गाई–गोरु मरेको घटनालाई नेपलागन्जका मेयर डाक्टर धवलशम्सेर राणालेहत्या नभएर भवितव्य घटना भएको बताए

नेपालगन्ज : सुर्खेतको कट्कुवामा भएको गाई–गोरु मरेको घटनालाई नेपलागन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणाले हत्या नभएर भवितव्य घटना भएको भन्दै आलटाल गर्ने प्रयास गरेका छन् ।गाईको हत्या नियतबस नभएर भवितव्य भएको उनको दाबी छ । मंगलबार नेपालगन्जमा पत्रकारसँग कुराकानी गर्दै मेयर राणाले उपमहानगरपालिका पहिले देखि नै छाडा पशुको संरक्षण र उचित व्यवस्थापनका लागि चिन्तित भएको जिकिर गरेका छन् ।’छाडा चौपाया नियन्त्रणका लागि प्रदेश सरकारलाई आग्रह गरिएको थियो उनले भने ‘तर, प्रदेश सरकारबाट कुनै सहयोग हुन सकेको छैन् ।’
चरनको अभावले कान्जि हाउसमै दैनिक ३/४ वटा र सडकमा १/२ वटा गाई मर्न लागेकाले बाध्य भएर दैलेखमा उक्त गाईहरू पठाइएको राणाले जिकर गरेका छन् । तर, यसरी गाई–गोरू दैलेख पठाउँदा उनले सरकारी मापदण्ड भने पुरा गरेको देखिदैन् ।‘गाईलाई मार्ने न त हाम्रो नियत हो न त ईच्छा नै हो तर, भवितव्यबस यो दुःखद् दुर्घटना भयो’ मेयर राणाले भने ‘पहिलेबाटै बिरामी र कमजोर अवस्थामा रहेका गाईहरू गाडीमा एकसाथ धेरै हालिएकाले थिचिएर मरेको हुनसक्छ ।’ मेयर राणाले उक्त घटना हुँदा आफू काम बिशेषले जिल्ला बाहिर रहेको र यस्तो अवस्था आउला भनेर कल्पना समेत नगरेको बताए ।‘गाईको व्यवस्थापनका लागि धेरै काम गर्दागर्दै आज यो दुर्घटना हुन गयो’ मेयर राणाले भने–‘राम्रो होस् भनेर गरेको काममा यस्तो नतिजा आयो ।’मेयर राणाले भने–‘एक्लो प्रयासमा नसकिने रहेछ ।’ बर्दियाको बाँसगढी नगरपालिका लगायतले पहाडी जिल्लामा गाई पठाएको थाहा पाए पछि आफुहरूले पनि गाई दैलेख पठाएको उनको भनाई छ ।‘कार्यकारी प्रमुखले पत्र लेख्नुभयो । सम्बन्धित ठाउँमा कुरा गर्नुभयो । हाम्रो नगर प्रहरी निरीक्षककै अगुवाईमा गाई पठाइएको हो ।’ मेयर राणाले भने–‘त्यसै पनि बिरामी गाई। कान्जीहाउसमा बसेका । यहाँबाट ट्रकमा लैजादा त्यही भित्र मरे छन् ।’भिरबाट खसालेर मारेको शतप्रतिशत गलत भएको उनले दाबी गरेका छन् । भिरबाट खसालेर नमारेपनि मरेका वा मारिएका गाईलाई भिरबाट खसाल्न समेत पाईदैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here