वृन्दावन नगरपालिकाको नगर सभाको उद्घाटन सम्पन्न

रौतहटको वृन्दावन नगरपालिकाको तेस्रो नगर सभाको खुल्ला सत्र सम्पन्न भएको छ ।
वृन्दावन नगरपालिकाका नगर प्रमुख राम स्नेहि यादवले आज नगर सभाको उद्घाटन गर्नु हुदै नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नु भएको छ ।
कुल ४५ करोड २३ लाख ०६ हजार बराबरको बजेट पेश गरिएको हो ।

नगर प्रमुख यादवले बिरेन्द्र राजमार्ग देखि नगरपालिका जोडने सडक स्तरुन्नोतिगरिने , नगर क्षेत्रमा रहेको सिमसारलाइ पर्यटकीय स्थलको रूपमा बिकाश गरिने , शिक्षा , कृषि , स्वास्थ्य , सुशासन एबम सुचनाको हक र अधिकार लगायतका बिषयमा प्रमुख प्राथमिकता राखी कार्य अगाडी बढाइने बताउनु भयो ।


खुल्ला सत्रमा पेश भएको नीति कार्यक्रम तथा बजेट बारे बोल्नु हुदै वडा अध्यक्ष श्यामनन्दन यादवले प्रस्तुत भएको नीति कार्यक्रम तथा बजेट स्वागत योग्य भएको तथा यसलाई ब्यबहारमा समेत लागु गर्न एबम नगरक्षेत्रमा तत्काल एमबिबिएस डाक्टरको ब्यबस्था गर्न नगर प्रमुख संग आग्रह गर्नु भयो ।


बिगतका दिनमा समेत नगरपालिकाले स्वच्छ तवरले काम गरेको तर साना साना कुरामा ध्यान नदिनाले हाल आएर सोहि कुरालाई मुद्दा बनाएर केहि व्यक्ति संघर्षमा उत्रेको बताउंदै अब पूर्ण सतर्क भएर काम गर्न वडा अध्यक्ष यादवले सबै लाइ आग्रह गर्नु भयो । प्रत्येक योजनाको होर्डिंग बोर्ड अनिबार्य लाउने बानिको बिकाश गर्न सबै संग आग्रह गर्नु भयो ।


खुल्ला सत्रको समापन पश्चात युवाहरुको मांग सम्बन्धमा संचारकर्मी संग कुरा गर्नु हुदै वृन्दावन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादव भन्नु हुन्छ ,“आफु हरु अधिकांश माग पुरा गर्न तर्फ लागि परेका छौ ,केहि भोलि देखि नै पुरा गर्न तर्फ लाग्छु , एकदम सकारात्मक मांगहरु रहेको छ , आशा छ हामिहरुको काम कारबाहीबाट वहाहरु सन्तुष्ट हुनु हुनेछ “।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here