बागमती समस्याको स्थलगत अध्ययन ,नेपाल .भारत बिच निरन्तर सहकार्य संवाद जरुरी

गौर । नेपाल भारत खुला सिमा सम्बाद समुह जनकपुरधाम द्वारा आयोजित बागमति समस्याको स्थलगत अध्ययन गरिएको छ । टोलीले बागमती समस्याको स्थलगत अध्ययनबाट ,नेपाल .भारत बिच निरन्तर सहकार्य संवादबाट समाधान खोजनु पर्ने जरुरी रहेको अ‍ैल्याएको छ ।

बागमती नदि कटान डुवान लगायतका सम्स्याबाट प्रभावित दुबै देशका स्थानिय बासी जनप्रतिनिधिहरु संगको सम्बादको आधारमा अध्ययन गरिएको हो ।


अध्ययन बारे नेपाल भारत खुला सिमा सम्बाद समुह जनकपुरधामका अध्यक्ष राजिव कुमार झाले दिनु भएको जानकारी अनुसार ,दुबै तिर बांधिएको बाध पुरानो भै जरजर अबस्थामा रहेको,दुबै देशको साझा समस्या भएकोले दुबै देशको सरकारले नदिको उदगम बिन्दु देखि अन्त सम्म साझा रुपमा समाधान खोज्ने ,नेपाल तिर को बांध सिमाना भन्दा छ मिटर वरौ सम्म मात्र छ जस्लाइ रुसलपुर देखि ढेंग सम्म जोढ््ने,चुरे क्षेत्रमा भएको बन बिनास (चारकोसे झाडि)लाई बृक्षारोपन गरि पहिलेको अबस्थामा लयाउने ,दुबै तिर सिमा साइडको प्रशासनिक निकाइको निरन्तर संवाद हुनु ,दुबै तिरको सुरक्षा सहित नागरिक समस्या माथी पनि सम्बाद हुनु ,दुबै तिरको जनप्रतिनिधि नगरिक समाज पत्रकारको सहभागितामा नागरिक समस्या माथी सम्बाद जरुरी रहेको उहाँले बताउनु भयो ।

बागमति समस्याको स्थलगत अध्ययन टोलीमा नेपालको तर्फबाट नेपाल भारत खुला सिमा सम्बाद समुह जनकपुरधामका संयोजक राजीव झा, बरिष्ठ पत्रकार चन्द्रकिशोर, पुर्ब उपसचिव कुशेस्वर,नेपाल पत्रकारमहासंघ रौतहटका पुर्व अध्यक्ष प्रेमचन्द्र झा भारतको तर्फबाट विद्वान अरुण दास , नगेन्द्र सिंह, चन्द्रेश्वर नारायण सिंह, मुखिया , बसबिट्टा ,( सीतामढ़ी, बिहार) लगायतका रहेका थिए ।

अध्ययन टोलीले नेपालको गौर, गढिमाई, माधवनारायण नपा र दुर्गाभगवती गाउपालिकाको विभिन्न स्थानमा समस्या बारे अध्ययन गरेका छन्् । भारत तर्फ बसविटा, बैरगनिया, मुसाचक, भकुरहर, रुसुलपुर, ढेङ, मनियारी लगायतका स्थानमा पुगी स्थलगत गरेको थियो ।

अध्ययन टोलीले गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ता, राजदेवी नगरपालिकाका नगर प्रमुख धिरेन्द्र कुमार सिंह, रौतहट क्षेत्र नंम्बर १ का पुर्व संसद बबन सिंह, दुर्गा भगवती गाउँपालिकाका वडा नं. ३ का अध्यक्ष डिके झा, गढिमाई नगरपालिकाका नगर उपप्रमुख सुभद्र गुप्ता, वडा नमबर ७ का अध्यक्ष मोहमद जुबैर अनसारी, माधवनारायण नगरपालिकाका नगर प्रमुख विरेन्द्र यादव लगायतका जनप्रतिनिधि नागरिक अगुवा सर्वसाधारण जनता संग अध्ययन टोलीले संवाद गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here