नेपाली काग्रेसका जिल्ला कार्य समितिको बैठक पदाधिकारी तथा सदस्यहरुले बहिस्कारगरेका छन् । जिल्ला कार्यसमिति सभापति कृष्णा यादवले मनोमानी ढङले पार्टी विधान विपरित एकलौटी तानाशाही ढङले कार्य समितिमा पदाधिकारी मनोनयन गरेको आरोप लगाउदै बैठक बहिस्कार गरेका हुन ।
रौतहट क्षेत्र नं. २ बाट समानुपातिक प्रदेश सभा सदस्य शेख रासिद अलि उर्फ फुलवाबुको नेतृत्वका सत्र जनाले बैठक बहिस्कार गरेका छन् ।
काग्रेसमा विधान चल्छ मनोपोली चल्दैन् –मोहम्द आफताव आलम
नेपाली काग्रेस रौतहटका बरिष्ठ नेता, पुर्व मन्त्री एवं निर्वाचित सघिय सासंद महमद आफताव आलमले नेपाली काग्रेस विधानले चल्छ मनोपोलीले चल्दैन । नेपाली काग्रेस रौतहट जिल्ला कार्य समिति सभापति कृष्णा यादवले मनोमानी ढङले पदाधिकारी मनोनय गरेको विषयमा पत्रकार संग संक्षिप्त कुरा गर्नु हुदै बरिष्ठ नेता आलमले जिल्लामा केन्द्र देखि जिल्ला तह सम्म संरचनागत अन्र्तगत जानु पर्ने कुरा बताउनु भएको छ ।
बरिष्ठ नेता आलमले विधान विपरित जान मिल्दैन्, विधान अनुसार चल्नुको विकल्प छैन् बोल्नु भयो । जिल्लामा देखिएको विवादले नेपाली काग्रेस केन्द्रिय समितिले गरेको जनजागर कार्यक्रममा कुनै असर नपर्ने बताउनु भयो ।
सरकारले जनताको पक्षमा खासै काम गर्न नसकेको, सरकारको गलत क्रियाकलाप जनता बिच पुर्याउन हामीले कुनै कसर बाँकी राख्दैनौ पूर्व मन्त्री बोल्नु भयो ।
पार्टी सभापति कृष्णा यादवले मनोमानी .कोषाध्यक्ष रामश्रेष्ठ साह
बैठक बहिस्कार गरेपछि पत्रकार सम्मेलन गरि पत्रकारलाई सम्बोधन गर्दै कोषाध्यक्ष रामश्रेष्ठ साहले पार्टी सभापति कृष्णा यादवले मनोमानी गर्नु भएको आरोप लगाउनु भयो ।
बैठकमा कोषाध्यक्ष साहले सभापति यादवलाई विधान अनुसार चल्न र तानाशाही चरित्र सुधार गर्न आग्रह गर्नु भयो ।
विधान नमाननेलाई हामीले पनि सभापति मान्दौना .महासमिति सदस्य सन्तलाल साह
नेपाली काग्रेसका रौतहट क्षेत्र नं. १ का महासमिति सदस्य सन्तलाल साहले सभापति कृष्णा यादवले निर्वाचित सदस्यबाट पदाधिकारी नियुक्त गर्नुपर्ने नता पर्ने मान्छेलाई विधान निर्देशिका विपरित मनोन्यन गरेकोमा दुःख व्यक्त गर्नु भयो । महासमिति सदस्यले काग्रेसको विधान नमाननेलाई हामीले पनि सभापति मान्दौनौ बोल्नु भयो ।
पार्टी केन्द्रिय समितिको निर्णय अनुसार हुन लागेको जनजागरन अभियान छुटै गर्ने जानकारी दिदै नेता साहले हामी प्रतिवद्ध काग्रेस छौ, जेलनेल भोगेका छौं, अन्दोलनबाट हामी आएका छौं त्यसैले पार्टी विधान विपरित जानेलाई हामी तह लगाउछौं ।
नेपाली काग्रेसका रौतहट क्षेत्र नं. १ का महासमिति सदस्य डा.देवचन्द्र मिश्रले नेपाली काग्रेस पार्टी मात्र होईन यसको उदेश्य लोकतन्त्र र जनताको सेवा गर्नु पनि हो । जसका लागि सामुहिक नेतृत्व, अनुशासन र ईमानदारिता पनि हो ।
नेता मिश्रले नेपाली काग्रेस रौतहटका सभापति कृष्णा यादवको क्रियाकलाप प्रति लक्षित गर्दै दुर्भाग्य बस यस जिल्लामा वहाँ जस्तो सभापति छ । वहाँमा सामुहिक नेतृत्व, अनुशासन र ईमानदारिता बिल्कुलै छैन् ।
पछिल्लो चुनावको बेलामा टिकट वितरणमा गरेका निन्दनिय क्रियाकलापको व्यापक विरोध भएको थियो । वहाँको रौतहटमा नयाँ काग्रेस (पकेटको काग्रेस) बनाउने अभियानमा जुटनु भएका छ ।
पार्टीका पुरानो कार्यकर्ता र रियल काग्रेसीलाई तह लगाउने सोचका साथ कसैलाई काग्रेसी हुदै होईन भन्ने कुरा गर्दै हिडिरहनु भएको छ । सभापति यादव संग पार्टी चलाउने सुझ बुझ छैन् । वहाँको नेतृत्वमा पार्टी मजबुत हुन सक्दैन् महासमिति सदस्य मिश्रले आरोप लगाउनु भयो ।
सो पत्रकार सम्मेलनमा पुर्व मन्त्री ब्रजकिशोर सिंह, नेपाल तरुणदल रौतहटका सभापति नौसाद आलम, क्षेत्रिय सभापति क्षेत्र नं ४ का राम स्नेही यादव, क्षेत्रिय सभापति क्षेत्र नं २ का शेख फजरुलह, महासमिति सदस्य रामचन्द्र गिरी, सदस्य शेख इरफान, दिनेश केशरी, उमेश तिवरी, येगेन्द्र सहनी, शेख अनवर, महम्मद आलम, राजाराम कुशवाहा, सुमन गौतम, शेख वकिल, श्रीमति वचिया देवी, श्रीमति तारा बजगाई शिदयाल साह लगायतका कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।