ईशनाथ नगरपालिकामा भएको भ्रष्ट्राचार तथा अनियमित काम छानविन गर्न स्थानियले बुझाए नगर प्रमुख सन्तोष कुमार मेहतालाई चेतावनी सहितको ज्ञापनपत्र

रौतहटको ईशनाथ नगरपालिकामा स्थानिय सर्वसधारण जनताले विभिन्न माग राखि नगर प्रमुख सन्तोष कुमार मेहतालाई ज्ञापनपत्र बुझाएका छन् । स्थानिय समाजसेवी तथा राजनैतीक दलका नेता र कार्यकर्ता सहितका जनताले ९ बुन्दे ज्ञापन पत्र बुझाएका छन् ।


सो ज्ञापन पत्र अनुसार आर्थिक वर्ष २०७४÷०७५ र २०७५÷०७६ को आय व्यय, प्रगति विवरण सार्वजनिक गर्नुपर्ने, समाजिक सुरक्षा तथा बालपोषणको रकममा भएको व्यापक अनियमित्ता छानविन गर्नुपर्ने, स्थानिय सरकार गठन भएपस्चात नगरपालिकाको कुनै पनि विधालयमा छात्रबृति वितरण नगरेकोले गर्नुपर्ने, नेपाल सरकारले शिक्षालाई गुन्स्तरिय बनाउन विधालयमा दिएको दिवा खाजा कार्यक्रममा भएको अनियमित्ता छानविन गर्नु पर्ने, नगरपालिकाको सबै वडामा सार्वजनिक शौचालय निर्माण गर्नु पर्ने, विना प्रक्रिया टेण्डर वा उपभोक्ता समिति नबनाई मात्र कमिशन लिई आफ्नो कार्यकर्ता नातेदारलाई पेश्की तथा भुक्तानी दिएको छानविन गर्नुपर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रममा भएको अनियमित्ता छानविन गर्नुपर्ने र पाढपिडितको राहत वितरणमा भएको आर्थिक अनियमित्ता छानविन गर्नुपर्ने लगायतका माग राखि ज्ञापनपत्र दिएको नेकपाका नेता एवं नगर प्रमुखका प्रत्यासी रामबचन साहले जानकारी दिनु भयो ।


सो ज्ञापनपत्रमा उल्लेख विषयहरुमा दश दिन भित्र पहल नगरिए असोज १ गते देखि आनदोलनका कार्यक्रम धोषणा गरि धर्ना बस्ने चेतावनी सहितको कुरा उल्लेख रहेका छन् ।
सो ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय रौतहट, पत्रकार महासंघ रौतहट, संधिय माािला तथा समान्य प्रशासन मन्त्रालय काठमाण्डौ र अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय प्रदेश नम्बर दुई वर्दिवासलाई बोधार्थ तथा कार्ययार्थ गरि पठाईएको समाजवादी फोरका नेता रामनारायण यादवले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here