जिल्लाको मुसहर बस्ति स्मार्ट बन्दै

रौतहट। तराइ मधेशमा मुसहर बस्ति भन्ने बितिकै गरीवी, अशिक्षा र रोगले थलिएको बस्ति भन्ने बुझाइ छ । रौतहटका धेरै जसो मुसहरबस्ति त्यस्तै बिचल्लीमा बांचिरहेको छ ।

तर, जिल्लाको गुजरा नपा ५ लक्ष्मिपुरमा रहेको एउटा मुसहर बस्ति स्मार्ट बन्दै गएको छ । करीव १० बर्ष अघि सम्म सो बस्ति गरीवी, अभाव र फोहरले आक्रान्त थियो । फुसका घरहरु थिए । खरले छाएको पुराना झुपडीहरुमा उनीहरु बस्दै आएका थिए । अहिले केहीले इटाको घर बनाएका छन भने केहीले सिमेन्टको टालयले छाएर बांसको टाटीको घर बनाएका छन ।

पछिल्ला बर्षहरुमा उनीहरुको जीवनशैली फेरीएको छ । बस्तिमा ३० घर मुसहर जातीको बसोवास रहेको छ । अधिकाशको घरमा एन्ड्रोएड मोवाइल छ । संचारको पहुच छ । गाउका बिचमा घर भएका प्रलाद माझी मुसहरले सामुहिक रुपमा पैसा तिर्ने गरी इन्टरनेट जडान गरेका छन । त्यहीबाट गाउका युवा युवती फेसबुक, युट्युव चलाउछन । देश बिदेशका खवर लिन्छन । आठ महिना अघि गाउमा वाइफाइ जडान गरीएको हो ।

गाउमा इन्टरनेट भएपछि समाचारहरु पढ्न तथा हेर्न समेत सजिलो भएकाले मासिक १५ सय दामासाही हिसावले उठाएर इन्टरनेटको बिल तिर्ने गरेको स्थानिय नथुनि माझी मुसहरले बताउनु भयो ।

एसएलसी उतिर्ण गरेकी रबिना माझीले भनिन,‘वाइफाइले नया नया जानकारी लिन तथा फोनगर्न समेत सस्तो र सजिलो बनाएको छ ।’ उनी जस्तै गाउकी ललिता देवी र दिपिया देवी माझी पनि एसएलसी उर्तिण महिला हुन । उनीहरुले टोलका मुसहर बालबालिकाहरुलाइ ट्युसन पढाउदै आएका छन ।

रौतहट जिल्लामा ६० वटा मुसहर जाती बसोवास गर्ने साना ठुला बस्ति छन । २ हजार ५० वटा घर छन । १५ हजार ३ सय करीव उनीहरुको जनसख्या छ । करीव दुइ महिना अघि आएको बाढीले अधिकाश मुसहर बस्तिमा बिचल्ली बनाएको छ । अझै पनि धेरै मुसहरले घामपानी छेक्ने झुपडी बनाउन नसकेको गुनासो रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here