जानकी आँखा अस्पताल जनकपुरधामको सम्पुर्ण सहयोग तथा खुल्ला सिमा संवाद समुह जनकपुरको सहजीकरणमा नेपाल भारत सिमा नजिक रहेको बिदेह नगरपालिका वार्ड नम्बर -2 दुहबीमा स्थित श्री शंकर जनता माध्यमिक बिद्यालयमा आज सोमबार बिहान 10 बजे देखि 4 बजे सम्म नि:शुल्क आँखा शिबिर संचालन गरिएको छ। जस्मा 309जना बिरामीको उपचार गरिएको छ 160 जना भारत र 149 जना नेपाल को बिरामी मध्ये मोति बिन्दुको बिरामी-84 जना फेला परेको छ शिबिरमा नि:शुल्क औषधि समेत बितरण गरेको छ मोति बिन्दु भएको बिरामी लाई जनकपुरधाम जानकी आँखा अस्पताल लगी निशुल्क अपरेसन गराइ आबस्यक भएको औषधि र चस्मा समेत प्रदान गरिने छ।साथै अपरेसनकोलागि जनकपुरधाम आउने एक तर्फको भाडा पनि नि:शुल्क रहने छ।खुल्ला सिमा संगै रहेको भारतिय गाउँहरु जानकीनगर,खौना,छतौनी,करुणा,बिशौल,जोंकी,महिनाथपुर सहित नेपाल तर्फ दुहबी,गोबराही,करमाही,जोगियारा,ठाढी,महिनाथपुर,चिकना बैदेहि लगायतको गाउँका आखाको रोगीहरु उपचार गराइ लाभबन्तित भएको छ जानकी आँखा अस्पताल जनकपुरबाट डा प्रदिप यादव प्राबिधिक मनोज तिवारी,ललन कुमार मन्डल संस्थाको तर्फबात अध्यक्ष राजीव झा सहित दिपक चौधरी ,पपु यादव,बिशेस्वर सहनी,उमेश सहनी,भागमुनी यादब,दुर्गेश कुशियैत महेन्द्र यादव, स्कुलको प्र अ धनिक लाल ठाकुर शिक्षक गोबिन्द चौधरी,राजकुमार कपैर,प्रमोद यादव,राजकुमार चौधरी लगायतहरुको सकृय सहयोगमा शिबिर भब्यताको साथ समापन भएको छ।