बाढी प्रभावित घरपरिवारहरुको लागि राहत सामग्री बितरण

कलैया– भाद्र –१७ बारा ।
बाराको फेटा गा.पा. र जितपुर सिमरा उप.म.ग.न.पा मा तिन सय पचास बाढी प्रभावित घरपरिवारहरुको लागि राहत सामग्री बितरण भएको छ ।
गत असार २७ गते देखि आएको अबिरल बर्षाको कारण प्रभावित भएको परिवारहरुलाई जिवन आपनमा राहत हुने उदेश्यले संरक्षण नेपाल बारा र बहुउदेश्यीय सामुदायिक बिकास सेवा ललितपुरकोे सहयोगमा सो सामग्रीहरु बितरण गरिएको हो ।
बाढी प्रभावित प्रत्येक घरपरिवारहरुको लागि राहत सामग्रीहरु मध्ये झुल १ थान, ताना १ थान, तकिया २ थान, फोम १ थान लगायतका सामग्रीहरु बितरण गरिएको संरक्षण नेपालको अध्यक्ष बृजमोहन कुशवाहा बताए ।


उतm सामग्री बितरण कार्यक्रम फेटा गा.पा वडा नं १ का जयप्रकाश दास, जितपुर सिमरा उपमहानगरपालिका वडा नं ८ का वडा अध्यक्ष रामबाबु राउत कुर्मीको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा संरक्षण नेपालका बृजमोहन कुशवाहा, एम.सि.डि.एस.का दिपक खडका, संस्थाका मुकेश कुशवाहा, प्रभु मण्डल, हिरालाल चौधरी तथा सशतm बल र प्रहरी चौकीका प्रहरीहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here