा हुनु पर्ने कागजात सहित मन्त्रालयमा निवेदन दिए मन्त्रालयले आवश्यक पुर्वाधारका लागि सहयोग गर्ने जानकारी दिनु भयो ।

सो उधोगमा केन्द्र सरकार प्रदेश सरकार समेतको सहयोग हुने उहाँले बताउनु भयो ।
उखुको बाँकी पैसा नतिर्ने उधोगपतिलाई किसानको जिम्मा लगाउने मन्त्रीयादवको चेतावनी
नेपाल सरकारका उधोग वाणिज्य तथा आपुर्ती मन्त्री मात्रिका प्रसाद यादवले उखुको बाँकी पैसा नतिर्ने उधोगपतिलाई किसानको जिम्मा लगाउने मन्त्रीयादवको चेतावनी दिएका छन् ।
रौतहटको यमुनामाई गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले उखुको पैसा तत्काल तिर्न उधोगपतिहरुलाई आग्रह गर्नु भएको छ ।
आफु उधोग मन्त्री भएकोले उधोगपतिकै पक्षमा हुने हाम्रो दायित्व रहेपनि बर्षै देखि उखु लिई पैसा नतिर्ने उधोगपति किसानकै जिम्मा लगाउन चेतानी दिनु भएको हो ।
मन्त्री यादवले उधोगपतिहरुलाई मैले किसानको बाँकी पैसा तिर्न पटक पटक आग्रह गरिसकेको छु । किसानहरुले बाँकी पैसाको लागि आन्दोलन गरे आन्दोलनकारीकै पक्षमा आफु रहेर उधोगपतिलाई पैसा नतिरुन्जेल किसानकै घरमा राख्ने बोल्नु भयो ।
किसानको घरमा उधोगपतिलाई छाल्ही भात खुवाइए पनि निद्रा नलाग्ने दाबी गर्दै मन्त्री यादवले उनीहरु पैसा तिर्न बाध्य हुने छन् बोल्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here