भौतिक पूर्वाधार निर्माण ,शिक्षा तथा सडक निर्माण कार्य प्रदेश सभा सदस्य नागेन्द्र प्रसाद सिन्हाको प्राथमिकता

गौर, ।प्रदेश २का प्रदेश सभा सदस्य नागेन्द्र प्रसाद सिन्हाले गत वर्षको संसदिय विकास कोषको बजेटबाट भौतिक पूर्वाधार निर्माण ,शिक्षा तथा सडक निर्माण कार्य प्राथमिकताका साथ सम्पन्न भएको बताउनुभएको छ ।


रौतहटको इशनाथ नगरपालिका स्थित आफनै निवासमा संसदिय विकास कोषको दुइ करोड ३०लाखको बजेटको बिकास निर्माण कार्य सार्वजनिक गर्दै प्रदेश सभा सदस्य सिन्हाले यस्तो बताउनुभएको हो ।


प्रदेश सभा सदस्य सिन्हाले संसदिय विकास कोषको बजेटबाट नया सडक निर्माण ,सडक ढलान ,नाला निर्माण ,मठ मन्दिर संरक्षण तथा जिर्णोद्धार ,खानेपानी अन्तर्गत हैण्डपाइप जडान ,कब्रिस्तान पर्खाल निर्माण लगायतका विकास निर्माण कार्यलाइ प्राथमिकता दिइएको बताउनुभयो ।


पत्रकार द्धारा सोधिएको एक प्रश्नको जवाफ दिदै उहा“ले चालु आर्थिक वर्षमा खासगरी कृषि र स्वास्थ्य क्षेत्रका समस्याहरुलाइ सामाधान गर्ने आफ्रनो लक्ष्य रहेको बताउदै प्रदेश सभा सदस्य सिन्हाले चुनावको समयमा आफुले जनतासंग गरेको वाचा पुरा गरेर छाडने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।


उहा“ले औरैया देखि बन्जरहा सम्म नया सडक निर्माण ,इशनाथ मंदिरको पर्खाल निर्माण ,औरैया स्थित नया“ कब्रिस्तान तथा पर्खाल निर्माण ,औरैयामा काली मंदिर निर्माण ,वडा नं. २मा हनुमान मंदिर मर्मत ,महुलियामा छठ घाट निर्माण ,महुलियामा जनजगाहको पर्खाल निर्माण संगै शमशान घाट निर्माण ,जयनगरमा कब्रिस्तान पर्खाल निर्माण ,जयनगर दलित टोलमा नया सडक ढलान ,वडा नं. ६मा नाला निर्माण ,जोकहामा जनजगाह पर्खाल निर्माण ,वडा नं. ७मा मस्जिद मर्मत तथा शौचालय निर्माण जस्ता विकास निर्माण भएको बताउनुभयो ।


त्यसैगरी वडा नं. ७छोटा घिउरामा भगवती मंदिर मर्मत ,वडा नं. ८ मनसरी टोलमा रामजानकी मंदिर मर्मत ,डुमरियामा मखतब निर्माण ,राजपुर नगरपालिका १ भगवानपुरमा भगवती तथा ब्रह्म बाबा मंदिर मर्मत ,राजपुर नपा २मा तितलीमाइ मंदिर मर्मत ,औरैया ,लौतना ,लक्ष्मिनिया ,पिपरा ,डुमरिया लगायतका गाउ“मा ३६वटा हैण्डपाइप जडान गरिएको जानकारी दिनुभयो ।


यस्तै वडा नं. २मा जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको ,डुमरिया हाइस्कुलको छत ढलान ,राजपुर नपा ८ वलुवामा मदरसा निर्माण ,जटहरामा मंदिर निर्माण लगायत दुइ दर्जन विकासे योजनाको कार्य सम्पन्न भएको पत्रकार सम्मेलनमा सार्वजनिक गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here