‘तीव्ररुपमा विकास गर्न सकिएन भने जनतामा बेचैन बढेर जाने खतरा छ,-प्रचण्ड

g]skfsf cWoIf …k|r08ÚnfO{ :jfut ub}{ k|d'v bfxfn Mg]kfn sDo'lgi6 kf6L{ -g]skf_sf cWoIf k'iksdn bfxfn …k|r08ÚnfO{ a'waf/ e/tk'/ ljdfg:yndf :jfut ub}{ e/tk'/ dxfgu/kflnsf k|d'v /]g' bfxfn . t:jL/ M gf/fo0f clwsf/L

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निराशाले जनतामा बेचैन बढेर जाने खतरा बढेको बताएका छन् । आज भरतपुर महानगरपालिकाले गरेको ‘भरतपुर विमानस्थल विस्तार एवम् सुधार’ सम्बन्धमा सरोकारवाला बीचको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले जनतालाई निराश हुन नदिन हरेक क्षेत्रमा एक्सनमा गएर काम गर्नुपर्ने बताए । उनले भने, ‘तीव्ररुपमा विकास गर्न सकिएन भने जनतामा बेचैन बढेर जाने खतरा छ, त्यसलै छिटो काम गरेर नेपाल विकासको युगमा गयो भन्ने सन्देश दिन जरुरी छ ।’

देशले फेरि अराजकता र अन्योलता थेग्न नसक्ने भन्दै अध्यक्ष प्रचण्डले हरेक क्षेत्रमा एक्सनका साथ काम गर्दै देशमै रोजगार सृजना गरेर युवालाई आस्वस्त पार्नुपर्ने समय आएको बताए । उनले चितवनलाई नयाँ मोडेलको रुपमा विकास गर्न खोजेको भन्दै केही तत्वहरु जनतालाई भ्रम पार्न र विकासको विरोधमा लागि परेको आरोप लगाए ।

‘काठमाडौंको वैकल्पिक विमानस्थलको रुपमा भरतपुर विमानस्थलको विस्तार गर्नुपर्छ’ उनले भने’, ‘नवलपरासी, मकवानपुर, तनहुँ, गोरखा र धादिङको केन्द्र पनि भरतपुर हो ।’ उनले मेघौली विमानस्थललाई वैकल्पिकरुपमा राखेर पूर्वाधार विकास गर्दै लैजानुपर्ने धारणा राखे ।

अध्यक्ष प्रचण्डले भरतपुर विमानस्थल जोखिमयुक्त हुँदै गएको महसुस आफूले गरेको भन्दै सुधार गर्ने र वैकल्पिक बारेमा तत्काल कदम चालिने प्रतिबद्धता जनाए । उनले भने, ‘पर्यटन मन्त्रालयको राष्ट्रिय कार्ययोजनामा भरतपुर विमानस्थललाई पारेकोमा म पर्यटन मन्त्रीलाई धन्यबाद दिन चाहान्छु, अब बैठक बस्ने होइन एक्सनमा जाने बेला हो ।’ उनले एकहप्ता भित्र रक्षा मन्त्री, प्रधानसेनापति र पर्यटनमन्त्री सहितको बैठक आब्हान गर्ने प्रतिबद्धता जनाए ।

उनले भरतपुर विमानस्थल विस्तारका लागि रक्षामन्त्री र प्रधानसेनापति पनि सकरात्मक रहेको धारणा राखे । भरतपुरमा भएको सर्वपक्षीय छलफलबाट भरतपुर विमानस्थलको विस्तारका लागि कसरी अघि बढ्ने भन्ने आधार तयार भएको प्रचण्डको बिश्वास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here